रुपन्देहीका दुई जनामा स्वायनफ्लुको संक्रमण

रुपन्देहीका दुई जनामा स्वायनफ्लुको संक्रमण

बुटवल: रुपन्देहीका दुई जना व्यक्तिमा स्वयनफ्लुको संक्रमण देखिएको छ । बुटवलका अस्पतालमा उपचार हुन नसकेर काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचारका लागि पुगेका उनीहरुमा फलु देखिएको हो ।

रुपन्देहीका जनस्वास्थ्य प्रमुख केयर सिंह गोदारले दु्ई जनामा सिजनल इन्फुएलेन्जाको जिवाणु भेटिएको बताए । ‘हामीले उनीहरुको बसोबास भएको क्षेत्र आसपासमा निगरानी ग¥यो तर अरुमा त्यस्तो लक्षण छैन’,उनले भने ।

जनस्वास्थ्य कार्यालयले उच्च ज्वरो सहित उपचारमा आउने बिरामीको निरन्तर निगरानी गरिएको जनाएको छ । रुपन्देहीका अस्पतालमा फ्लु परीक्षण गर्ने किट नहुदा बिरामीहरु काठमाण्डौं जान बाध्य छन् ।

लुम्बिनी अञ्चल अस्पतालमा अहिले ज्वरो आएर उपचारमा आउने विरामीको संख्या अत्याधिक बढेको सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए ।

जनस्वास्थ्य कार्यालयले उच्च ज्वरो, शरीर दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा चेकजाच गर्न आग्रह गरेको छ । ‘डराईहाल्नुपर्ने अवस्था त छैन, तर रोग प्रतिरोध क्षमता कम भएकाहरु सचेत हुनुपर्छ, जनस्वास्थ्य प्रमुख गोदारले भने–‘अन्य रोगका बिरामी, बृद्ध, गर्भवती, वालवालिकाहरुमा यो संक्रमण बढी हुन सक्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.