संस्कारगत स्वभाव, स्वभावगत व्यवहार

संस्कारगत स्वभाव, स्वभावगत व्यवहार

पैतृक-मातृक संस्कारका संयुक्त स्वभाव युक्त संगठनको नाम 'परिवार' । परिवार संयुक्त र एकल पनि हुन्छन् । हाम्रो परम्परागत परिवारको स्वरूप संयुक्त थियो । मेरो बाल्यावस्थाको परिवार संयुक्त थियो । त्यस्तो संयुक्त परिवारको व्यवस्था तत्कालीन आर्थिक र औद्योगिक व्यवस्थाको लागि अनिवार्य थियो । विस्तारित परिवार धान्ने आर्थिक प्रबन्धको मूलाधार प्राकृत तवरले उपलब्ध साधन सुविधाको आधार मात्र भूमि र प्रकृति नै थिए । खेतीपाती नै परिवार धान्ने आधारभूत उद्योग व्यवसाय थियो । खेतीयोग्य उर्बर समथर भूमि आर्थिक जीवनको मूल आधार रहे, बनेको थियो ।

जमिनको अवस्थाअनुसार गर्न सकिने बाली लगाउने व्यावसायिक ज्ञान नै कृषिवाला परिवारको निपुणता मानिन्थ्यो । तिनै निपुणताको आधार नै ज्ञानको स्वरूप बनेको थियो । प्रायः यिनै स्वरूपको परिवारको बहुलता मेरो प्रारम्भिक जीवनको बाल्यकालको प्राकृत-स्वाभाविक अनुभूति रहे, बनेको छ । नागदह चोभारबाट बगेर धापिलो जमिन बने होलान् कहिले यो वर्तमान उर्बर भूमियुक्त राजधानी उपत्यका ? कालान्तरमा कृषियोग्य भूमिलाई बालीनाली उत्पादन गर्ने आर्थिक व्यवसायको आधार बनाउन पनि युगान्तकारी समयावधि लाग्यो होला ! कृषि मग्न परिवारहरूकै कारण मजस्ता हामीहरूका यावत् समाज कृषक समाज बनेको थियो ।

कृषक समाज व्यवस्था पनि कृषि माथि नै निर्भर रहनु स्वाभाविक थियो, पनि । हाम्रा यावत् जीवन पद्धतिहरू कृषि र कृषिजन्य बनेको छ । कृषि सिधै खेतीपाती गर्ने व्यवसाय भयो । कृषिजन्य व्यवसाय भन्नाले दुई अर्थ बोध गराउँछ । कृषि÷खेतीपातीमाथि निर्भर र कृषिलाई सहायक बन्ने कार्य, व्यवसाय बन्छ । कृषिको लागि सहयोग गर्ने व्यवसायले मल उत्पादन गर्ने, पानी सिँचाइ-कुलो निर्माण गर्ने जस्ता कोटीका अरु व्यवसाय बन्न सक्छन्, हुन् पनि । भूमिमाथि वैज्ञानिक प्रविधियुक्त माछा पोखरी निर्माण र माछापालन व्यवसाय विकास गर्नु पनि कृषिजन्य व्यवसाय नै हुन् । तेस्रो प्रकरणको कृषिजन्य व्यवसाय फलोद्यानबाट उत्पादन भए गरिएका फलफूललाई प्रशोधन गरी सुकेफल÷ड्राइफुड र प्याकिङ व्यवसाय गर्नु पनि हुनेछन् । अन्य प्रकार धेरै छन् ।

छोरीलाई पर्दामा ढाकी शिक्षादीक्षाविहीन राख्ने मकिएको प्रथा अब युगानुकूल छैन । छोरीहरू पनि विद्यालय जान्छन्, पढ्छन्, लेख्छन्, गुन्छन् । आगोले नजिकैको वस्तु टिप्छ । शाश्वत सत्य यो !

