पपस्टार जस्टिन बीबरलाई चीनमा कार्यक्रम गर्न रोक
बेइजिङ: पपस्टार जस्टिन बीबरलाई चीनमा प्रस्तुती दिनबाट रोक लगाइएको छ।बेइजिङको संस्कृतिक मन्त्रालयले एक विज्ञप्ति जारी गरेर मनोरञ्जनको नाममा नाजायज हर्कत गर्नेलाई प्रस्तुतिकालागि रोक लगाइएको हो।
विज्ञप्तिमा भनिएको छ, 'जस्टिन बीबर एक शानदार गायक हो। तर उनी धेरै विवादित पनि हुन्।' मन्त्रालयको आधिकारिक वेबसाइटमा एउटा नागरिकले सोधेको प्रश्नमा यस्तो उत्तर लेखिएको बीबीसीले जनाएको छ।
मन्त्रालयले भनेको छ, ' हामीलाई सुखी लाग्नेछ जब उनले आफ्नो व्यवहार सुधार्नेछन् र मिठो शब्द बोल्नेछन तब हामी उनलाई भव्यताका साथ स्वागत गर्न तयार छौ।'