कसरी पाउँने मदिराबाट मुक्ति ?

कसरी पाउँने मदिराबाट मुक्ति ?

मदिरा अर्थात् रक्सी प्राचीन कालदेखि नै कुनै न कुनै रूपमा प्रयोग हुँदै आएको छ । पेनकिलरको उत्पादन हुनुभन्दा पहिला मदिरालाई दुःखाइ कम गर्ने औषधिको रूपमा प्रयोग गरिन्थ्यो । तर, हिजोआज मदिरा नशाका लागि सेवन गरिन्छ । मदिरा (अल्कोहल) यस्तो लागूपदार्थ हो, जसले मानिसलाई यसरी मोहनी लगाउँछ कि यसको लतमा परेपछि निस्कन निकै गाह्रो हुन्छ । मदिराकै करण मानिसको जीवन कष्टकर हुन्छ, मदिराप्रतिको निर्भरता नहटेको खण्डमा अल्पायुमै जीवन समाप्त हुन्छ ।

के हो मदिरा

Om-Baniyaरक्सी एक किसिमको नशालु पेय पदार्थ हो, जसमा इथिनोल हुन्छ । सामान्यतया रक्सीलाई अल्कोहलको प्रतिशतका आधारमा तीन भागमा बाँडिएको छ—ः बियर, वाइन तथा स्प्रिट । बियरलाई पनि अल्कोहलको प्रतिशतका आधारमा तीन भागमा बाँडिएको छ— साधारण बियर (३ प्रतिशत अल्कोहल), कडा बियर (५.५ प्रतिशत अल्कोहल) तथा अत्याधिक कडा बियर (७ प्रतिशत अल्कोहल) । त्यसैगरी वाइन पनि दुई प्रकारका हुन्छन्—टेबुल वाइन (८ देखि १० प्रतिशत अल्कोहल), फोर्टिफाइड वाइन (१३ देखि १६ प्रतिशत अल्कोहल) । स्प्रिट— यसअन्तर्गत रम, ह्विस्की, जिन, भोड्का तथा ब्रान्डी आदि पर्छन् । यसमा अल्कोहलको मात्र ४० देखि ४५ प्रतिशत हुन्छ ।

रक्सी र नेपाली समाज

नेपालमा अत्यधिक प्रयोग हुने लागूपदार्थ रक्सी हो । महिलाहरूले बढी प्रयोग गर्ने लागूपदार्थ पनि रक्सी नै हो । एक अध्ययनका अनुसार नेपालमा मदिरा सेवन गर्ने मानिस १८ देखि ३० वर्ष उमेर समूहमा ८० प्रतिशत छन् भने १५ देखि ६० वर्ष उमेर समूहमा झन्डै ६७ प्रतिशत छन् । नेपालमा सामाजिक परम्परागत र नियमित सेवन प्रवृत्तिका साथै चार्डपर्व, रीतिरिवाज तथा उत्सवहरूमा मद्यपान गर्ने फेसन निकै बढेको छ । दसैंतिहार, होली, विवाहभोज तथा नयाँ वर्षहरूमा व्यापक रूपमा मदिरा सेवन हुने गरेको देखिन्छ । कतिपय मानिस दुःख, पीर, तनाव तथा पारिवारिक झमेला भुलाउन रक्सी पिउने गर्छन् ।

कोहीचाहिँ समाजमा भिज्न तथा साथीभाइसँग आफ्नो हैसियत बनाउन रक्सी खानुपर्छ भन्ने भ्रममा हुन्छन् । कतिपय समुदायमा त जन्ममृत्यु तथा विवाह आदिमा समेत मदिरा अपरिहार्य हुन्छ । ग्रामीण भेगका महिलाहरू छ्याङ, तोङ्बा तथा जाँडलाई दूदमहीसरह पिउने गर्छन् । नेपाली समाजका अधिकांश युवती ब्वाइफ्रेन्डका करकापले मदिराको मोहनीमा फसेका हुन्छन् । कतिपय जातजातिलाई संस्कारले नै रक्सी पिउन छुट दिएको छ । जाँडरक्सीलाई सामान्य रूपमा लिएर बच्चैदेखि सेवन गराउने समुदायहरू पनि छन् नेपालमा । अधिकांश देशमा झैं नेपालमा पनि जाँडरक्सीको बिक्रीवितरणमा छुट छ ।

रक्सीले के गर्छ
- इनटक्सिकेसनको समस्या ।
-रगतमा ४०० मिलिग्राम प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा छ भने मानिसको मृत्यु हुन सक्छ ।
-पेटका रोगहरू गैसट्राइटिस, पेप्टिक अल्सर तथा पैंक्रियाटाइटिस ।
- उच्च रक्तचाप ।
-कारडियक मायापैथी तथा मस्तिष्काघात ।
-फोक्सो तथा मुटुका रोगहरू ।
-नभएको वस्तु देख्ने ।
-कानमा आवाज आउने ।
-चिन्ता रोग तथा डिप्रेसन ।
- ८० प्रतिशत रक्सी दुर्व्यसनीमा डिप्रेसन देखा पर्छ ।
- लिंग उत्तेजनामा कमी तथा शीघ्रपतन ।
- रक्सी सेवन गर्ने महिलाको बच्चामा शारीरिक तथा मानसिक समस्या देखिन्छ ।

