बनाऔं र मनाऔं मुस्कान

बनाऔं र मनाऔं मुस्कान

भनिन्छ, 'शोकलाई मुस्कानले मिच्छ अनि मुस्कानले नै रिसलाई पनि जित्छ ।' मुस्कान भनेको जिन्दगीले जिन्दगीलाई गाँस्ने पुल हो । सबैभन्दा ज्यादै मीठो र आकर्षित मुस्कान भनेको एक बैंसालुले अर्को बैंसालुलाई छान्दा दिइने मुस्कान हो भनिन्छ । साहित्यले मुस्कानलाई 'ओछ्यान नलगाएको सुहाग' को रूपमा तुलना गर्छ भने लेखकलाई सिर्जनाको स्रोत पनि बन्दछ । मनोविज्ञानअनुसार वास्तविक हाँसो आन्तरिक अनुभूति हो र सुखमै मात्र आउँछ । वास्तविक हाँसोले आफू मात्र होइन, अरूलाई पनि आनन्द प्रदान गर्छ ।

२०२० सालतिर मविवि शाहद्वारा रचित 'सुन्दर मुहार तिम्रो चन्द्रमा सर्माउने, एकपटक देख्न पाए चाहिन्न अर्को केही' महाकवि देवकोटाद्वारा रचित शाकुन्तल महाकाव्यमा वर्णित सौन्दर्य, मुस्कान र आजभोलि प्रायः गीतमा नराखिनहुने शब्द बनेको हाँसो, मुस्कानले मानव जीवनमा रहेको यसको महत्व दर्शाउँछ । मुस्कान वास्तविक, शुद्ध, आनन्ददायी अनुभूति हो, तर हाँसो भने कसैलाई उपहास गर्ने खतरनाक प्रवृत्ति पनि हुन सक्छ ।

मुस्कानको महत्व

मुस्कान र हाँसो सर्वमान्य भाषा हुन्, जुन सबै भाषीले, सबै उमेरका मान्छेले तथा केही जनावरले समेत बुझ्न सक्छन् । मानसिक तनाव, रिस, घमण्ड, भोक, पिर तथा चिन्ता कम गर्ने तथा नकार्न प्रयोग गरिने अचुक औजार मुस्कान वा हाँसो सामाजिक जीवन तथा स्वास्थ्यको लागि पनि अति उपयोगी मानिन्छ ।

मुस्काउँदा अनुहारका जम्मा १३ वटा मात्र मांसपेसी प्रयोग हुन्छन् भने मुख अँध्यारो पारी झोक्रिँदा ६४ वटा मांसपेसी उपयोग हुन्छन् । हाँस्दा भन्दा रिसाउँदा वा चिन्तित हुँदा ज्यादा जोड पर्दछ, धेरै मांसपेसी प्रयोग हुन्छन् धेरै ऊर्जा शक्ति खर्च हुन्छ र नकारात्मक प्रभावले धेरै हानिनोक्सानी पुर्‍याउँछ । तर मुस्कानले सफलता दिन्छ, साथी दिन्छ, सुख दिन्छ अनि मुस्कानै मुस्कान दिने भएकाले मुस्कान दान गर्नु उच्चतम र सर्वाेत्तम दान पनि हो ।

'चिकित्सकको मुस्कानले बिरामीको आधा पीडा घटेर जान्छ भने शिक्षकको मुस्कानले विद्यार्थीको बुझाइ दोब्बर भएर जान्छ । आमाबाबुको मुस्कानले केटाकेटीमा प्रेमाभाव र सहजता विकास हुन्छ भने हाकिमको मुस्कानले कर्मचारीको कार्यशक्ति र मनोबल बढेर जान्छ । प्रेमीप्रेमिकाको मुस्कानले गल्ती, कमजोरी, इच्छा तथा जिद्दीलाई घोलिदिन्छ, पगाली दिन्छ र अगाध प्रेममा नाफा गाँसिदिन्छ । तसर्थ प्रेममा धेरै प्रेमी भन्ने गर्छन्, 'मलाई तिम्रो नाक, मुख, धनसम्पत्ति, योग्यता, सोर्सफोर्सभन्दा पनि अनन्तः मुस्कान भए पुग्छ ।' प्रेमिकाहरू भन्छन्, 'मलाई तिम्रो माया र सुरक्षाका साथसाथै मुस्कान चाहिन्छ' जसबाट मुस्कानको महत्व प्रस्टिन्छ । मुस्कान प्रेमको मुटु, जीवनको प्राण, स्वास्थ्यको बाटो तथा सुखको ढोकाको रूप हो, जसले नोक्सान होइन, फाइदैफाइदा दिन्छ । अपवादमा व्यक्तिको मृत्यु हुँदा हाँसिने हाँसो अस्वस्थताको द्योतक हो भने त्यसैगरी धनुष्टकारमा देखिने पीडादायी,जबर्जस्ती हाँसो हो ।

सुन्दर देखिन चाहनेले अनुहार राम्रो, अनुहार राम्रो पार्न चाहनेले दाँत, ओठ र त्यसबाट प्रस्फुटन हुने मुस्कान सुन्दर, मिठास भएको र आकर्षक बनाउनैपर्छ ।

