कृषिविद मदन राईसँग सेक्सका कुरा

कृषिविद मदन राईसँग सेक्सका कुरा

विगतमा नेपाली समाजमा सेक्सलाई हेर्ने दृष्टिकोण कस्तो थियो ?

जब खेती युग शुरु भयो, मान्छेको लोभ बढ्यो । खेतीका लागि लोग्नेले धेरै श्रीमती भित्र्याउन थाले । सेक्सलाई गलत प्रयोग गरिदिए । यस्तो देखेर त्यतिखेरका समाजका बुज्रुकहरूले धर्मको नामबाट नैतिक शिक्षा दिएर यस्ता क्रियाकलाप रोक्न थाले । अत्यन्तै जान्नुपर्ने/बुझ्नुपर्ने र उचित प्रयोग गनुपर्ने सेक्सजस्तो कुरालाई लुकाएर कसैले बोल्न नहुने विषय बनाइयो । आफैँजानिन्छ भन्न थालियो । कुनै कुरा आफैँ कसरी जानिन्छ ? यौनांग भनेको अन्य नाक, मुख, आँखा जस्तै त हुन् नि । तर, यसबारे बोल्नै नहुने प्रतिबन्ध लगाइएको छ ।

अब सेक्सलाई कसरी लिनुपर्छ ?

नेपाल पिछडिएको देश भएकाले हाम्रो समाजमा सेक्सलाई झनै बुझ्न जरुरी छ । दुई जना महिला पुरुष सेक्सका लागि योग्य भइसकेपछि सहवास त गर्छन् । नयाँ पुस्तालाई यौनबारे राम्रो ज्ञान दिने हो भने अहिले भइरहेको यौन दुराचार, महिलाहिंसा घट्छ । नेपालमा यौन शिक्षा दिन जरुरी भइसकेको छ ।

पहिलेभन्दा अहिले उदार रूपमा हेर्न थालिएको हो कि ?

हो, अहिले सेक्सलाई हेरिने दृष्टिकोणमा धेरै परिवर्तन आइसकेको छ । हाम्रो ‘राई’हरूमा पनि हामी ढुक्कैसँग कुरा गथ्र्याैँ । सेक्स भनेको प्राकृतिक हो । प्रकृतिलाई कसैले जित्न सक्दैन । अहिले प्रविधिले सेक्सबारे सोच्न सजिलो बनाएको छ । सबैको मोबाइलमा ‘पोर्नाेग्राफी’ भेटिन थालेको छ । अहिलेचाहिँ प्रविधिको विकासले सेक्सबारे समाज अलि खुला हुँदै गएको हो भन्न सकिन्छ ।

तपाईं आफैँ ‘टिनेजर’ हुँदा सेक्सबारे कतिको कुरा गर्नुहुन्थ्यो ?

मैले १३ वर्षको उमेरमा विवाह गरेको हुँ। त्यसैले, सेक्सबारे त्यति ‘क्युरिसिटी’ पनि भएन । उमेर बढ्दै जाँदा श्रीमती भए पनि केटीहरूमा आँखा जान्थ्यो । को–कोसँग सेक्स गरियो भन्ने सम्मका कुरा हुन्थ्यो ।

साथी भाइहरूसँग पोर्नाेग्राफीचाहिँ कत्तिको हेर्ने चलन थियो ?

त्यतिबेला ‘ब्लु फिल्म’ भनिन्थ्यो । त्यो खोजी खोजी हेरिन्थ्यो । मैले चिनेका साथीहरू प्रायः सबैले हेर्थे । तर, त्यतिबेला मोबाइल, इन्टरनेट थिएन । घरमा सीडी चक्का लगेर हेरिन्थ्यो । यतिमात्र नभई भ्वाइस रेकर्डरमा ब्लु फिल्मको आवाज रेकर्ड गरेर समेत सुनियो । यसलाई गलत रूपमा लिनु हुँदैन । यो पनि एक प्रकारको शिक्षा नै हो ।

युवापुस्ताले अहिले सेक्सलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?

अहिले सेक्सलाई हेर्ने दृष्टिकोणमा फरक आउँदैछ । पहिले आमाबाबुसँग मान्छे डराउँथे । तर, पोर्नाेग्राफीले उनीहरूको चेत अलिकति खुलायो । सेक्स केही हैन रै’छ भन्नेसम्म पुगे । अहिलेका किशोरकिशोरीहरू विवाहअघि नै सेक्समा सहभागी हुन थालिसकेका छन् । अहिले पहिलेको भन्दा धेरै खुला र सुरक्षित छ । सेक्सलाई बुझ्ने प्रविधि आयो, विभिन्न पुस्तक लेखियो । त्यसैले अहिलेको पुस्ताले यसलाई सामान्य रूपमा बुझ्न थालेका छन् ।

समाजमा सेक्सलाई किन ‘ट्याबु’ बनाएर राखिएको हो ?

पहिलेको पुस्ताले समाजलाई जहिले पनि बाँधिरहन खोज्छ । दुई पुस्ताबीचमा अन्तर सधैँ हुने कुरा हो । पहिलेदेखि सेक्सलाई दुराचारको रूपमा बुझिँदै आयो । राज्य, समाज र धार्मिक कानुनले सेक्सलाई दबाउँदै आयो । यसले गर्दा सेक्सबारे कुरा गर्न मान्छे डराउन थाले । यौनलाई निषेध गर्नु भनेको प्रकृतिसँग जुध्नु हो । विवाहअघि नै सेक्स गर्दा भगवान रिसाउँछन् समेत भनिन्थ्यो । नयाँ पुस्ताले सेक्सप्रति खुल्ला हुन खोजेर ठिक गरिरहेको छ ।

खुल्ला भएर सेक्सलाई गलत रूपमा प्रयोग गर्न खोजिएको हो ?

हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । यौनांग सही तरिकाले प्रयोग गरियो भने यसबाट आनन्द पाउन सकिन्छ, नभए विनास हुन्छ । पोर्नाेग्राफी पनि धेरै हेर्नु हुँदैन । कहिलेकाहीँ हेर्दा राम्रै पनि हुन्छ । तर, सानैदेखि यौनांगदेखि ‘स्वप्नदोष’सम्मको कुरा सिकाउने हो भने सेक्सलाई सामान्य रूपमा बुझिन्थ्यो । नेपाली समाजमा सेक्सबारे शिक्षा नदिई आफैं सिकिहाल्छन् नि भन्ने चलन छ । राम्रो गर्नका लागि सिकाउनु जरुरी छ ।

के समाज सेक्सलाई सहज ढंगले लिन तयार छ ?

समाज तयार नभए पनि सेक्स त भइराखेकै छ । अहिले यही काठमाडौंमा यौन व्यवासाय गर्नेहरू छैनन् र ? यौन भनेको सामान्य कर्म हो भन्ने जसरी बुझिएपछि यसलाई सहज लिन वातावरण तयार हन्छ । नेपाली समाज पनि त्यतैतिर लम्किरहेको छ । पहिलेजस्तो अहिले छैन र अहिले जस्तो पछि नहुन सक्छ । समाज भनेको गतिशील हुन्छ । प्रस्तुति: किरण दाहाल 

याे पनि पढ्नुहाेस्

सेक्सप्रति उदार हुँंदै नेपाली समाज

यौनका कुरा स्कुलदेखि नै सिकाउनुपर्छ : करुणा कुँवर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.