को हुन् बालबालिका मन्त्री आशा कोइराला ?
काठमाडौं : नेकपा (माओवादी केन्द्र)की नेतृ आशा कोइरालाले बुधबार महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको रुपमा सपथ लिएकी छिन्।
माओवादी केन्द्रबाट सामनुपातिक तर्फबाट सांसद रहेकी कोइरालाको जन्म २०२६ साल पुस १० गते भोगटेनी गोरखामा भएको हो।
तनहुँको शुक्लागण्डकी-४ बेलचौतारा स्थायी घर भएकी कोइरालाले बिन्ध्यवासिनी माद्यमिक विद्यालय नारेश्वोर १ भोगटेनी गोरखाबाट एसएलसी परीक्षा उत्तिर्ण गरेकी हुन्। कोइरलाले उच्च शिक्षाको पडाई भने गोखा क्याम्पसबाट सुरु गरेकी हुन्। स्नातक तहसम्मको अध्ययन पुरा गरेकी कोइरालाले लामो समय तनहुँको राधा माद्यमिक विद्यालयमा शिक्षिका भएर काम गरेकी थिइन्।
२०४२ सालबाट क्रियाशिल सदस्यता लिएर कोइराला राजनीतिमा होमिएकी हुन्। कोइराला २०५० सालमा अखिल नेपाल महिला संघ तनहुँको जिल्ला संयोजक, २०५४ सालदेखि २०६४ सम्म केन्द्रीय सचिवालय सदस्य भएर काम गरेकी थिइन्। २०५५ वैशाख १० गते पार्टी संगठनात्मक कामको सिलसिलामा तनहुँ सतिस्वारा बाट गिरफ्तार भएकी थिइन्।
गिरफ्तारमा पछि हातहतियार खरखजना मुद्दामा हिरासतमा बस्नु परेको थियोे। ३५ दिन हिरासत र १ महिना जेल जीवन बिताएकी कोइराला पुनरावेदन अदालत पोखराको आदेशमा धरौटिमा रिहा भएकी थिइन्।
२०५४ असारमा घर बाटै गिरफ्तार भई तनहुँ जिल्ला प्रशासन कार्यालयले शान्तिसुरक्षा एन अन्र्तरगत कास्की कारागारमा नजरबन्दमा राखेको थियो। नजरबन्दको क्रममा उनले तनहुँ, कास्की, बारा, पर्सा, महोत्तरीमा प्रमुख जिल्ला अधिकारीको आदेशमा हिरासतमा कष्टकर जीवन बिताउनु परेको थियो। कोइरालाले तनहुँ, कास्की, वीरगंज, जलेश्वर, काठमाडौं केन्द्रीय कारागारमा बन्दी जीवन समेत बिताउनु परेको थियो।
२०५८ भदौ १३ को पहिलो चरणको वार्ताको क्रममा राति १२ बजे घरमा पु¥याएर रिहाई गरिएको थियो। २०६० सालमा तत्कालीन माओवादीले गठन गरेको तनहुँको दोश्रो जनसरकार प्रमुख त्यस पछि एकीकृत जनप्रतिरोध अभियानको क्रममा २०६२ साल जेठ २ गते सेनाको युनिफाइट कमाण्डको घेरामा गोली प्रहारपछि घाइते अवस्थामा तनहुँको साभुङ, गाबडाडाबाट गिरफ्तारमा परेकी थिइन्।
उनलाई सेनाले साँझ सरस्वती माद्यमिक विद्यालयको कोठामा बास बसेर भोलिपल्ट अशक्त अवस्थामा डोकोमा बोकेर राम्जाकोट, राम्जाकोट बाट सेनाको हेलिकप्टर बाट पोखरा फुलबारी ब्यारेक लगिएको थियो।
उपचारपछि कोइरालाले १३ दिन विजयपुर ब्यारेकको हिरासत बिताएकी थिइन्। यो अवधिमा उनले चार दिन नेपाली सेनाको समरसुर गुल्म चापाघाट, दमौली, तनहुँमा हिरासत र १८ दिनपछि जिल्ला प्रहरी कार्यालय दमौली हिरासतमा आतंककारी तथा हिंसात्मक कार्य नियन्त्रण अन्तरगत कर्तव्य ज्यान मुद्दा दायर गरी कास्की कारागार चलान गरिएको थियो।
२०६२।०६३ को आन्दोलनमा जेलभित्रै आस्थाका बन्दीसहित आन्दोलितको मोर्चा सहित।गणतन्त्र सङै मुद्दा फिर्ता लिएर रिहाई। असारमा त्यस पछि पार्टी काममा सकृय २०६४ को संविधान सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य उमेदवार, झिनो मत अन्तरले पराजित २०७० सालमा समानुपातिक तर्फबाट संविधान सभा सदस्य हुँदै हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेकी छन्।