भारतीय टीभी सिरियले २ वर्षसम्म तन्नुलाई गर्भवती देखाएपछि..
एजेन्सी: जीटीभीमा सर्वाधिक रुचाइएको भारतीय टेलिसिरियल 'कुमकुम भाग्य'माथि एक दर्शकले मुद्दा हालेका छन्। लामो समयसम्म एउटै दृश्य देखाएपछि वाक्क भएर सिरियलविरुद्ध मुद्दा हालेका हुन्।
नेपाली सयम अनुसार सोमबारदेखि शुक्रबार राति सवा ९ बजे आउने सिरियल 'कुमकुम भाग्य' विगत ३ वर्षदेखि टेलिभिजन रेटिङ प्वाइन्ट(टीआरपी)मा पहिलो नम्बरमा रहँदै आएको छ। तर सिरियलले दर्शकलाई २ वर्षसम्म गर्भवती नै भएको देखाएपछि कथाविरुद्ध राष्ट्रिय उपभोक्ता गुनासो फोरममा मुद्दा दर्ता गराएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
दर्शकले गुनासो गर्दैं भनेका छन्, 'कुमकुम भाग्यमा एउटै कथा ३ वर्षदेखि एउटै ट्रयाकमा गइरहेको छ। के एउटी नारी दुई वर्षसम्म गर्भवती रहन्छिन्?'
उक्त दर्शकले सिरियलमाथि धेरै पहिले नै मुद्दा गर्ता गरेको थियो।तर अहिले बालाजी टेलिफिल्म भने सिरियलमा कथाको मोड नयाँ श्रृङखला सुरुवात गरेको छ।