पतिको आत्महत्यापछि तालिन्दाको ट्विटर ह्याक

पतिको आत्महत्यापछि तालिन्दाको ट्विटर ह्याक

विश्वप्रसिद्ध अमेरिकी रक ब्यान्ड ‘लिंकिंग पार्क'का मुख्य गायक चेस्टर बेनिंगटनले आत्महत्या गरेपछि उनकी पत्नी तालिन्दा बेन्ट्लेको ट्विटर अकाउन्ट ह्याक भएको छ । पतिको मृत्युसम्बन्धी फलोअरलाई अचम्मलाग्दो म्यासेज पठाउन थालेपछि उनको अकाउन्ट ह्याक भएको बताइएको छ । तालिन्दाको ट्विटरबाट चेस्टरको मृत्युभन्दा पहिले कसैले मारेको वा झुन्ड्याएको हुनसक्ने भनी प्रवाह भएको सन्देश भाइरल बनेको थियो ।

गायक चेस्टरलाई उनको घरमा काम गर्ने मान्छेले झुन्डिरहेको अवस्थामा देखेका थिए । उनको मृत्युभन्दा केही घन्टापछि लिंकिंग पार्क ब्यान्डको फोटोसुटका लागि समय तय गरिएको थियो । यस ब्यान्डको केही समयअघि नयाँ गीत ‘टकिंग टु माइसेल्फ’को भिडियो सार्वजनिक भएको थियो । यो ब्यान्डले केही सातापछि अमेरिका टुर गर्ने योजना बनाएको थियो । लिंकिंग पार्ककै अर्का ब्यान्ड सदस्य क्रिस कोर्नेलले पनि गत मेमा आत्महत्या गरेका थिए । उनको मृत्युपछि चेस्टरले निकै भावुक स्टाटस लेख्ने गरेका थिए।

४१ वर्षीय पति गुमाउँदा गहिरो शोकमा रहेकी तालिन्दाले पतिको बारेमा औपचारिक रूपमा कुनै धारणा दिएकी छैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.