परिवर्तनको पालो पुरुषको

परिवर्तनको पालो पुरुषको

समाज शक्ति सम्बन्धले सञ्चालित छ । त्यो शक्ति समाजका महिला, पुरुष, धनी, गरिब, नोकर, मालिक, सामन्त, दासको सम्बन्धमा नै निहित छ । शक्ति जहाँ सन्तुलित छ त्यहाँ न्याय र समानताको अवस्था राम्रो छ । जहाँ यसको खाडल गहिरो छ, त्यहाँ समस्याका चाङ, असमझदारीका थुप्रा छन्, त्यहाँ गरिबी छ, असमानता छ, अन्याय व्याप्त छ । त्यसैले अविकसित समाजको सामाजिक मनोविज्ञान ठूलो बन्नुमा छ, समान बन्नुमा होइन । जबकि समानताविना समाज विकास सम्भव छैन ।

शक्ति हुनेले शक्तिहीनलाई दमन, अन्याय, अत्याचार गर्ने र अप्ठ्यारोमा पार्ने शदीयौंदेखि समाजमा व्याप्त प्रवृत्ति हो । हाम्रो समाज वर्गीय रूपमा विभाजित छ । आर्थिक रूपमा वर्गको निर्माण गरी समाज वर्गीकरण हुने समाजमा सबैभन्दा धेरै अन्याय, अत्याचार, शोषणको गुन्जायस रहेको हुन्छ ।
हाम्रो समाजमा सीमान्तकृतहरूको स्थितिलाई वर्गीय दृष्टिकोणबाट विश्लेषण गर्दै वर्गीय विभेद अन्त्य नगर्दासम्म समतामूलक समाज स्थापना हुन सक्दैन । अहिलेको शक्ति पुरुषसंग छ, महिला शक्तिहीन छन् । अब महिला पनि शक्ति सम्पन्न हुनको लागि आपूmसँग भएको कमी शक्ति आर्जन गर्ने दिशामा मोडिनुपर्छ भने पुरुषको मान सिक्दा परिवर्तन गराउने विषय पनि उत्तिकै महत्वपूर्ण छ ।

महिला पनि केही समययता विविध ढंगले अगाडि आएका छन्, तर यो अवस्थासम्म आइपुग्न उनीहरूको पारिवारिक अवस्थादेखि, समाजसँग अनेक संघर्ष गरेर आएका छन् । महिलाले आपूmलाई परिवर्तन गर्दै आफ्ना सबै जिम्मेवारी र कर्तव्य पूरा गर्दै, आफ्ना सबै भूमिका निर्वाह गर्दै अस्तित्वको लडाइँ लडिरहेकै छन् ।

अब पालो पुरुष परिवर्तनको हो । पुरुष परिवर्तन हुने समय कहिले आउँछ ? के पुरुष कहिल्यै परिवर्तन हुनुपर्दैन । जहिले बौद्धिक विलास र महिलाकै आडमा शक्तिवान् बन्ने दिवास्वप्नमै हराउने हो ? के पुरुषको घर, परिवार, छोराछोरीप्रतिको आर्थिक जिम्मेवारी मात्रै हो ? अब महिलाहरू धेरै अघि आइसके, अबको पालो पुरुष परिवर्तनको त्यो व्यवहारिक परिवर्तनको । आज देशमा थुप्रै संघ÷संस्था महिलाको लागि कार्यक्रम सञ्चालन गरिरहेका छन् ती कार्यक्रमको मोडेल र ढाँचामा पनि परिवर्तन ल्याउन जरुरी छ । किनकि महिलाको मुद्दा, महिलासँग मात्र सम्बन्धित हुँदैन।

यो त त्यही शक्तिसँग सम्बन्धित छ, जुन शक्तिले महिलाको स्वतन्त्रता खोसेको छ, त्यसैले परिवर्तन त त्यो शक्तिको व्यावहारिक परिवर्तनको हो । त्यो शक्ति भनेको पितृसत्ता हो, पितृसत्ताको एउटा स्वरूप भनेको पुरुष मानसिकता हो ।

राजनीति फेसनको लागि हो भने यसमा भन्नु केही रहेन, तर परिवर्तनको लागि हो भने परिवार, विवाह र त्यसपछिको सम्बन्धले समाजमा पारेको प्रभाव वा शक्ति सम्बन्धमा आएको फेरबदलको विश्लेषण आवश्यक छ ।

केही दिन पहिले एकजना आफूलाई बौद्धिक भन्ने भद्रभलाद्मी गफिँदै थिए, महिलाका शत्रु महिला नै हुन् । यो समाजमा पुरुषका शत्रु पुरुष छैनन् ? कि पुरुषहरू समाजमा सधैं सबैसँग मिलेर बसेका छन् । पुरुष 'इगो' कै कारण समाजमा मारकाट हिंसा, बलात्कारले सिकार भएको समाजले कसरी बिर्सन सक्छ ? दिनैपिच्छे बालिका बलात्कारजस्ता जघन्य अपराध यो समाजमा कोबाट भएको छ ? आज हरेक महिलालाई आफ्नो जीवनमा विविध खालका हिंसाबाट पीडित बनाउने को हो ? अनि त्यही पुरुषको तर्क महिलाको शत्रु महिला नै हुन् भन्ने तर्क कति तर्कसंगत छ ।

