पूर्व राजा ज्ञानेन्द्रको एन्जिओप्लास्टी सफल
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको मुटुको एउटा नसा अवरुद्व पाइएपछि काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा सफलतापूर्वक एन्जिआप्लास्टी गरिएको छ । अस्पताल स्रोतका अनुसार उपचारमा संलग्न चिकित्सकहरुले उहाँलाई केही दिन अस्पतालमै रहन सल्लाह दिएका छन् ।
अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति यसप्रकार छ ‘पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाहको नर्भिक इन्टरनेशनमा स्वास्थ्य परीक्षण गर्दा मुटुमा केही समस्या हुन सक्ने देखिएको हुँदा यस अस्पतालका मुटु रोग विशषज्ञ यादव भट्ट र पूर्व श्री ५ का पारिवारिक डाक्टर किशोरजंग राणाको सल्लाह बमोजिम बुधबार अस्पतालमै कोरोनरी एन्जिओग्राम गर्दा एउटा नसा अवरुद्व हुँदा सफलतापूर्वक एन्जिओल्लास्टी गरियो । चकित्सकको सल्लाहअनुसार पूर्व श्री ५ केही दिन अस्पतालमा रहनुहुनेछ ।'