चिकित्सक नहुँदा एक महिना देखि प्रसूति सेवा बन्द

चिकित्सक नहुँदा एक महिना देखि प्रसूति सेवा बन्द

लिबाङ (रोल्पा) : रोल्पाको सदरमुकाम लिबाङमा रहेको जिल्ला अस्पतालमा एक महिनायता जटिल प्रकारको प्रसूति सेवा अवरुद्ध रहेको छ ।  शल्य चिकित्सकको अभावमा जटिल प्रकारको प्रसूति सेवा बन्द भएको छ।

चिकित्सक नाजिर हुसैनले राजिनामा दिएर गएपछि अस्पतालमा जेठ १ गतेदेखि प्रसूति सेवा छैन । वेहोस वनाउने स्वास्थ्यकर्मी पशुपति चौधरी स्थायी भई इलाम सरुवा भएका छन । प्रसूति सेवाका लागि आवश्यक पर्ने जनशक्ति विहिन भएको महिना दिन वढि हुँदा पनि अस्पतालले विकल्पमा पहल गरेको छैन। 

‘प्रसूति सेवाका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा चासो देखाईएको छैन’, जिल्ला अस्पताल पुग्नुभएकी एक महिलाले भन्नुभयो, ‘निःशूल्क प्रसूति सेवा भनेर के गर्नु ? महँगो खर्चमा जिल्ला बाहिर जानु पर्याे‍।’ प्रसुति सेवाका लागि अस्पताल आएका गर्भवती महिला यति बेला बाध्य भएर जिल्ला बाहिर जानुपरेको छ।

वर्षातका समयमा डोकोमा बोकेर प्रसूतिका लागि रेउघा अस्पताल ल्याइएका महिलालाई अस्पतालले रेफर गर्दै आएको छ । एक महिनामा मात्र जटिल प्रकारका प्रसूतिका लागि १७ जना महिलालाई जिल्ला बाहिर रेफर गरिएको छ । अस्पतालामा सेवा छैन भन्ने थाहा पाएका महिला एम्बुलेन्स रिजर्भ गरेर अन्यत्र जिल्ला जानेको कुनै आँकडा छैन।

जटिल प्रकारका प्रसूति सेवा आवश्यक पर्ने महिलालाई बिगतमा गाउँका बर्थिङ सेन्टरबाट जिल्ला अस्पतालमा रेफर गरिन्थ्यो । अचेल गाउँका बर्थिङ सेन्टरबाट सिधै दाङ, नेपालगंज, बुटवल लगायतका अस्पताल रेफर गरिदै आएको छ। जिल्ला बाहिर जाँदा समयका साथै ठूलो धनराशी खर्च हुने स्थानीयको गुनासो छ । जनस्वास्थ्य प्रमुख डा. भवानी शर्मा भने छिटै जटिल प्रसूति सेवा सुचारु गर्ने तयारीमा रहेको दावी गर्नु हुन्छ।

जिल्लामा प्रसूति सेवा नभएकाले प्रसूति व्यथाले थलिएकी थबाङ गाउँपालिका ३ झकेबाङकी २६ वर्षीया बरमाया विकलाई मंगलबार सेनाको हेलिकोप्टरबाट आपतकालीन उद्दार गरिएको थियो । सेनाको हेलिकोप्टरबाट उद्दार गरिएकी बरमायाले काठमाडौंको थापाथली प्रसूति गृहमा छोरा जन्माईन।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.