प्रिन्स एन्ड प्रिन्सेस तीन नेपाली
काठमाडौं (अन्नपूर्ण): थाइल्यान्डको चियाङमईमा हुने 'प्रिन्स एन्ड प्रिन्सेस् इन्टरनेसनल २०१७' का लागि नेपालले पनि प्रतिनिधित्व गरेको छ।
जुलाई २६ देखि ३१ तारिखसम्म हुने कार्यक्रममा अन्जशा रिजाल, अंकित तिवारी र योजना घलेले सहभागी भएका हुन् । इभेन्ट बेटर ग्यालेक्सीले आयोजना गर्ने 'प्रिन्स एन्ड प्रिन्सेस नेपाल-२०१७’की विजेता अन्जशाले 'प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनल–२०१७’ का लागि नेपालको प्रतिनिधित्व गरेकी हुन्।
प्रतियोगितामा २५ देशका प्रतियोगी सहभागी छन्। सो प्रतियोगिताका लागि अन्जशालाई रोजिन शाक्यले कोरियोग्राफी प्रशिक्षण, स्वजत रघुवंशीले नेपाली नृत्य प्रशिक्षण, पेज थ्रिले पहिरन तयारी र आफूले व्यक्तित्व विकास प्रशिक्षण दिएका छन्।
ग्रुप अफ इभेन्ट्सबाट अंकित र योजना क्रमशः ‘मिस्टर इन्टरनेसनल टिन प्रिन्स-२०१७' र 'मिस इन्टरनेसनल टिन प्रिन्सेस्-२०१७' विधामा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन्। धीरज तण्डुकार, अनुप सक्सेनासहित तीनजना सो प्रतियोगितामा सहभागी हुन बैंककतर्फ लागेका छन्।