‘संविधान संशोधन गरेर मात्रै २ नम्बर प्रदेशमा चुनाव’

‘संविधान संशोधन गरेर मात्रै २ नम्बर प्रदेशमा चुनाव’

घोराही : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन गरेर मात्रै २ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनु भएको छ ।
निर्वाचनको सहजता र मधेशीदलहरुको सहभागिताको लागि पहिले संशोधन अनि निर्वाचन गर्नुपर्ने भन्दै सरकारले समेत त्यसको तयारी गरिरहेको उहाँले बताउनु भयो । ‘संविधान संशोधनपछि मात्र दुई नम्बर प्रदेशको निर्वाचन गर्न सजिलो हुन्छ’ उपप्रधानमन्त्री महराले दाङमा भन्नु भयो, ‘सरकार पनि त्यसमा लागि परेको छ ।’ महराले दुई सय ४० क्षेत्रलाई नै निर्वाचन क्षेत्र मानेर जाने प्रस्ताव उपयुक्त नहुने टिप्पणी समेत गर्नु भयो । उहाँले नयाँ संरचना अनुसार निर्वाचन क्षेत्र विभाजन गर्नु पर्ने पक्षमा आफु रहेको बताउनु भयो ।
निर्वाचन क्षेत्र दुई सय ४० ओटा बनाउने कांग्रेस माओवादी गठबन्धको सहमति नभएको उहाँले स्पष्ट पार्नु भयो । ‘यस विषयमा औपचारिक रुपमा कुनै छलफल भएको छैन,अनौपचारीक रुपमा केही चर्चा चलेको हो,’ महराले भन्नु भयो ‘म संविधानले तोके अनुसार एक सय ६५ निर्वाचन क्षेत्र हुनुपर्छ भन्ने पक्षमा छु ।’
प्रेस सेन्टर दाङले शनिवार घोराहीमा आयोजन गरेको पत्रकार सम्मेलनमा महराले पाँच नम्बर प्रदेशको अस्थायी राजधानी दाङमा तोक्न सरकार सकरात्मक भएको बताउनु भयो । ‘यसको विषयमा सरकारले आधिकारिक निर्णय नगरेकाले थप बोल्न मिल्दैन’ उहाँले भन्नु भयो ‘तर सरकार प्रदेश मुकाम दाङ तोक्ने तयारी गर्दै छ ।’
‘पाँच नम्बर प्रदेशको अस्थायी राजधानी दाङमा तोक्न सरकार सकरात्मक छ , त्यो हुन्छ पनि’ उहाँले थप्नु भयो । प्रदेशको राजधानी निर्वाचत प्रदेश सभाले तोक्ने भए पनि त्यस अघि सम्मका लागि कार्य सञ्चालन गर्न सरकारले अस्थायी राजधानी तोक्ने तयारी गरेको महराले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.