संस्कृति जोगाउन शेर्पाको विश्व सम्मेलन

संस्कृति जोगाउन शेर्पाको विश्व सम्मेलन

काठमाडौँ: परिवर्तित समाजसँगै शेर्पा जातिको भाषा, धर्म, संस्कृति परम्परा, रितीरिवाजमा नकरात्मक प्रभाव परे पछि संरक्षणको पहल गर्न विश्व शेर्पा सम्मेलन आयोजना गरेको छ।

हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा जाति पछिल्लो समय अवशरको खोजीमा बिभिन्न देशमा पुगेको छ। विदेशीए पछि आफ्नो पहिचान पनि गुमाउदै गए पछि मौलिकता संरक्षण गर्न असोज २२, २३ र २४ गते तीन दिन सम्म काठमाडौमा शेर्पाको विश्व सम्मेलन आयोजना गरेको छ।

भेलामा २२ देश शेर्पा किदुक सहभागिता जनाउने छन्। भेलाको व्यवस्थापनका लागि सबै देशका शेर्पा किदुकलाई पत्र पठाएर तयारी थालेको सम्मेलन व्यवस्थापन समितिका संयोजक आङलेमी शेर्पाले बताए।

शेर्पा किदुक स्थापना गरी सहभागिता गर्ने देशहरुम भारत, युके, अष्ट्रेलिया, अमेरिका, वेल्जीयम, पोरचुगल, जर्मन, जपान, स्वीजरल्याण्ड, दक्षिण कोरिया, कतार, मलेसिया, साउदी, युएइ, कतार, बहराइन, साइप्रास लगायतका देश छन् । आयोजकका अनुसार करिव ६० देशमा शेर्पाको उपस्थित पुगेको जनायो।

पहिलो पटक आयोजित शेर्पा बिश्व सम्मेलन काठमाडौमा भए पनि पछिल्लो समयमा विश्वका बिभिन्न राष्ट्रमा गरिने नेपाल शेर्पा संघका अध्यक्ष एवं विश्व शेर्पा सम्मेलनका संयोजक ई. आङ दोर्जी शेर्पाले बताए। विश्व सम्मेलन समितिमा २२ देशको शेर्पा किदुक सदस्य रहेका छन्।

सम्मेलनले बिधान पारित गरी विश्व शेर्पा संघ चयन समेत गर्ने छ। हिमालको काखमा बस्ने शेर्पा जाति शिक्षाबाट बञ्चित भए पछि अवशरको खोजीमा बसाइसराई गरी विदेशीन बाध्य भएकाले आफ्नो मौलिक पहिचान गुम्ने खतरा बढेकाले सम्मेलन आयोजना गरेको संयोजक शेर्पाले बताए।

थाकथलो छाडेर बसाइ सरेसँगै भाषा, धर्म, संस्कृति, परम्परा र रितीरिवाजमा नकरात्मक प्रभाव परी लोप हुदै गएको निष्कर्ष नेपाल शेर्पा संघका अध्यक्ष एवं विश्व शेर्पा सम्मेलनका संयोजक ई. आङ दोर्जी शेर्पाले बताए। पछिल्लो समयको प्रभावले फैलिएको बिक्रीति कम गरी एक रुपता ल्याउन, विश्वमा अवशरको खोजी गर्न, विश्वका शेर्पाले नेपालमा गर्ने लगानीको बिषयमा छलफल गर्न, पीडित हितमा सहयोग गर्न आवस्यक छलफल समेत तीन दिन सम्मेलनमा हुने आयोजकको भनाई छ।

सम्मेलनले आत्मवल बढाउने, अनुभव आदानप्रदान गर्ने , विभिन्न देशमा भएको बिकास बारे छलफल गरी नेपालमा प्रयोग गर्न प्रोत्साहित गर्ने उदेश्य समेत सम्मेलनको छ। संसारको जुनसुकै ठाँउमा रहेता पनि शेर्पाहरुको ऐतिहासिक पहिचानमा भिन्नता हुन नदिन विश्व शेर्पा संघको भूमिका हुने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.