‘अब काठमाडौंमा स्काई रेल’

‘अब काठमाडौंमा स्काई रेल’

 

 

काठमाडौं : काठमाडौंमा स्काइ रेल स्थापना गर्न सके अहिलेको यातायात आवागमन सहज हुन्छ। वातावरणमा सुधार आउँछ। नागरिक निर्धा्रित समयमा ठाउँमा पुग्न सक्छन्- साइमिक्स इङ्क प्रा.लिका प्रतिनिधिले महानगरका प्रमुख र उपप्रमुख समक्ष विशेषता बताएका छन्।

काठमाडौं महानगरपालिका र स्थानीय साइमिक्स इङ्क प्राइभेट लिमिटेड बीच स्काई रेल सञ्चालन सम्भाव्यता अध्ययनका लगि २०७३ माघ २६ गते भएको सम्झौता अनुसार महानगरमा क्षेत्रमा गरिएको अध्ययनले देखाएको तथ्य बताउँदै अध्ययनकर्ताले स्काई रेलको विशेषताका चर्चा गरेका हुन्।

कम्पनीले बुझाएको प्रारम्भिक प्रतिवेदन बुझ्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ललितपुर महानगर र काठमाडौंका छिमेकी नगरसँग समन्वय गरेर उपयुक्त प्रस्तावका विषयमा प्रस्ताव अघि बढाइने बताउनुभयो।

प्रतिवेदन बुझाउनुअघि कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत अनुप बस्नेतले महानगर क्षेत्रमा स्काई रेलको सम्भावना अध्ययन गर्दा तिलगंगाबाट, एयरपोर्ट, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलंकीसम्म सञ्चालन गर्न सकिने देखिएको बताउनु भयो। ‘नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरी तथा स्वयम्भुबाट बौद्धसम्म पनि स्काई रेल सञ्चालन गर्न सकिन्छ’, उहाँहरुको भनाइ थियो।

चिनियाँ कम्पनी बिवाइडीसँगको सहकार्यमा सञ्चालन सम्भाव्यता अध्ययन भइरहदा लागतसहितको अन्य विवरण भने विस्तृत परियोजना प्रतिवेदनमा मात्र थाहा हुनेछ। त्यस प्रकारको प्रतिवेदनमा स्टेशनको संख्या, सडक संरचनालगायतका कुराले लागत खर्च निर्धारण गरेको हुन्छ।

कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र २ वर्ष समय लाग्छ। मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ।

रेलको एउटा डिब्बामा २०० जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ। तर, काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिन्छ। प्रारम्भिक अध्ययनले देखाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.