‘मनमोहन घटनामा चिकित्सकको लापरवाही छैन'

‘मनमोहन घटनामा चिकित्सकको लापरवाही छैन'

काठमाडौं : चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मिर्गाैलाको पत्थरी देखिएकाले उपचारका क्रममा बिरामीको जीवनरक्षाका लागि चिकित्सा पद्धतिअनुरूप नै उहाँका आफन्तहरूको सहमतिमा मिर्गाैला झिकिएको निष्कर्ष निकालेको बताएको छ । संघले मंगलबार आह्वान गरेको सर्वपक्षीय बैठकबाट उक्त घटनामा चिकित्सकबाट कुनै पनि लापरवाही नभएको निष्कर्ष निकालेको हो ।

बैठकमा संघका पूर्वअध्यक्ष, पूर्वमहासचि, विभिन्न विशेषज्ञ समाजका अध्यक्ष, महासचिव, उपत्यकामा रहेका अस्पतालका निर्देशक, विभिन्न अस्पतालका अध्यक्ष, सञ्चालक समितिका प्रमुख एवं संघका वरिष्ठ सदस्य सामेल थिए । बैठकले उक्त घटनालाई लिएर केही अनलाइन सञ्चार माध्यममा अतिरञ्जित गरी प्रसारण तथा प्रकाशन गरेको एवं व्यवस्थापिका संसद् बैठकमा केही सांसदबाट चिकित्सा क्षेत्रलाई नै बदनाम गर्ने गरी वक्तव्य दिएको भन्दै त्यसको भत्र्सना गरेको छ ।

बैठकले सभामुखलाई चिकित्सा क्षेत्रको वास्तविक स्थितिबारे अवगत गराउँदै संसद्मा अनावश्यक रूपमा बोल्ने सांसदलाई आवश्यक कारबाहीका लागि ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ । स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा उपचारकै क्रममा भएका घटनाको उचित छानबिन र कारबाहीका लागि कानुनी प्रावधान रहेको अवस्थामा समेत कानुनविपरीत विभिन्न गतिविधिमा संलग्नलाई आवश्यक छानबिन गरी कानुनी राज्यको अक्षरशः पालना गर्न बैठकले आह्वान गरेको छ ।

यस्ता घटनाको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ एवं नियमावली २०६९ अनुरूप छानबिन तथा कारबाही नगरिएमा संघले कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ । नुवाकोटका शिव नेपालीको २५ जेठमा शल्यक्रिया भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.