‘छक्कापञ्ज २’ को गीत सार्वजनिक पाँच घन्टामा दुई लाख बढीले हेरे (भिडियो)

‘छक्कापञ्ज २’ को गीत सार्वजनिक पाँच घन्टामा दुई लाख बढीले हेरे (भिडियो)

काठमाडौं : सर्वाधिक चर्चामा रहेको र व्यापार गरेको चलचित्र ‘छक्कापञ्जा’ चलचित्रको सिक्वेल ‘छक्कापञ्ज-२’को गीत सार्वजनिक भएको छ। शुक्रबार बिहान ९ बजे युट्युब च्यानलबाट सार्वजनिक भएको गीत पाँच घन्टामा दुई लाख बढीले हेरेका छन्।

पाँच घन्टामा दुई लाख बढीले हेरिसकेछन् कस्तो लागेको छ ? भन्ने प्रश्नमा लेखक तथा निर्माता गिरीले भन्नुभयो, ‘खुशी त नहुने कुरै भएन। फरक गीत बनाएकाले राम्रो प्रतिक्रिया आउनेमा पक्का थियौँ।’

गिरीले छक्कापञ्ज टिमले एउटै प्रकृतिको गीत ल्याछ भन्ने आरोपको समेत अन्त्य गरेको दाबी गर्नुभयो। ‘यो पटक अलि फरक गारौँ भनेर
नयाँ शैलीको गीत बनाएका छौँ’, गीतका लेखक समेत रहनुभएका गिरीले थप्नुभयो, ‘गीत कस्तो छ भन्ने कुरा त भिडियो हेरेपछि सबैले थाहा पाइहाल्नुहुन्छ।’


सार्वजनिक गरिएको ‘ए दाजु नसमाउ नारीमा’ बोलको गीतमा प्रिन्स नेपाली र दिपराज गिरीको शब्द रहेको छ भने संगीत अल्मोडा राना उप्रेती र प्रिन्स नेपालीले नै दिएका छन्। दीपाश्री निरौलाकै निर्देशनमा बनेको फिल्मको लेखन तथा निर्माण गिरीले गरेका हुन्।

फिल्मको शीर्ष भूमिकामा नायिका प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का रहेका छन् भने नायक जितु नेपाल, शिवहरी पौडेल, ज्योसना लगायतका कलाकारले दमदार प्रस्तुति दिएका छन्। असोज ११ गते फिल्मले प्रदर्शनको मिति तय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.