युवावस्था खेर नफाल्नुस् : अश्मी श्रेष्ठ

युवावस्था खेर नफाल्नुस् : अश्मी श्रेष्ठ

काठमाडौं : पूर्वमिस नेपाल अश्मी श्रेष्ठले जीवनमा एकपटक मात्र आउने युवावस्थालाई त्यत्तिकै खेर नफाल्न सुझाएकी छन्। काठमाडौं चाबहिलस्थित लुम्बिनी एकेडेमीले शनिबार भक्तपुरको बोडेमा आयोजना गरेको कक्षा ११ का विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रममा उनले सबै युवा समूहलाई लक्षित गरी यसो भनेकी हुन्।

कलेजकी गुडविल एम्बासडरसमेत रहेकी श्रेष्ठले भनिन्, ‘मानिसको जीवनमा युवावस्था एकपटक मात्र आउँछ, त्यसलाई सदुपयोग गर्ने मानिस नै जीवनमा सफल हुन्छन्। उनीहरू नै शिखरमा पुग्छन्।' अन्यथा मानिसले पछि गएर पछुताउनुपर्ने उनको भनाइ छ। सबै युवावस्थाका मानिसले आफ्नो भविष्यबारे सोचेर त्यसको आधार अहिल्यै बनाउनुपर्नेमा उनले जोड दिइन्।

‘जीवनमा कहिल्यै पनि पछि फर्किएर नहेर्नुहोस्, किनकि तपाईं सधैं अघि बढ्ने मानिस हो', युवा विद्यार्थीलाई लक्षित गरी उनले भनिन्, ‘तपाईं पुग्ने ठाउँ धेरै टाढा छ, तर त्यहाँ तपाईं पुगेरै छाड्नुहुन्छ।' विगतमा गरेका कतिपय गल्तीको समीक्षा गर्दै अघि बढ्न र सफल हुनसमेत उनले सुझाइन्।

कार्यक्रममा लुम्बिनी एकेडेमिक कलेजका प्रिन्सिपल रविनचन्द्र कोइरालाले पनि युवावस्था जीवनको महत्ववपूर्ण समय रहेको र त्यतिखेर गरिएका कार्यले कुनै पनि मानिसको जीवन निर्धारण गर्ने बताए। उनले पनि विद्यार्थीलाई लक्षित गरी भने, ‘यतिखेर तपाईंहरू जीवनको महत्ववपूर्ण क्षणमा हुनुहुन्छ, अहिले गरेका कार्यबाट नै तपाईंको जीवन कुन रूपमा अघि बढ्छ भन्ने निर्धारण हुन्छ।' कार्यक्रममा राजनीतिकर्मी लोकेश ढकाल लगायतले प्रोत्साहनमूलक विचार राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.