यी सबै यस्तै प्रचूर आत्मनिर्भर उद्योग व्यवसायहरू छन्, जसले नेपाली युवा पुस्ताले आफूलाई स्वदेशमै आत्मपौरख जगेर्ना गर्न सक्छन् । वैदेशिक रोजगारको धूनमा लालायित रही आत्मसम्मानलाई बढाउन नसक्दा देशकै शिर ठाडो बन्ने उत्सर्ग फेला पार्न हम्मेहम्मे पर्नु स्वाभाविक हुन्छ । यहाँनिरै हो - हामीले हाम्रै संस्कारगत स्वभाव, स्वभावगत व्यवहारमाथि विश्लेषण गर्नु उपयुक्त हुन आउँछ । मानिस, स्वभावतः परिवारमै जन्मन्छ, हुर्कन्छ । त्यस्तो मानिस पारिवारिक संस्कार रञ्जित भएर उस्तै व्यवहार गर्न सिक्छन् । बाल्यकालमा सिकिएका व्यवहार उनको जीवन आधार बन्छ, बनेको हुन्छ । पारिवारिक संस्कार स्वभाव बनेर व्यक्त हुन्छन्, भइरहन्छन् निरन्तर । पारिवारिक घेरा÷परिधि भित्रको संस्कारगत स्वभावजन्य व्यवहारको प्रगाढ अवलोकन र विश्लेषणले संस्कार बुझ्न ठूलो भूमिका निर्वाह गर्दछ ।

यी गन्थनको चुरो संस्कारगत स्वभाव र स्वभावगत व्यवहार नै हुन् । हामी र हाम्रो समाज यिनै मर्मले सजिएको छ । सजिनुको अर्थ सकारात्मक, नकारात्मक परिप्रेक्षमा परिभाषित गर्न सकिन्छ । प्रसंग अस्ति रूपन्देही, भैरहवाको मर्चावारकी छोरी कुटाइ-पिटाइसित गाँसिएको छ । आफ्नै बुबाले अबोध छोरीलाई बालककालमै बालविवाह गरिदिएर यतिन्जेलको तरुण बैंससम्म माइतमा पाल्नु जीवनचक्र सुहाउँदो माया हो कि होइन ? एपी वान दूरदर्शन हेर्दा त्यो छोरीमाथि निर्मम लाठी प्रहार गर्दै कपाल लुछ्दै भुइँमा थचार्दै गरेको कारुणिक घटना-दृश्य देखियो । मात्र आफ्ना पिताकै मात्र चुटाइ-पिटाइमा थप प्रहार गर्न टोल छिमेककाहरू पनि जाइलागेको दृश्य दुर्दान्त र विवेकहीनता चरम विजोग बनेको थियो ।

त्यस्तो दुर्दान्त घटनामा टोल, छिमेक र आफन्तहरूको भूमिका त सम्झाइबुझाइ क्लान्त स्थिति शान्त पार्ने पो हुनुपथ्र्यो !स्थानीय सरकार चलाउने निर्वाचित जनप्रतिनिधि, शान्ति-सुरक्षामाथि निगरानी गर्ने निकायका पदाधिकारी महानुभावहरूको भूमिका शून्य प्रायः रह्यो । यसको पुस्ट्याइँ सरोकारी सरकारी निकायले चासो जगाएको चर्चा सामाजिक सञ्जालमार्फत जान्न त पाइयो । त्यस्ता घटना कतै पनि नदोहोरियून् ! सदासयता सर्वत्र पुर्‍याउन उचित कानुनी कारबाहीको सूचना-सन्देश व्यापक रूपमा सार्वजनिकीकरण भइरहनु जनताको सुसूचित हुन पाउने अवसर जुटाइरहनु राज्य सञ्चालन व्यवस्थाको लोकतान्त्रिक उन्मेश ठहर्नेछ । यस्ता सुसूचितीकरण गर्ने संस्कार व्यापक रूपमा हुर्काई समृद्ध बनाउन सके नै लोकतन्त्रात्मक शासन पद्धतिमूलक बनी सकारात्मक सोचको क्षितिज उघ्रने सम्भावना बढ्ने हुन्छ । हुन नसके फेरि पनि हात्ती आयो, हात्ती आयो फुस्सा... !

