योग अभ्यास' मनोरोग निरोध

योग अभ्यास' मनोरोग निरोध

नेपालमा हिजोआज योगको चर्चा र योग कक्षाहरू धेरै सञ्चालनमा आएको पाइन्छ । यो सकारात्मक कदम हो । यस कार्यले के पुष्टि गराउँछ भने मानिसमा स्वास्थ्य सचेतना बढेको छ र योग अभ्यासप्रति सकारात्मक विश्वास बढेको छ । हुन त कतिपय मानिस योग कक्षामा जानुको उद्देश्य मानिससँग भेटघाट गर्न र आफू पनि योग गर्दैछु भन्ने सन्देश दिनलाई मात्र हो भन्ने पनि गएको पाइन्छ । यस्तो सोचाइले भने खासै स्वास्थ्यलाई फाइदा पुर्‍याउँदैन । योगको यथार्थता र महत्वलाई नबुझी नक्कल र देखावटी योग ध्यानले स्वास्थ्यलाई हानि पनि पुर्‍याउन सक्छ ।

योग के हो ?

मन र मस्तिष्कलाई अथवा सोच, विचार र व्यवहारलाई नियमन गर्ने र नियन्त्रण गर्ने कार्य योग हो । मानिसका संवेदी अंगहरू अत्यन्त चञ्चल हुन्छन् । ती सक्रिय हुँदा एकाग्रता, ध्यान र व्यवहारबीच तालमेल मिल्दैनन् अथवा असन्तुलित हुन्छन् । यस अवस्थामा मानिसको सोच एकातिर हुन्छ व्यवहार अर्कै हुन सक्छ । त्यसको परिणाम सोचेजस्तो नभई दुःख र कष्टप्रद हुन सक्छ । परिस्थिति अनुकूलन व्यवहारमा त्रुटि आउँदा शारीरिक र मानसिक कष्ट झेल्नुपर्ने हुन्छ । यस्ता कष्टलाई योग ध्यानबाट व्यवस्थित गर्न सकिन्छ ।

Dr-Ganga-pathakयोग भनेको समाधि हो । मनका विकारहरूलाई पसिनामार्फत, अंग प्रत्यंगको अभ्यासबाट श्वासप्रश्वास क्रियाबाट बाहिर फ्याकिन्छ । मनमस्तिष्कलाई शुद्धि एवं सकारात्मक बनाइन्छ । चित्तको वृत्ति अथवा अस्थिर एवं चञ्चल मन र त्यसबाट जन्मन सक्ने नकारात्मक एवं दुःखद् सोचलाई संयम एवं धैर्य बनाउने कला नै योग हो ? मानिसका सूक्ष्म एवं मनोवैज्ञानिक समस्यालाई योग अभ्यास र ध्यानमार्फत अकल्पनीय फाइदा प्राप्त गर्न सक्ने उदाहरणहरू प्रशस्त पाइन्छ ।

योग मनोविज्ञान र मानसिक समस्या

हिजोआज हाम्रो समाज आधुनिकतातिर बढेको छ । गलत खानपान रहनसहन, फास्ट र तयारी खानेकुरा अथवा जंक फुडले मानिसलाई अस्वस्थतातिर धकेलेको छ । अस्वस्थ प्रतिस्पर्धा र अरूको देखासिकीले पनि निकै रोगी बनाएको छ । युवा पुस्ता लागूपदार्थ एवं अन्य नसामा दुर्व्यसनी बढ्दै जाने क्रम बढेको छ ।

मानसिक रूपले हरेक मानिस कमजोर बन्दै छन् । परिस्थितिसँग जुध्नुभन्दा पन्छाउने अथवा परिस्थितिबाट भाग्न खोज्ने गर्छन् । जसले गर्दा धेरै प्रतिशत व्यक्ति कुनै न कुनै किसिमका मानसिक रोगबाट ग्रस्त हुने गरेको पाइन्छ ।

विद्युतीय सामग्रीको उपयोग भन्दा दुरुपयोगले केटाकेटीदेखि वयष्कसम्म रोगी बढेको पाइन्छ । परिवारका सदस्यबीच प्रेमभाव र सहयोगभन्दा आरोप प्रत्यारोप, ईष्र्या र व्यक्तिवादी हानि हुँदै गएको छ । इच्छा आकांक्षा, अहंकार र भ्रमजस्ता नकारात्मक प्रवृत्तिले जरो गाड्दै छ । यस्तो स्थितिमा मानसिक रूपले हरेक मानिस कमजोर बन्दै छन् । परिस्थितिसँग जुध्नुभन्दा पन्छाउने अथवा परिस्थितिबाट भाग्न खोज्ने गर्छन् । जसले गर्दा धेरै प्रतिशत व्यक्ति कुनै न कुनै किसिमका मानसिक रोगबाट ग्रस्त हुने गरेको पाइन्छ ।

