बेसहारा बृद्धाको ओढारबाट हेलिकोप्टरमा उद्धार

बेसहारा बृद्धाको ओढारबाट हेलिकोप्टरमा उद्धार

सिमकोट : कुष्ठ रोग लागेपछि १८ वर्षदेखि ओढारमा बस्दै आउनु भएकी ८४ वर्षीय गोला शाहीको आइतवार उद्धार गरिएको छ । पतिको मृत्युपछि वेसाहारा भएर नाम्खा गाउँपालिका खोल्सीको ओढारमा बस्दै आउनु भएकी गोलाका बारेमा अन्नपूर्णले समाचार प्रकाशित गरेपछि विभिन्न ठाउँबाट आएको सहयोगले आइतबार ओढारदेखि हेलिकप्टरबाट उद्धार गरिएको हो । १९ वर्ष अघि गोलाको पतिको निधन भएको थियो ।

अन्नपूर्णकर्मी नवराज महताराको नेतृत्वमा गएको महिला विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय,रेडियो कर्णाली आवाज सिमकोट हुम्लाको संयुक्त टोलीले आइतवार शाहीलाई उद्धार गरेको हो । कुष्ठ रोगले हातका औला झर्न थालेपछि सिमकोट गाउँपालिकाको वडा नम्बर ८ खोल्सीमा भएको माइतीले घर निकाला गरेपछि २०५७ सालदेखि गोला ओढारमा बस्दै आउनु भएको थियो ।


समाचार प्रकाशित भएपछि काठमाडौको कपनमा भएको न्यू स्याडल, द्धन्द्धपिडित र अपाङ्गता केन्द्र, महिला तथा वालवालिका कार्यालयको आर्थिक सहयोगमा शाहीलाई उद्धार गरिएको हो । दुवै हात र खुट्टाका औला पुरै झरेर खुट्टामा समेत गम्भीर घाउँ भएर ओढारमै थलिनु भएकी शाहीलाई उपचारका लागि उद्धार गरिएको महिला तथा वालवालिका कार्यालय हुम्लाकी कल्पना लामाले जानकारी दिनुभयो ।


सञ्चार माध्यम मार्फत समाचार प्रकाशित भएपछि देश विदेशमा भएका नागरिक र जिल्लाका निकायहरुको संयुक्त पहलमा गोलाको उद्धार गरिएको प्रमूख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सञ्चारकर्मीको खोज पत्रकारिताले नारकिय जीवन बिताउन बाध्य भएकी गोलाको उद्धार गर्न संभव भएको हो ।


हेिलकोप्टर मार्फत सिमकोटमा ल्याएर महिला तथा वालवालिका कार्यालयमा राखिनु भएकी शाहीलाई सोमबार नै नेपालगञ्ज हुँदै काठमाडौं लैजाने निर्णय गरिएको छ । काठमाडौको आनन्द वन अस्पतालमा उहाँको निशुल्क उपचार गर्ने र उपचार पश्चात जोरपाटीमा भएको द्धन्द्धपिडित र अपाङ्गता केन्द्र नामक संस्थाले आजीवन पालन पोषणको व्यवस्था गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.