युगले यत्रो युगान्तकारी पहल गरी सक्दा पनि हामी र हाम्रो समाजले युगको मर्म बुझी समाजको सबै तख्ताको आम नेपालीले नैतिक आचरण सम्वरण गर्न नसक्दाको दुष्परिणाम बन्न पुगेको यो संस्कारगत स्वभाव र स्वभावगत व्यवहारको प्रत्यक्ष प्रमाण बनेको छ । छोरीलाई पर्दामा ढाकी शिक्षादीक्षाविहीन राख्ने मकिएको प्रथा अब युगानुकूल छैन । छोरीहरू पनि विद्यालय जान्छन्, पढ्छन्, लेख्छन्, गुन्छन् । आगोले नजिकैको वस्तु टिप्छ । शाश्वत सत्य यो ! पानीले बहावकै आसेपासे र अगाडिका वस्तु प्रवाहमा अँगाल्छ । यौवनले नजिककै साथसित माया सञ्चार गर्छ । लहराले आसपासका वस्तुलाई ठाँक्रो बनाउँछ । अबको लोकतन्त्रात्मक पद्धतिले आम नेपाली लोकमनको मत यतातिर झुल्क्याउन बेर लाए कहिले सच्चाई युगीन संस्कारयुक्त आचरण अँगालिरहने ? सोचनीय नै छ ।

निर्मम चुटाइ खाने छोरी मीना यादव १९ वर्षीय यौवना छे - इन्नर यादवकी पुत्री ! दिनेश लोध २१ वर्षीय उर्लंदो बैंसको युवा । ती दुवै युवक-युवती एकै बस्तीका बासिन्दा रहेर आपसमा माया बुन्न पुग्छन् । यौवन जीवनको आगो बन्छ । नजिकको मायालु वस्तुतत्वलाई मायालु रापले रापिलो पार्छ । यौवन मायाको लहरा बनी ती दुई आपसमा लहसिन्छन् । आपसमा बेर्छन् मायाका मालामा लहसिँदै । अबोध बालापनको पुतली विवाहमा परिणत हुन्छ । भयो त के भो ? उहिलेको कुरा खुइलियो । जसको कुनै तालमेल छैन, त्यही कसरी युगान्तकारी रहन सकोस् ?

मीना यादव र दिनेश लोध दुई मायालु तन्नेरी मायावती ! यादव त यादवै रहिन् मीना ! दिनेश दिनेश रहन नसकेको यो दुर्दान्त व्यथाको वेदनाकार बन्न पुगेछ । कुरोको चुरो 'लोध' जंगबहादुरकालीन पहिलो मुलुकी ऐनले संरक्षित अछूत जातीय थर रहेछ । अछूत जातजातिको उन्मूलन त उहिल्यै भैइसकेथ्यो । अहिले त गणतान्त्रिक लोकतन्त्रात्मक संविधानतः नै उन्मूलन स्वायत्त शासन प्रणालीमा आधारित सिद्धान्तअनुसार स्थानीय निकायसमेतको निर्वाचन सम्पन्न भई स्थानीय स्वायत्त अंगहरू नै गठन भइसकेको स्थिति छ । यस्तो लोकमान्यता र राष्ट्रिय मूल्यविपरीतको क्रियाकर्म, व्यवहारहरू राष्ट्र विमुख रहेको छ । यसले त मन ताक्छ मुढो, बञ्चरो ताक्छ घुँडो पौराणिक उखानलाई चरितार्थ पार्छ मात्र । अबको स्थानीय स्वायत्त शासन उन्मुख पहिलो चरणमै संविधान विमुख यस्ता समाज अमैत्री क्रियाकलाप अमर्यादित र दण्डनीय ठहर्छ ।