मानसिक रोगको पहिचान गर्न नसक्दा अथवा ढिलो हुँदा समस्याले शारीरिक एवं मानसिक रूपमा मानिसलाई कमजोर बनाउँछ । डराउने, चिन्ता लिने, उदास बन्ने, छटपटी चल्ने, आत्मबल कमजोर हुने, शंकाउपशंका नकारात्मक सोच र मर्छु कि भन्ने भयले मानिसलाई चिन्तित बनाउँछ । यी लक्षण मानसिक रोगका हुन् र मनोचिकित्सकको औषधि नचाहँदा नचाहँदै पनि खान बाध्य हुन्छन् ।

औषधिको विकल्प खोज्ने क्रममा कतिपय योग अभ्यास र ध्यान केन्द्रमा पुग्ने गर्छन् । तर मानसिक रोगले मानिसको शक्ति क्षीण गराउने, अल्छी लाग्ने, निद्रा गडबडी हुँदा सुस्त र आलस्य हुने योग अभ्यास नै गर्न मन नलाग्ने हुन्छन् । यो मनोविज्ञानलाई बुझेर हौसला बाँध्दै, सकारात्मक सोच विकास गराउँदै व्यक्तिको क्षमता र अवस्थालाई ध्यानमा राखेर अत्यावश्यक योग अभ्यास र ध्यान क्रियासँग मनोपरामर्श दिँदा अपेक्षा गरेअनुसार परिवर्तनहरू पाउन सकिन्छ । यसको लागि योग ध्यान विज्ञानलाई राम्ररी बुझेको र मनोविज्ञान पढ्न र मनोपरामर्श दिन सक्ने दक्ष व्यक्तिको खाँचो पर्छ।

नेपालमा भने धेरैजसो सात दिन दस दिनका तालिम प्राप्त प्रशिक्षक हुन्छन् भने कोही गोरखपुर, भारतमा गई दुई महिनाको तालिम लिएका प्राकृतिक चिकित्सा एवं योग डाक्टरको रूपमा विशेषज्ञ बनेको पाइन्छ । त्यसैगरी कतिपयले गुगल हेरेर सिकेर यस्ता कक्षाहरू सञ्चालन गरेको पनि पाइन्छ।

तसर्थ योगअभ्यास र ध्यानक्रियाको कक्षा सञ्चालन गर्नु अगाडि व्यक्तिको मनोविज्ञान बुझी सोही अनुरूप कमी कमजोरीलाई सकारात्मक ऊर्जाबाट परिवर्तन गर्न सकेमा त्यसले अपेक्षा गरेभन्दा पनि चाँडै सकारात्मक मानिसको इच्छा अनन्त हुन्छन्, आरामदायी एवं परिवर्तन विलासित जीवन प्राप्तिको चाहना र चरम तृप्तताको मोहमा डुब्न खोज्दा आफ्नो चाहना गुमाउने स्थिति आउन सक्छ । यसबेला मानिसका लालसा, अभिलाषा, कुभाव र गलत संस्कारले शारीरिक एवं मानसिक रोग उत्पन्न गराउँछ।

भनिन्छ, झन्डै ९० प्रतिशत मनोरोग मानिसको दुर्वलताको कारणबाट हुन्छ । यस्तो दुर्वलता हटाउन मनोरोग निरोधक शक्ति योग, ध्यान र मनोपरामर्शबाट मात्र सम्भव छ । योगका आठ अंग छन् । यम, नियम, आसन, प्राणायाम र प्रत्याहार शरीर शोधन क्रिया हो जसलाई बहिरंग भनिन्छ भने धारणा, ध्यान, समाधि अन्तष्करण शुद्धि गर्ने क्रिया भएकोले यसलाई आत्मदर्शन भनिन्छ । आत्मदर्शनमा मनोपरामर्शलाई जोड्न सके आत्मज्ञान अथवा आत्मज्योति प्राप्त हुन्छ ।

यस्तो ज्ञान अथवा ज्योतिले व्यक्तिलाई समस्यासँग लड्न सक्ने शक्ति प्रदान गर्दछ । तसर्थ योग मनोविज्ञानले मानिसलाई मनको शान्ति दिन्छ, आफ्नो चिन्तका विकारहरूलाई स्पष्ट रूपमा केलाउने, बुझ्न र अनावश्यक कुरालाई फ्याकेर जीवनलाई व्यवस्थित बनाउन मद्दत गर्दछ । यो सत्यलाई बुझी योग मनोविज्ञानको गरिमालाई योग कक्षा चलाउनेहरूले कायम राख्न सके धेरै मनोरोगीहरूलाई पुनर्जीवन दिन सक्नेछ । हाम्रो घरपरिवार समाज र देश स्वस्थ हुन सक्नेछ ।
-लेखक त्रिचन्द्र कलेज, मनोविज्ञान विभागकी प्राध्यापक हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.