पूर्वराजा ज्ञानेन्द्रलाई लिन कोमलसहित हिमानी र पारस पुगे नर्भिक अस्पताल
काठमाडौं : मुटुमा देखिएको समस्याको उपचारका लागि नर्भिक अस्पताल भर्ना हुनु भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज हुनु भएको छ। पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह नर्भिक पुग्नु भएको थियो।
ज्ञानेन्द्रको डिस्चार्ज हुँदा अस्पताल परिसरमा भिड लागेको थियो। अस्पतालका कर्मचारीले ज्ञानेन्द्रलाई पुष्पगुच्छा दिएर बिदाइ गरेका थिए। बाहिर उपस्थित भिडले भने राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेको छ।
पूर्वराजा ज्ञानेन्द्रका सहयोगी फणिराज पाठकका अनुसार ज्ञानेन्द्रको स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकको सल्लाह अनुसार डिस्चार्ज भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र बुधबार अस्पताल भर्ना हुनु भएको थियो।