अनियमिता गरेको भन्दै २० चिकित्सक छानबिनमा तानिए

अनियमिता गरेको भन्दै २० चिकित्सक छानबिनमा तानिए

काठमाडौं : चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले मेडिकल कलेजहरूलाई सिट बढाउनेलगायत निर्णयमा संलग्न नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष, रजिस्ट्रार र सदस्यसहित २० जनालाई जाँचबुझका लागि बोलाउने निर्णय गरेको छ ।

आयोगको बिहीबार बसेको बैठकले काउन्सिलका पूर्वअध्यक्ष डा. दामोदर गजुरेल, पूर्वउपाध्यक्ष डा. एई अन्सारी र पूर्वसदस्य डा. अनिलकुमार झालाई बोलाउने निर्णय गरेको हो । त्यसैगरी, आयोगले पूर्वसदस्यहरू डा. अञ्जनीकुमार झा, डा. अंकुर शाह, डा. विश्वराज दवाडी, डा. देवनारायण शाह, डा. गणेश गुरुङ, डा. हीरेन्द्रमान प्रधान, डा. कुलदीप गोइत, डा. मनोहर प्रधान, डा.नरेन्द्रबहादुर राणा, डा. नीरज पन्त, डा. प्रकाश भट्टराई, डा. रमेशप्रसाद सिंह, डा.रोशन पिया, डा. सतीशकुमार देव, डा. शिवजी पौडेल, डा. सुदिन शाक्य र रजिस्ट्रार डा. नीलमणि उपाध्यायलाई पनि जाँचबुझका लागि बोलाएको छ ।

काउन्सिलले प्रत्येक वर्ष सेसन सुरु हुनुअगावै मेडिकल कलेजको निरीक्षण गरेर सिट निर्धारण गर्ने गरेको छ । काठमाडौं विश्वविद्यालयको २०७३ जेठ १५ मा भएको पोस्ट ग्र्याजुएट तहको प्रवेश परीक्षा अख्तियारबाट गएका विज्ञले प्रश्नपत्र छनोट गरी सञ्चालन गराउँदा मौन बसेको विषयमा बुझ्न डा. शशी शर्मा, डा. सुवोध अधिकारीलगायत आठ विशेषज्ञलाई उपस्थित हुन आयोगले निर्देशन दिएको छ । आयोगले डा. नीलमणि उपाध्याय, डा. ऋृषिकेशनारायण श्रेष्ठ, डा. सरोज श्रेष्ठ, डा. सुप्रभावत श्रेष्ठ, डा. हीरा तुलाधर र डा. प्रकाश डंगोललाई पनि बोलाएको छ ।

काउन्सिलका पूर्वपदाधिकारीले मेडिकल कलेजमा सिट बढाउनेलगायत कार्यमा अनियमितता गरेको देखिएकाले के कसो हो भनेर सोध्न बोलाएको दाबी ।

काठमाडौं विश्वविद्यालयले २०७३ जेठ १५ गते सञ्चालन गर्न लागेको एमडी, एमएसलगायत पोस्ट ग्र्याजुएट तहको प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट भयो भनी अख्तियारको टोली जेठ १३ गते नै छानबिनका लागि धुलिखेल पुगेको थियो । अख्तियारले लगेको यो विज्ञ समूहले १३ देखि १५ गतेसम्म विश्वविद्यालयको बन्द कोठामा बसी प्रश्नपत्र छनोट गरेर परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गराएको आयोगले जनाएको छ । काउन्सिलका पूर्वपदाधिकारीले मेडिकल कलेजमा सिट बढाउनेलगायत कार्यमा अनियमितता गरेको देखिएकाले के कसो हो भनेर सोध्न बोलाइएको आयोग अध्यक्ष गौरीबहादुर कार्कीले बताए ।

उनीहरूलाई आयोगमा बोलाएर कसरी सिट बढाएको, कोबाट निरीक्षण गराएको, प्रतिवेदन कस्तो आएको थियो भन्नेलगायत विषयमा जानकारी लिइने भएको छ । त्यसैगरी काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षा सञ्चालनमा अख्तियारले खटाएको विज्ञ समूहलाई पनि त्यतिबेला के भएको थियो भनेर यथार्थ बुझ्न बोलाइएको कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.