शक्ति हुनेले शक्तिहीनलाई दमन गर्छ, शोषण गर्छ यो सर्वमान्य हो । यो सोच महिलामा हुँदैन भन्ने होइन तर यो समाजको मूल प्रवृत्ति के हो ? महिला र पुरुषको असमान शक्ति सम्बन्धले सामाजिक सांस्कृतिक, आर्थिक रूपमा महिलालाई पछाडि पारियो या महिलाका कारणले महिलालाई पछाडि पारियो ? दुईचारवटा घटनालाई मूल प्रवृत्ति बनाएर समाजमा व्याप्त पुरुषवादी चिन्तन पितृसत्ता जस्ता सामाजिक रूपमा रहेको विषालु चिन्तनलाई निस्तेज बनाउने यो पुरुषवादी चिन्तनकै उपज हो भनेर किन नभन्ने ?

यी सबै हुँदाहुँदै पनि महिलाहरू सामाजिक सन्तुलनका पक्षमा हुन् सामाजिक सद्भावसहितको सामाजिक व्यवस्था स्थापना गर्न चाहन्छन् । महिलाले पुरुषको स्थान खोस्न खोजेका होइनन् महिलाले त महिलाजस्तै भएर बाँच्न पाउने अधिकारको खोजी गरेका हुन् । अझ नेपाली महिलाले त स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारका लागि लडेका हुन् अब पालो पुरुष परिवर्तनको हो । कति संयम र सहनशील छन् महिला त्यसैले त यो समाज जस्तो भएको छ, बस्नलायक भएको छ ।

महिला चुलो, चौको, बालबच्चा, खेतीपातीदेखि संसद् हुनै राष्ट्रपतिसम्म परिवर्तन भएर देखाए, अब परिवर्तन पुरुषजातिको, अब पुरुषको पालो चुलोचौको र बालबच्चा स्याहारसम्भारको, त्यसमा सहभागिताको, त्यसमा साथको, मायाको, घरेलु श्रमको वर्गीकरण र त्यसमा सहभागिताको । अब तपाईं जतिसुकै बुद्धिमान हुनुहोस्, ठूलै पदमा विराजमान हुनुहोस्, तर महिलालाई थोपरीको ओभरलोडलाई व्यवहारमा सहयोगी बन्नुभएन भने पुरुषको मूल्यांकन अरू कुनै कसीले पनि मापन हुन सक्दैन ।

तपाईं सजायबिनाको अपराधी र दोषी भएर समाजमा सम्मानित हुन पाउने अधिकार तपाईंहरूलाई छैन त्यसैले घरको काममा मन लगाउनुहोस् अनि मात्र तपाईं योग्य, सक्षम र दक्ष पुरुष भनौंला होइन भने तपाईं मुखमा राम राम बगलीमा छुरावाला पुरुष नै हो । कतिपय पुरुष जो घरायसी काममा सहभागी भएर उदाहरणीय बन्नुभएको छ । उहाँहरूप्रति नमन छ, सम्मान छ ।

समाजशास्त्रले परिवार, विवाहजस्ता विषयलाई समाजको महत्वपूर्ण एकाइका रूपमा स्वीकार गर्दछ । यसको अर्थ, यसमा महिला-पुरुष दुवैको भूमिकालाई उत्तिकै गणना गरिएको छ । जब परिवारको महत्वलाई स्वीकार गरिन्छ भने त्यसभित्रको सम्बन्ध हरेक हिसाबले सुमधुर हुनुपर्छ । यसको परिणाम समाज विकासको क्रममा अनुभूत गर्ने, मापन गर्ने र त्यसको महत्व बढाउँदै लैजाने नै प्रमुख उद्देश्य हो ।

राजनीतिशास्त्रले राज्यको हरेक नागरिकको अधिकारलाई राज्यले संरक्षण गर्दै परिवार, विवाह, महिला पुरुष राज्यमा कानुनी रूपमा संलग्न छन् । यी सबै युनिटहरू समाज र राजनीतिसँग जोडिएको छ, त्यहाँको सम्बन्धको विश्लेषण आवश्यक छ कि छैन भन्ने बहस आवश्यक छ । राजनीति फेसनको लागि हो भने यसमा भन्नु केही रहेन, तर परिवर्तनको लागि हो भने परिवार, विवाह र त्यसपछिको सम्बन्धले समाजमा पारेको प्रभाव वा शक्ति सम्बन्धमा आएको फेरबदलको विश्लेषण आवश्यक छ ।

'जेन्डर' अध्ययनले ९० को दशकमा आएर पुरानो काम गर्ने शैलीलाई महिला सशक्तीकरणबाट, महिला-पुरुषको समविकासलाई जोड दिएको थियो । यो सिद्धान्त आपैmंमा सही र ठीक होला तर अबका मोडेल महिलाको सवालमा पुरुष परिवर्तन हुने मोडेलको आवश्यकता महसुस भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.