फ्रेमभित्र दक्षिण एसियाको यौन व्यापार

फ्रेमभित्र दक्षिण एसियाको यौन व्यापार

काठमाडौं : नेपालको एउटा सानो गाउँमा बसोबास गर्ने १५ वर्षीया सीता विस्थापित युवती हुन् । २०७२ सालको विनाशकारी भूकम्पले उनको गाउँ ध्वस्त बनायो । त्यसपछि उनी अनायासै देहव्यापारमा फसिन् । किनकि भूकम्पपछि उनको गाउँ मानव तस्करको अखडा बन्न पुग्यो । त्यही जालोमा फसिन् सीता पनि । उता डेब्बी १५ वर्षकी अमेरिकी नागरिक हुन् । सीताजस्तै उनी पनि देहव्यापारमा लागेकी युवती हुन् । बिहान ५ बजेदेखि उनको काम सुरु हुन्छ ओकल्यान्ड सडकमा । साढे ५ बजेसम्म त उनले सडक वा इन्टरनेटमार्फत ग्राहक खोजिसकेकी हुन्छिन् । भोलिपल्ट साढे २ बजेसम्म उनी ग्राहकसँग हुन्छिन् । विभिन्न प्रलोभनमा पारेर वा झुक्याएर यौन व्यवसायमा फसाइएकी अमेरिकी युवतीमध्ये उनी एक प्रतिनिधि पात्र हुन् ।

सीता र डेब्बीजस्तै यौनव्यवसायमा लागेका सयौं युवतीको कथा चित्रण गरिएका तस्बिर पाटन म्युजियममा प्रदर्शनीमा राखिएको थियो । गरिबीको चपेटामा परेर यौन व्यवसायमा लाग्न बाध्य युवतीको चित्रण तस्बिरमा देखिन्थ्यो । सिद्धार्थ आर्ट फाउन्डेसन र अमेरिकी दूतावासको सहयोगमा चलेको 'सत्य कथामा आधारित' फोटो प्रदर्शनीमा यौनअत्याचार, यौनशोषण र लैंगिक हिंसाको जोखिममा परेकाको आवाज प्रस्तुत गरिएको थियो । जुलाई १३ देखि सुरु भएको प्रदर्शनी जुलाई ३१ मा सम्पन्न गरिएको हो । प्रदर्शनीमा खासगरी दक्षिण एसियाली मुलुकमा देखिएका देहव्यापारका यथार्थ कथा चित्रण गरिएको थियो ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठका अवसरमा प्रदर्शनी आयोजना गरिएको हो । 'जुलाई' महिनालाई मानव बेचबिखनविरुद्धको महिनाका रूपमा लिइने भएकाले यही महिनामा प्रदर्शनी गरिएको आयोजकको भनाइ छ । यौनशोषण र वेश्यावृत्तिका बारेमा चेतना फैलाउन र त्यसमा कमी ल्याउने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको क्युरेजर रान्डी रोजेनवर्गले बताइन् ।

हजुरआमा उमेरका महिलाले कोठी चलाएको र नातिनी उमरेका किशोरी वेश्यालयमा रहन बाध्य भएको तस्बिरमा झल्किन्थ्यो । दक्षिण एसियाका गरिबी र विभिन्न समस्याले यौन व्यापारमा लाग्न बाध्य भएकाहरूको कथा तस्बिरमा उतारिएको थियो । 

प्रदर्शनीमा अमेरिकालगायत अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त फोटोग्राफर एवं कलाकारले शोषण र सशक्तीकरण विषयमा आधारित तस्बिर समावेश गरिएका थिए । सानै उमेरमा यौनव्यवसायमा लाग्न बाध्य बनाइएका किशोरीको तस्बिर देख्दा धेरैको मन खिन्न भएको थियो । वेश्यालयमा बेचिएपछि आमा बनिसकेका युवतीहरूको बिचल्ली मन छुने थियो । कुनै तस्बिरमा मानव तस्कर गर्ने गिरोह समातिएका थिए । फ्रेममा राजन नामका तस्कर हनुमानढोकामा हत्कडी लगाएर उभिइरहेका देखिएका थिए ।

उनका सामु जमुना र ज्योति मुन्टो लुकाएर बसेका तस्बिर देखिन्थ्यो । यी दिदीबहिनीलाई राजनले एउटै वेश्यालय पुर्‍याएका थिए । राजनले सुरुमा जमुनालाई बेचेका थिए भने त्यसपछि ज्योतीलाई । उनीहरूलाई मुम्बईको वेश्यालयबाट उद्धार गरिएको थियो ।

तस्बिरमा परिवार पाल्न बाध्य भएर देहव्यापारमा लागेका १८ वर्षीया संगीता र विमलाको कथा पनि प्रस्तुत गरिएको थियो । वादी समुदायका उनीहरू गरिबीका कारण देहव्यापारमा लाग्ने प्रतिनिधि पात्र हुन् । वादी महिला परम्परादेखि यौनव्यवसायमा लागेको भन्ने गतल बुझाइ छ । विशेषगरी निम्न वर्गका र प्रायः आदिवासी समुदायका युवती नचाहेर वेश्यालयमा पुग्न बाध्य भएको हितमान गुरुङले बताए ।

भारत, पाकिस्तान, बंगलादेशलगायत विभिन्न मुलुकका वेश्यालयमा लिइएका तस्बिर अझ दर्दनाक देखिन्थ्यो । हजुरआमा उमेरका महिलाले कोठी चलाएको र नातिनी उमरेका किशोरी वेश्यालयमा रहन बाध्य भएको तस्बिरमा झल्किन्थ्यो । दक्षिण एसियाका गरिबी र विभिन्न समस्याले यौन व्यापारमा लाग्न बाध्य भएकाहरूको कथा तस्बिरमा उतारिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.