कान नसुन्ने सुरभी ‘पहिलो मिस एसिया'

कान नसुन्ने सुरभी ‘पहिलो मिस एसिया'

‘एक मौका देऊ हामी गर्न सक्र्छौं', यो भनाइ हो ‘मिस डेफ एसिया २०१७' सुरभि मानन्धरको । फ्रान्समा पहिलो पटक केही दिनअघि आयोजित कान नसुन्ने सुन्दरीहरूको प्रतियोगितामा शीर्ष उपाधि जितेकी सुरभिले आइतबार राजधानीमा आफ्नो अनुभव बाँड्दै अवसर पाए काम गरेर देखाउन सक्ने आत्मविश्वास व्यक्त गरेकी हुन् । उनका साथमा थिए, जनकराज भट्ट । ‘मिस्टर एन्ड मिस डेफ एसिया २०१७' मा महिलातर्फ सुरभिले उपाधि चुमेकी हुन् भने पुरुषतर्फ जनकराज उत्कृष्ट पाँचसम्म पुग्न सफल भएका थिए । ‘बहिरा महिलाको सिर्जनशील हातहरू' नामक संस्थाले प्रस्ताव गरेको कार्यक्रममा हिडन ट्रेजरको सहयोग रहेको छ।

नेपालको तर्फबाट पहिलो पटक सहभागी भए पनि कान नसुन्नेहरूले अन्तर्राष्ट्रिय जगत्मा पाएको यो उपलब्धि साँच्चिकै उल्लेखनीय भएको हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले बताए । ‘जुलाई १७ को दिन म औधी खुसी भएँ, किनकि यो दिन एउटी कान नसुन्ने नेपाली महिलाले अन्तर्राष्ट्रियस्तरमा शीर्ष उपाधि जितेर नेपालको नाम राख्नुभयो । यसलाई म ऐतिहासिक जित मानेको छु', कक्षपतिले भने ।

कक्षपतिका अनुसार महिलाको सिर्जनशील हातहरूको, अध्यक्ष कल्पना वज्राचार्यले कान नसुन्नेलाई विदेशमा सहभागी गराउन प्रस्ताव लिएर आएकी थिइन् । ‘कल्पनाजीको कल्पना जुलाई १७ का दिन पूरा भयो', कक्षपतिले भने, ‘यस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा शीर्ष स्थान हासिल गर्नु सिंगो नेपाल, समस्त नेपालीको लागि गौरवको विषय त छँदैछ अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटन, कला, संस्कृतिको प्रवद्र्धनमा समेत यसले सहयोग पुर्‍याउँछ ।'

सुरभि र जनकराजलाई बधाई तथा अनुभव आदानप्रदान कार्यक्रममा बहिरा महिलाको सिर्जनशील हातहरूकी अध्यक्ष वज्राचार्यले सुरभि र जनकले नेपालको नाम राख्न सफल भएकोमा धन्यवाद दिँदै गौरव लागेको बताइन् । ‘यस्ता प्रतिभामा अझै निखार ल्याउन अन्तर्राष्ट्रिय सांकेतिक भाषा समस्यालाई सुल्झाउन आवश्यक छ', उनले भनिन्, ‘सुरुमा नेपालले भाग लिन पाउला कि नपाउला भन्ने चिन्ता थियो । तर भाग लिनेमात्र होइन पहिलो स्थान हात लाग्यो । मेहनतको कदर भएको छ ।'

काठमाडौंको बाँसबारी निवासी २३ वर्षीया सुरभि र गोरखाका जनकले फ्रान्समा अन्तर्राष्ट्रिय सांकेतिक भाषाका कारण अलि समस्या भएको बताए । कान सुन्ने र नसुन्ने सबै बराबर भएको उनीहरूको भनाइ थियो । फ्रान्सको पेरिसमा आयोजित मिस डेफ प्रतियोगिताको यो सातौं संस्करण हो भने ‘मिस्टर डेफको पाँचौं संस्करण हो । जुलाई १० देखि १७ तारेखसम्म प्रतियोगिता चलेको थियो । प्रतियोगितामा विभिन्न मुलुकका १९ पुरुष र २० महिला सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.