अनुुगमन अभावमा ठगिए हिमाली भरिया
काठमाडौं : हिमाली भरियाका लागि कानुुनी मापदण्ड प्रशस्त बने पनि अनुुगमन नहुुँदा उनीहरू ठगिने गरेका छन् । भारीको तौल, सेवा–सुुविधादेखि बिमामा पनि ट्रेकिङ एजेन्सीले ठग्ने गरेका हुन् । पर्वतारोहणका लागि पाँच हजार मिटरसम्म पुुग्ने कामदारलाई अनिवार्य जीवन बिमा गरी ३० किलोग्रामसम्म मात्र भारी बोकाउनुुपर्ने कानुनी व्यवस्था छ । मौसमअनुुसारका लत्ताकपडा, जुुत्तालगायत सामग्री दिनुुपर्ने व्यवस्थासमेत भए पनि कम्पनीले ठग्ने गरेको पाइएको छ ।
कम्पनीले अधिकांश भरियालाई बिमा नगरी भारी बोकाएर हिमाल लैजाने गरेका छन् । कानुुन भए पनि नियमन नहुुँदा एजेन्सीले आफूखुुसी भरिया प्रयोग गरी ठग्ने गरेको सोलुखुम्बुको छेस्काम–३ का जयकुुमार कुुलुुङले बताए । सरकारी प्रतिनिधिका रूपमा खटाइएका सम्पर्क अधिकृतले नै सहयोग नगर्ने उनको भनाइ छ । उनका अनुसार भरियालाई होटलमा बास नदिने, दैनिक ज्याला तोकिएभन्दा कम दिने, तोकिएअनुुसार लत्ताकपडालगायत सामग्री नदिनेजस्ता समस्या छन् । सम्पर्क अधिकृत आधारशिविरसम्म नपुुग्ने र पुगिहाले पनि भरियाको पक्षमा अनुुगमन नगर्ने उनले आरोप लगाए ।
पर्यटन विभागले यस वर्ष तीन सय ५० जनाभन्दा बढी सम्पर्क अधिकृत खुुम्बुु क्षेत्रमा खटाएको थियो । त्यस क्षेत्रमा न्यून संख्यामा मात्र पुुगेका उनीहरूले भरिया ठगीको विषयमा उजुुरी गर्दा पनि एजेन्सीकै पक्षमा कुुरा गर्ने गरेको सोलुुका सजित कुुलुुङले बताए । सोलुुखुुम्बुुकै बुुङका ज्ञानुु बस्नेतले लुुक्लादेखि सगरमाथा आधारशिविर भारी लिएर हिँडेका भरिया शोषणमा परेको भन्दै सुुधार गर्न माग गरे ।
अधिकांश भरिया बिमाका साथै कति भारी बोक्नुुपर्ने अनि सेवा–सुुविधा के पाउने भन्ने जानकार नभएको पाइएको छ । विभागका प्रवक्ता दुुर्गादत्त ढकालले भने यस विषयमा उजुुरी नआएको उल्लेख गर्दै नियमन पनि नभएको स्वीकार गरे । उजुरी आए कडाइका साथ अनुुगमन गरी एजेन्सीलाई कारबाही गरिने उनको भनाइ छ ।