कोरियामा अब नेपाली कामदारको तलब कति ?

कोरियामा अब नेपाली कामदारको तलब कति ?

कोरिया : दक्षिण कोरियामा कामदारको तलब १६ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । ज्याला निर्धारण समितिको शनिवार अबेर बसेको बैठकले तलब बढाएको हो । तबल वृद्धि गर्ने निर्णयले कोरियामा कार्यरत लाखौ कामदार तथा ४५ हजार भन्दा बढी नेपाली कामदार हर्षित भएका छन् ।

कोरिया सरकारले सन् २०१८ लागि इपिएस लगायत सम्पूर्ण कामदारको तलब १६.४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । तलव वृद्धि भएसँगै कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वोन अर्थात नेपाली झण्डै ६८३ रुपैया पुगेको छ । जस अनुसार दैनिक आठ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १५७३७७० वोन अर्थात मासिक नेपाली झण्डै एक लाख ४२ हजार सात सय ४७ रुपैया हुने छ ।


हरेक वर्ष जस्तै तलब वृद्धि गर्ने समय सीमा भन्दा निकै ढिला गरी शनिवार राती मजदुर र कम्पनी व्यवस्थापन पक्षबीच तलब वृद्धि गर्ने सहमति भएको अधिकारीहरुले बताएका छन् । आगामी वर्षका लागि वृद्धि भएको तबल गत वर्ष वृद्धि गरिए भन्दा दोब्बरले वृद्धि भएको हो । गत वर्ष सात प्रतिशतले तलव वृद्धि भएको थियो । जस अनुसार अहिले कामदारले प्रतिघण्टा ७४७० वोन पाउदै आएका छन् । सन् २०१८का लागि तलब तोक्न गत तीन महिनादेखि मजदुर, कम्पनी व्यवस्थापन र सरकारी प्रतिनिधीबीच बैठक बस्दै आएको थियो ।

तलब निर्धारण गर्ने विषयमा कम्पनी व्यवस्थापनले तलब वृद्धि गर्दा साना तथा मझौला कम्पनीहरु आर्थिक भारमा पर्ने र कम्पनी नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै तलब बढाउने पक्षमा देखिएका थिएनन् भने मजदुर संगठनहरुले अहिले जीवनशैली र मँहगीको हिसाबले तबल प्रतिघण्टा १० हजार वोन बनाउनुपर्ने माग राखेका थिए ।

कम्पनी व्यवस्थापन पक्ष तबल वृद्धि गरेपनि १५५ वोनले बढाउने प्रस्ताव राखेको थियो तर शनिवार राती १६ दशमल ४५ प्रतिशतले बढाउन राजी भएको हो । मजदुर संगठन भने दश हजार वोन हुनुपर्ने अडानमै रहेका छन् । दश हजार वोनका लागि प्रवासी मजदुर संघ एमटियूले यहाँको ठुलो मजदुर संगठन केसिटियूसँग मिलेर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

शनिवार तलब वृद्धि गर्ने त्रिपक्षीय सहमती अनुसार सरकारले त्यसलाई अगष्ट पाँच तारिख कानूनी प्रारुप दिने छ भने बीस दिनको अवधिमा संसदमा छलफल हुने छ । राष्ट्रपति मून जे इनले आफ्नो पाँच वर्षे कार्यकाल अर्थात सन् २०२२ सम्म प्रतिघण्टा दश हजार वोन पुर्‍याउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.