नेपालका अधिकांश मदिरा सेवनकर्ता मदिराको सेवनले गर्ने असरबारे अनभिज्ञ छन् । तर, स्वास्थ्य पत्रिका ल्यान्सेटमा प्रकाशित एक शोधका अनुसार स्वास्थ्यका लागि रक्सी होरोइनभन्दा पनि हानिकारक हुन्छ ।

शरीरमा प्रभाव

गिलास वा बोतलको रक्सी मुखमा लगाएपछि सोझै पेटमा पुग्छ । पेटबाट सोसिएपछि यो रगतमा मिसिन्छ र शरीरका सबै अंगप्रत्यंगमा पुग्छ । रगतमा अल्कोहलको मात्रा जतिजति बढ्दै जान्छ, त्यतित्यति नै यसले दिमाग र स्नायुप्रणालीलाई नकारात्मक प्रभाव पार्दैै जान्छ । रक्सीले सबैभन्दा पहिला असर पार्ने अंग दिमाग हो र त्यसपछि मुटु र कलेजो हुन् । रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने हुन्छ । लगातार काम गरिरहनु पर्नाले कलोजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ, कलेजो नष्ट हुँदै जान्छ अनि लिभर सिरोसिस तथा लिभर फेलिएर पुन पुग्छ ।

स्वास्थ्य समस्या

रक्सी सेवन गर्नाले अनेक प्रकारका शारीरिक तथा मानसिक स्वास्थ्य समस्या देखा पर्न सक्छन् । जस्तै— इनटक्सिकेसनको समस्या । रगतमा चार सय मिलिग्राम प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा छ भने मानिसको मृत्यु हुनसक्छ । पेटका रोगहरू गैसट्राइटिस, पेप्टिक अल्सर तथा पैंक्रियाटाइटिस । उच्च रक्तचाप । कारडियक मायापैथी तथा मस्तिष्काघात । फोक्सो तथा मुटुका रोगहरू ।

नभएको वस्तु देख्ने । कानमा आवाज आउने । चिन्ता रोग तथा डिप्रेसन । ८० प्रतिशत रक्सी दुर्व्यसनीमा डिप्रेसन देखा पर्छ । लिंग उत्तेजनामा कमी तथा शीघ्रपतनजस्ता यौन समस्या । रक्सी सेवन गर्ने महिलाको बच्चामा शारीरिक तथा मानसिक समस्या देखिन्छ । रक्सीका कारण शरीरमा भिटामिन बी, ए, डी, ई, तथा फोलेट आदिको कमी हुन जान्छ । रक्सीले अल्कोहलिक हेपाटाइटिस, लिभर सिरोसिस तथा क्यान्सर हुन्छ ।

रक्सी र कलेजो

बुटवलका वरिष्ठ चिकित्सक डा. एलडी भट्टका अनुसार बढी रक्सीले बढी प्रभाव पार्ने अंग भनेको मस्तिष्क, पेट र कलेजो हो । नेपाललगायत विश्वका धेरै देशमा कलेजोको रोग, लिभर सिरोसिस हुनुको प्रमुख कारण पनि अनियन्त्रित रक्सी सेवन नै हो । नियमित रक्सी पिउनाले कलेजोमा बोसो जम्न थाल्छ । कलेजोमा बोसो जमेसँगै कलेजो सुनिँदै जान्छ । यस अवस्थामा जन्डिस देखा पर्न सक्छ । यसलाई अल्कोहोलिक हेपाटाइटिस भनिन्छ । अल्कोहोलिक हेपाटाइटिस भई बिरामी बाँचेको खण्डमा र रक्सी सेवन गरिरहेको खण्डमा लिभर सिरोसिस हुन्छ ।

डा. भट्टका अनुसार लिभर सिरोसिस हुने अर्को कारण भाइरल हेपाटाइटिस पनि हो । यसको अलावा अटोइम्युन हेपाटाइटिस, प्राइमरी बिलियरी सिरोसिस तथा विलसन डिजिज आदिले पनि लिभर सिरोसिस बनाउँछ । रक्सी सेवन नगर्ने तर बढी बोसोजन्य पदार्थ सेवन गर्ने तथा व्यायाम आदि शारीरिक कार्यहरू नगर्नाले पनि कलेजोमा बोसो जम्नसक्छ ।

रक्सी र मुटु रोग

गौतमबुद्ध मुटु अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समीर गौतमका अनुसार यसको अनियन्त्रित र अत्यधिक सेवनले कलेजोको रोग, मानसिक रोग, मुटुको रोग, क्यान्सर, दुर्घटना तथा आत्महत्याहरू हुन सक्छन् । तर ठीक मात्रामा रक्सी सेवन गर्नाले मुटुलाई केही फाइदा पनि गर्नसक्छ । जस्तो कि रगतमा राम्रो कोलोस्ट्राललाई बढाउँछ, जसले गर्दा हृदयाघात हुने सम्भावना कम हुन्छ ।