हाँसो वा मुस्कानले विभिन्न किसिमका सकारात्मक प्रभाव पार्छ । तनाव घटाउने, रक्तचाप घटाउने सकारात्मक सोचाइ, आत्मरक्षा, मस्तिष्कको कार्यशक्तिमा सुधार, प्रतिरोधात्मक क्षमता बढाउने, हृदय बचावट गर्ने, मुटुमा सुप्रभाव पार्ने, आराम तथा शान्त महसुस हुने, आफूलाई राम्रो, सफल तथा सहयोगी महसुस हुने र व्यक्तिगत एवं सामाजिक सम्बन्ध तथा भावनामा सकारात्मक प्रभाव पार्छ । तसर्थ मुस्कानबाट जीवनभर सफलता, खुसी र धेरै फाइदा पाउन सकिन्छ निः शुल्क ।

स्वर्ण मुस्कानबाट हीरक मुस्कान

कानमा झुम्का, टप लगाउने पुरानो चलन विकसित हुँदै नाइटो छेडेर झुम्का झुन्ड्याउने, आँखी भौंमा टप लगाउने, जिब्रोमा गहना लगाउने फेसन व्यापक भइरहेको वर्तमान फेसन विधामा दाँतमा हिरा जड्ने फेसनले नेपालमा स्थान पाएको छ । अर्थात् दाँतमा हिरा जडान गर्नुहोस् र विशिष्ट प्रकारको मुस्कान छोड्नुहोस् ।कुनैबेला हुने खानेहरू दाँतलाई सुनले मोर्थे । समाजमा विशिष्ट व्यक्तिको रूपमा आफ्नो पहिचान गराउँथे ।

उनीहरूको स्वर्ण मुस्कान हेर्न धेरै मानिस लालायित पनि हुन्थे । यसो गर्दा आफूलाई आवश्यक परेका बेला सुन बेच्न पनि पाइने र नबेचुन्जेल दाँतको शृंगार पनि हुने गर्दथ्यो र हुन्थ्यो । तर अन्य फेसनको परिवर्तन जस्तै स्वर्ण मुस्कानको फेसनमा पनि परिवर्तन आएको छ । त्यसको साटो भित्रिएको छ, हिरक मुस्कान ।

अहिले विश्वभरि झन्डै ५० लाख मानिसले दाँतमा हिरा जडेका छन् । यो फेसन युरोपबाट सुरु भई युरोपेली मुलुक हुँदै जापान, सिंगापुर, भारत हुँदै नेपाल प्रवेश गरेको हो । कुनै घाउ वा पीडाबिना सजिलै अहिलेको लेटेस्ट फेसन दाँतमा हिरा जडान गर्न सकिन्छ । हीरा भनिए पनि वास्तविक हीरा नभई हिराको स्टोन प्रयोग गर्ने गरिन्छ र यो झर्दै नझर्ने वा झरेर निल्दा मानिस मर्ने पनि हुँदैन ।

युरोप र अमेरिकामा प्रचलनमा आएको हिरक मुस्कान दक्षिण एसियाली मुलुकमा पनि भित्रिएको हो । कम मूल्यमा पाइने यस्तो हिरक मुस्कान विशेषगरी टिन एजर युवतीबीच लोकप्रिय छ । हिरक मुस्कानको लागि तपाईंले खास त्यस्तो केही मेहनत पनि गर्नुपर्दैन । सीधै आफ्नो औंठी, टप वा फूलीमा लगाउने चम्किलो हिरा वा क्रिस्टलको टुक्रा किन्नुहोस् र दन्त विशेषज्ञकहाँ जानुहोस् । दन्त विशेषज्ञ विशेषगरी सौन्दर्यविशेषज्ञ दन्त चिकित्सकले सुहाउँदो रूपमा त्यसलाई तपाईंको दाँतमा फिट गरिदिन्छन् । तब हिरक म¬स्कान छोड्दै मुस्कान दान गर्नुहोस् ।

सुन्दर देखिन चाहनेले अनुहार राम्रो, अनुहार राम्रो पार्न चाहनेले दाँत, ओठ र त्यसबाट प्रस्फुटन हुने मुस्कान सुन्दर, मिठास भएको र आकर्षक बनाउनैपर्छ । थरीथरीका सौन्दर्यवद्र्धक शृंगार सामग्री प्रयोग गरेर र शृंगारसँग सम्बन्धित उपचार गराएर मात्रै पुग्दैन, दाँत, ओठ र तहबाट निस्कने मुस्कानको वैज्ञानिक अध्ययन र तदनुसार स्वास्थ्योपचार हुनैपर्छ ।

अन्त्यमा, स्वस्थ मुस्कानले अन्यलाई मात्र नभई आफू, आफ्नो स्वास्थ्य, जीवन, पेसा, सामाजिक सम्बन्ध र भविष्यलाई पनि सफलीभूत गर्ने भएकाले मुस्कान दान गर्न हामी कोही पनि पछि पर्नु हुँदैन ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.