अनुपम खेर युएनको लैगिक समानताका राजदूतमा
एजेन्सी: अनुपम खेर युएनको लैगिक समानताका राजदूतमा नियुक्त हुनु भएको छ। मंगलबार युएनले महिला हिंसाविरुद्धको अभियान 'ही फर सी'का लागि खेरलाई राजदूतमा नियुक्त गरेका हुन्।
बलिउडका नायक खेरले ट्विटरमार्फत आफू रादूतमा नियुक्त भएको पुष्टि गरेका छन्। उनले ट्विटरमा भनेका छन्, 'मलाई लैंगिक समानता अभियान हीफरसीका निम्ति राजदूतमा नियुक्त गरेकोमा युएन वुमन र युएन हेडक्वार्टरलाई धन्यवाद दिन्छु।लैंगिक समानताका लागि शसक्त भएर काम गर्नेछु।'
Thank you @UN_Women again 4 honoring me at @UN headquarters NY. Will work tirelessly for Gender Equality.:)@HeforShe pic.twitter.com/WwgNi31B5L
— Anupam Kher (@AnupamPkher) August 19, 2015
लैंगिक समानताले विश्वभरि छरिएर रहेका गैरसरकारी संस्थाहरुको विकासमा कलाकारहरुको सहयोगमा जनचेतना जगाउने गरेको छ। यसका लागि विश्वभरका महिला अधिकारवादीहरुले यसलाई आफ्नो दायित्व लिएर अगाडि बढेका छन्।
उनले महिला र पुरुषबीचमा हुने भेदभावलाई कम गर्न 'उसको लागि उनी' अभियानमार्पत संसारभर जनचेतना फैलाउने छन्।