समाज अमैत्री स्थानीय क्रियाकलाप सम्बन्ध अबको निर्वाचित स्थानीय स्वायत्त सरकारी निकायको काँधमा ठूलो दायित्व पर्न आएको छ । गाउँपालिकाहरू देशको आधारभूत तहको स्थानीय सरकारको जरो निकाय हुन् । मूल जरो बनेको गाउँपालिकाले यस्ता अमानुषिक निर्मम प्रहार गरी छोरी तह लाउनेहरूमाथि तत्काल बैठक गरी मुद्दा तहकिकात गर्नु अत्यावश्यक छ । रोगलाई अन्यत्र फैलनबाट रोक्न बेलैमा शल्यक्रिया गरी अवाञ्छनीय तत्वलाई फाल्नुपर्ने हुन्छ ।

स्थानीय तहको समस्या स्थानीय तहमै, स्थानीय निकायबाटै समाधान गरी स्थानीय जनतालाई सेवा पुर्‍याउन खातिर त स्थानीय तहमै गाउँपालिकाहरू निर्वाचन पद्धति अनुरूप गठन गरी जनप्रतिनिधिकै माध्यमबाट स्थानीय गाउँपालिका, नगरपालिकाहरूलाई भूमिका निर्वह गराउन थालिएको हो । यस्तो दायित्वपूर्ण चुनौती डटेर हाँक्नुपर्ने अवस्थाको निर्वाचित स्थानीय पदाधिकारीहरू निडर, निर्भीक रूपमा सक्षम बन्नु अनिवार्य छ ।

यस चुनौतीपूर्ण घडीमा निर्वाचित जनप्रतिनिधिहरूले आफूलाई सक्षम बनाउन यथेष्ट गाउँ, नगरपालिकाहरूको अध्ययन भ्रमण गरी अनुभवहरू आपसमा आदानप्रदान गर्नु अपरिहार्य छ । यस संकटको दुर्दान्त घटनामा सरोकारवाला गाउँपालिका मौन, अवाक रहेको आभास भएको पाइएको छ।

इन्नर पुत्री मीना यादवले नाहक चुटाइपिटाइ, जगल्टो लुछाइ दुर्दान्त वेदना खेप्नुपर्दाको घडी स्थानीय प्रहरीको पनि भूमिका शून्यसार रहेको आम सञ्चारमाध्यमबाट अवगत भएको छ । यस्तो संकटको घडी सार्थक कारबाही ती निकायहरूबाट भई समाधान हुन सकेको भए यति व्यापक बबन्डरी कोलाहल मच्चिने नै थिएन । ऐन मौकामा आँखा चिम्ली दिँदा समस्या आफैंमाथि प्रक्षेपण हुन पुग्यो । गाउँपालिकाको दायित्वपूर्ण काम कर्तव्य सन्दिग्ध हुन थाले लोकतान्त्रिक पद्धतिमा आधारित यो शासन व्यवस्थामै धक्का, आँच लाग्न के बेर ?

संघीय शासन प्रणालीको स्वर जतिसुकै सिंहदरबार गाउँपालिकाहरूमा निसृतिका मन्त्रोच्चारण भइरहे पनि स्थानीय तहमा लाटोलाई केरा उखान सरह ! यस निमित्त स्वायत्त शासन प्रणाली सुदृढ पार्न देशमा विद्यमान विभिन्न स्थलगत संघीय, प्रादेशिक, प्रशिक्षण केन्द्रको तन्मयतापूर्ण उपस्थिति नितान्त कर्मठ पारिनुपर्ने वास्तविकताले गिलिरहन्छ भित्रभित्र कसोकसो ... ! संस्कारगत स्वभाव, स्वभागत व्यवहार मात्र डिहोलिका, मिर्चावार, भैरहवाभित्रका सरोकार नबनी मेरै आफ्नै संस्कारगत स्वभाव, स्वभावगत व्यवहारका व्यहोरा बन्न थालेछ... !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.