रेखालाई तेस्रोलिंगीको आशीर्वाद !

रेखालाई तेस्रोलिंगीको आशीर्वाद !

काठमाडौं : चर्चित नायिका रेखा थापाले आफूलाई तेस्रोलिंगीको आशीर्वाद रहेको बताएकी छन् । उनले बिहीबार मध्याह्न ठमेल सातघुम्ती चोकमा तेस्रोलिंगी महिला मेघना लामाले सुरु गरेको ‘पिंक टिफानी पब एन्ड रेस्टुरेन्ट’मा बोल्दै गर्दा त्यसो भनेकी हुन् । नायिका थापाले भनिन्, ‘मलाई तेस्रोलिंगीहरूले आशीर्वाद दिएका छन् ।’ रेस्टुरेन्टको उद्घाटनका क्रममा प्रमुख अतिथिका रूपमा पुगेकी रेखाले रिबन काट्दै तेस्रोलिंगी महिलाले चलाएको रेस्टुरेन्टको सफलताको कामना गरिन् ।

‘मैले पहिलेदेखि नै तेस्रोलिंगीहरूलाई समर्थन गर्दै आएकी छु । म उनीहरूलाई तेस्रोलिंगीभन्दा पनि एउटा ‘ह्युमन विइगं’ को रूपमा हेर्छु’, रेखाले अन्नपूर्णसँगको कुराकानीमा भनिन्, ‘हुन त तेस्रोलिंगीलाई हेर्ने सबैको दृष्टिकोण फरक हुन्छ । तर म सम्मान गर्छु ।’ उनले फिल्म लाइनमा आफ्ना धेरै तेस्रोलिंगी साथीहरू रहेको पनि जानकारी दिइन् ।

विशेषगरी टेक्निकल पार्टमा धेरै तेस्रोलिंगीहरू काम गर्ने गरेको उनले बताइन् । आफ्नो चलचित्रमा उनले हेयर ड्रेसर, डान्सरको रूपमा तेस्रोलिंगीलाई अवसर दिएको बताइन् । भनिन्, ‘तेस्रोलिंगीहरू जन्मँदा नै अरूभन्दा प्रतिभावान् भएर जन्मिएका हुन्छन् ।’ विभिन्न विधामा उनीहरूले आफ्नो प्रतिभा देखाइरहेका छन् । मोडलिंग, व्यापार व्यवसायमा राम्रो करिअर बनाउँदै आएका छन् । मेघनाले पनि
यति ठूलो व्यवसाय सुरु गर्नु भनेको सकारात्मक कुरा भएको रेखाको भनाइ छ ।

समाजमा स्थिरता नभएको र आलोचना गर्न मान्छे स्टान्डवाई बसेको रेखाको दुःखेसो छ । उनले भनिन्, ‘तेस्रोलिंगी भन्नेबित्तिकै नराम्रो काम गर्नु भन्ने छ ? तर समाजले हामीलाई बनाउनेभन्दा पनि हामीले समाज बनाउनुपर्छ । समाजले के भन्छ त्यसको ठेक्का लिनु हुँदैन ।’ तेस्रोलिंगीमा जस्तै कलाकारहरूले पनि अनेक आरोप खेप्नु परेको उनले बताइन् ।

‘तेस्रोलिंगी साथीहरूले भगवानले ठग्यो, यस्तो रूप बनाइदियो भन्दै गुनासो गर्छन् तर यो कुरा बनाएर बनिने कुरा हैन, जे छ त्यसैमा गर्व गर्नुपर्छ’, रेखाले भनिन्, ‘जो आफ्नो पहिचान लुकाउँदैन त्यो मान्छे साँच्चै साहसी हो । नत्र तड्पिएर बाँच्नुमा पीडा हुन्छ । पहिचान खुलाएर आफू स्वावलम्बी हुनु र अरूलाई पनि रोजगारी दिनु मेघनाको प्रशंसनीय पाटो हो ।’ उनले धेरै वर्षदेखि तेस्रोलिंगी सँग काम गरेको खुलाइन् । उनीहरूलाई अगाडि ल्याउन चाहेको पनि बताइन् ।

सामान्यतया हलिउड, बलिउडमा पनि हिरोहिरोइन र तेस्रोलिंगीहरूको सम्बन्ध नजिकको हुने गरेको रेखाको भनाइ छ । कामको सिलसिलामा उनीहरूसँग बस्नुपर्ने स्थिति आउने पनि उनले खुलाइन् । ‘एकजना तेस्रोलिंगी हेयर ड्रेसरसँग मलाई सुती भन्ने आरोप पनि लगाए’, उनले भनिन्, ‘समाजले आक्षेप लगाउन छोड्दैन । तर म उनीहरूलाई सम्मान गर्छु उनीहरू मेरो मार्गनिर्देशक हुन्, मलाई यो लगाऊ, त्यो नलगाऊ भनेर सुझाव दिइरहेका हुन्छन् ।’

मेघना नेपालको पहिलो तेस्रोलिंगी व्यवसायी हुन् । उनले दुई वर्ष पहिला वसन्तपुरमा पिंक टिफानी नामको रेस्टुरेन्ट सुरु गरेको थिइन् । त्यसैको अनुभव र सफलतापछि ठमेलमा पनि रेस्टुरेन्ट सञ्चालन गर्ने आँट आएको उनले बताइन् । दीपक रेग्मी र उनले मिलेर यो रेस्टुरेन्टको सुरुवात गरेकी हुन् । उनको रेस्टुरेन्ट उद्घाटनमा उनका बुवाआमा र आफन्तहरूको उपस्थिति थियो । मेघनाका अभिभावक उनको प्रगति देखेर खुसी छन् । मेघना तेस्रोलिंगीहरूलाई हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउन र रोलमोडल बन्न व्यवसाय सुरु गरेको बताउँछिन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.