वीर अस्पतालमा ३५ लाखको कोष स्थापना
काठमाडौं : सहिल कुमा उपाध्याय एन्ड करेन बास ट्रस्टले वीर अस्पतालमा ३५ लाखको कोष स्थापना गरेको छ । बजसबाट वीर अस्पतालका क्यान्सर बिरामीलाई केमोथेरापी औषधि प्रदान गरिनेछ । सहिल कुमा उपाध्याय एन्ड करेन बास ट्रस्टले कोषको सम्पूर्ण रकम वीर अस्पतालको नेसनल ट्रमा सेन्टरलाई आर्थिक अवस्था कमजोर भएका क्यान्सरपीडित बिरामीको उपचारका लागि सोमबार हस्तान्तरण गरेको हो ।
क्यान्सरको उपचार नेपालमा आर्थिक हिसाबले महँगो छ । तसर्थ वीर अस्पतालमा उपचारमा आउने आर्थिक अवस्था कमजोर भएका क्यान्सर रोगीलाई लक्ष्य गरेर केमोथेरापी औषधि प्रदान गर्ने उद्देश्य रहेको ट्रष्टले जनाएको छ ।