बैंक सञ्चालक बन्न स्नातकोत्तर अनिवार्य

बैंक सञ्चालक बन्न स्नातकोत्तर अनिवार्य

काठमाडौं : वाणिज्य बैंकको सञ्चालक र कार्यकारी प्रमुख बन्न स्नातकोत्तर तह पास गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले नयाँ विनियमावली जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंक वा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुख नियक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभवसम्बन्धी विनियमावली, २०७४ जारी गरी १२ विषयमध्य एउटा विषयमा स्नातकोत्तर गरेको हुनुपर्र्ने व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ को दफा १६ मा वाणिज्य बैंकका सञ्चालक र दफा १७ मा स्वतन्त्र सञ्चालकको योग्यता तोकिने व्यवस्था छ । यो व्यवस्थाअनुसार राष्ट्र बैंकले सञ्चालक, स्वतन्त्र सञ्चालक र कार्यकारी प्रमुखको योग्यता तोकेको हो । ऐनले गरेका विभिन्न व्यवस्थाअन्तर्गत बैंक सञ्चालक र कार्यकारी प्रमुखको शैक्षिक योग्यता, कार्यअनुभव तथा अध्ययन विषय तोकेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए ।

कार्यकारी प्रमुख बन्न योग्यता नभए १० वर्षको कार्यअनुभव राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यकारी प्रमुखको पनि योग्यता तथा कार्य अनुभव तोकेको छ । नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको कार्यकारी प्रमुख बन्न व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ ।

यो योग्यता तथा कार्य अनुभव नभए पनि चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन समूह अन्तर्गतका विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा यससँग सम्बन्धित कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको व्यक्ति वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको कार्यकारी प्रमुख बन्न पाउनेछन् ।

सञ्चालक बन्न पाँच वर्षको अनुभव

नयाँ व्यवस्थाअनुसार बैंक, विकास बैंक वा फाइनान्स कम्पनीको सञ्चालकको पदमा नियुक्त हुन विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा पाँच वर्ष काम गरेको हुनु पर्नेछ । स्नातक उपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृतस्तरमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति मात्रै सञ्चालक बन्न पाउने व्यवस्था भएको छ ।

राष्ट्र बैंकले सञ्चालक, स्वतन्त्र सञ्चालक र कार्यकारी प्रमुखको योग्यता तोकेको छ ।

यो योग्यता र अनुभव नभए पनि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको गरेको छ ।

लघुवित्तका लागि स्नातक

त्यसरी लघुवित्तको सञ्चालकमा नियुक्त हुन विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत तहमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने व्यवस्था विनियमावलीले गरेको छ ।

दश जोड दुई वा प्रविणता प्रमाणपत्र तह वा माध्यमिक तह (कक्षा १२ सम्म) उत्तीर्ण गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा दुई वर्ष काम गरेको व्यक्ति लघुवित्त वित्तीय संस्थाको सञ्चालक बन्न पाउने उल्लेख गरिएको छ । यस्तो योग्यता तथा कार्य अनुभव नभए पनि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयमा स्नातक पास गरेका व्यक्तिले लघुवित्त वित्तीय संस्थाको सञ्चालक बन्न पाउने भएका छन् ।

स्वतन्त्र सञ्चालक बन्न स्नातकोत्तर

राष्ट्र बैंक तथा वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकको योग्यता तथा कार्य अनुभव पनि तोकिएको छ । नयाँ व्यवस्थाअनुसार बैंक वा वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकको पदमा नियुक्त हुन माथि उल्लेखित विषयहरूमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ । विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा प्रथम श्रेणी वा सोभन्दा माथिको पदमा कम्तीमा तीन वर्षको कार्य अनुभवी व्यक्ति हुनुपर्ने छ ।

राष्ट्रियस्तरको विकास बैंक बाहेकका अन्य विकास बैंक एवम् वित्त कम्पनीको हकमा सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरी कुनै विदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा द्वितीय श्रेणीको अधिकृत वा सोभन्दा माथिको पदमा कम्तीमा तीन वर्षको कार्य अनुभव हासिल गरेको व्यक्तिलाई सञ्चालकमा नियुक्त गर्न सकिने भएको छ ।

लघुवित्त वित्तीय संस्थाको हकमा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्रलगायतका विषयमा स्नातक उपाधि हासिल गरी कुनै विदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत वा त्यसभन्दा माथिको पदमा कम्तीमा दुई वर्षको अनुभव हासिल गरेको व्यक्ति स्वतन्त्र सञ्चालक बन्न पाउने भएका छन् । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको कार्यकारी प्रमुखको योग्यता तथा कार्य अनुभव पनि तोकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.