मिस एयर होस्टेस-२०१७ को आवेदन खुल्ला

मिस एयर होस्टेस-२०१७ को आवेदन खुल्ला

काठमाडौं : सिजन मिडियाद्वारा विगत ७ वर्षदेखि आयोजना गर्दै आएको मिस एयर होस्टेस २०१७ चौथो सस्ंकरणका लागि आवेदन खुल्ला गरिएको छ । केही वर्ष स्थगित हुन गएको मिस एयर होस्टेस प्रतियोगीता फेरि सिजन मिडियाले गर्न लागेको हो ।

मिस एयस होस्टेसका लागि एयर होस्टेस सम्बन्धी काठमाडौंलगायत विभिन्न सहरमा एयर होस्टेसको तालिम लिएर बसेका वा तालिम लिदै गरेका कक्षा १२ वा सोसरह अध्ययनरत ५ फिट २ इन्च उचाई भएका युवतीले प्रतियोगिमा आवेदन फारम भर्न सक्नु हुनेछ।

उक्त कार्यक्रमबाट प्रतियोगीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायत नेतृत्वदायी क्षमताको विकास लागि सहयोग पुर्‍याउने र एयर होस्टेस बन्नको लागि सहयोग पु¥याउछ भन्ने हेतुले यो कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो । कार्यक्रमको आवेदन फारम सिजन मिडिया कमलादीमा सम्पर्क गरी भर्न सक्नु हुनेछ ।

प्रतियोगिताका विजेताले ‘मिस एयरहोस्टेस २०१७’ को ताज उपाधिसहित २५ हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान गरिने छ । फस्ट रनर अप र सेकेण्ड रनरले क्रमस १५ हजार र १० हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान गरिने छ। अन्य विभिन्न १५ विधामा पनि सव टाइटल अवार्ड प्रदान गरिने छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.