रगत जम्ने प्रवृत्ति कम गर्छ । यसका कारण हृदयाघात, एन्जाइना आदिलाई घटाउँछ । ठीक मात्रा भन्नाले दैनिक एक बोतल बियर अथवा २५० एमएल वाइन अथवा ६० एमएल हार्डड्रिंक्सलाई जनाउँछ, यो मात्रा ३० देखि ६५ वर्षसम्मका पुरुषका लागि हो । महिला तथा ६५ वर्ष नाघेका पुरुषका हकमा भने यसको आधा ठीक मात्रा हो ।

डा. गौतमका अनुसार अत्यधिक रक्सी सेवन गर्नाले रक्सीबाट मुटुलाई निकै बेफाइदा पुग्नसक्छ । रक्तचाप बढ्ने, मतिष्काघात, मुटु सुन्निने, मुटुको धड्कनमा गडबडी उत्पन्न हुने र मुटुले राम्रोसँग पम्प गर्न नसक्ने अवस्था पैदा हुनसक्छ । गर्भवती महिलाले रक्सी सेवन गरेको खण्डमा विकृत मुटु भएको बच्चा जन्मनसक्छ । अतः गर्भवती महिलाले, कलेजोको रोग, मधुमेह, उच्च रक्तचाप, ट्राईग्लाइसेराइड, बाथ मुटुको रोग, मुटु सुन्निने रोग, जन्मजात मुटुको रोग, मुटुको धड्कन गडबडी, युरिक एसिड, अल्सर तथा मिर्गौलाका रोगीले रक्सी पिउनु अत्यन्तै हानिकारक हुन्छ ।

रक्सी र मानसिक रोग

चौतारी हेल्थ फाउन्डेसनका अध्यक्ष तथा वरिष्ठ मनोरोग विशेषज्ञ डा. मनोज ढुंगानाका अनुसार मदिराले मानिसको मस्तिष्कमा चौतर्फी प्रभाव पार्छ । मस्तिष्कलाई असर गर्न थालेपछि मस्तिष्कको कुनै भाग सुक्छ, कुनै भाग फुक्छ र मस्तिष्कको बनावट नै बदलिन्छ । यस्तो समस्यालाई अल्कोहोलिक इन्फालोपैथी भनिन्छ । यस्तो अवस्थामा मानिसको स्मरणशक्ति नष्ट हुने, सोच्न नसक्ने, पागलपनजस्तै हुने गर्छ । मदिराको सेवनबाट पैदा हुने यस्तो गम्भीर रोगलाई कोर्साकोफ्स साइकोसिस भनिन्छ । यस्तो अवस्थामा छारेरोगको लक्षण पनि देखा पर्न सक्छ ।

डा. ढुंगाना भन्छन्, ‘मदिरा दुव्र्यसनमा मदिरा खान बन्द गर्दा अनेक विथड्रल लक्षणहरू देखा पर्छन् । सुरुको अवस्थामा निद्रा नलाग्ने, टाउको दुख्ने, हात काँप्ने, पसिना आउने तथा चिडचिडापन हुनसक्छ । गम्भीर अवस्थामा नभएको कुरा देख्ने, सुन्ने, उत्तेजित र आक्रामक हुने, बर्बराउने तथा छारे रोगका रोगीझैं मुर्छा पर्ने हुन्छ ।’

उपचार

मनोचिकित्सक डा. मनोज ढुंगाना भन्छन्, ‘मदिरा निर्भरता एक मानसिक रोग भएकाले यसको उपचार आवश्यक छ । मानिसलाई मदिराको मोहनीबाट मुक्त गर्न गाह्रो भए पनि असम्भव छैन । मदिराबाट मुक्तिका लागि सन् १९३५ मा अमेरिकामा स्थापित एए (अल्कोहोलिक एनोनिमस)को १२ सूत्रीय कार्यक्रमको निकै प्रभावकारी छ । तर, यो कार्यक्रम सबैका लागि उपयुक्त नहुन सक्छ । औषधिका साथै मनोवैज्ञानिक उपचारद्वारा नै यस रोगबाट मुक्त हुन सकिन्छ ।’

हिजोआज मदिरा दुर्व्यसनीको उपचार र पुनस्र्थापनाका लागि विभिन्न उपचार पद्धतिहरू अपनाइएको पाइन्छ । प्रमुख उपचार पद्धतिहरू यसप्रकार छन् ः जस्तै— औषधिद्वारा उपचार । मनोवैज्ञानिक उपचार— यसमा बाचचित, परामर्श, रिलेक्सेसन, एक्सरसाइज, डिएन्जिटाइजेसन, ऐवर्जन थेरापी, ग्रुप थेरापी आदि । कग्निटिभ बिहाभियर थेरापी । मदिरा दुर्व्यसनीको उपचार र पुनस्र्थापनाका लागि औषधिभन्दा पनि मनोशैक्षिक उपचार बढी प्रभावकारी हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.