नेपाली एनिमेटेड चलचित्र मजिपा लाखय् निर्माण सुरु

नेपाली एनिमेटेड चलचित्र मजिपा लाखय् निर्माण सुरु

 काठमाडौं :  २०० वर्ष पहिले काठमाडौंको जनजीवन समेटेर नयाँ फिल्म आउने भएको छ । त्यतिबेलाको जनजीवन समेटेर मजिपा लाखय् नेपाली एनिमेटेड चलचित्र निर्माण सुरु भएको छ । २ घण्टाको पूरै चलचित्र करिब ३ वर्षमा सक्ने निर्माण पक्षले लक्ष्य लिएको छ । २०२० को में महिनामा सत्य मोहन जोशीको १०१ औं जन्मोत्सवको अवसरमा चलचित्र रिलिज गर्ने निर्देशक संयुक्त श्रेष्ठले जानकारी दिनुभयो । उयो चलचित्र नेपाली र नेपालभाषा दुवैमा सँगै निर्माण हुने छ ।

उक्त कथाको पृष्ठभूमिमा जंग बहादुर राणाको बेलायत भ्रमणको कुरा समेटिएको छ । जंग बहादुर कस्तो जहाज चढेर कहाँ र कहिले आएपुगेका थिए । उनी बसेको ठाउँ कस्तो थियो भन्ने जस्ता तथ्यहरू दृष्यमा देखाउन खोजिएको छ ।

२०१७ को में महिना देखि लाखय् चलचित्रको काम सुरु भएको हो । गत अषाढ ३१ गते यस चलचित्रकोको लोर्कापण भएको छ । काठमाडौंको माइक्रोसफ्ट इनोभेसन सेन्टर र लण्डनको सोआस विश्मावविद्यालयमा एकैपटक लोकार्पण गरिएको थियो ।लण्डनमा १७ वर्षदेखि लाखय् नाचको संरक्षण गर्दै आउनुभएका कलाकार बिनोद चुपालुले रीलिज गर्नुभएको थियो ।

मजिपा : लाखय् चलचित्रमा बेलायतबासी नेपाली कलाकार मनीष श्रेष्ठ, चर्चित नायिका प्रियंका कार्की, नेपालभाषाका चलचित्रकर्मी सुनिता जुनु र वरिष्ठ कलाकार मदनदास श्रेष्ठ हुहुनुहुन्छ । त्यस्तै संगीतमा असीम शाक्य र अनिल धितालले सहयोग हुने बताइएको छ ।

एनिमेशनतर्फ यन्त्रकलाको टोलीमा संयुक्त श्रेष्ठ, नियुक्त श्रेष्ठ र प्रञ्जल कक्षपति रहने बताइएको छ । चलचित्रको निर्माण र निर्देशन संयुक्त श्रेष्ठको रहनेछ। चलचित्रका प्रस्तोता सानुमैया राजकर्णीकार श्रेष्ठ हुनुहन्छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.