भरतपुर १९ मा दुई हजार मत गणना, ४१७ ले रेणु पछाडी

भरतपुर १९ मा दुई हजार मत गणना, ४१७ ले रेणु पछाडी

चितवन : भतरपुर महानगरपालिकाको वडा नं. १९ मा दुई हजार मत गणना भइसक्दा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ६ सय ६९ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले ४१ हजार २ सय ५२ मत ल्याएकी छिन्।

रेणुले निरन्तर मतान्तर छोट्याउँदै लगेकी छिन्। अहिले उनी ज्ञवाली भन्दा ४१७ मतले पछाडी छिन्।

१९ नं. वडामा गणना भएको दुई हजार मत मध्ये ज्ञवालीले ६ सय ८९ मत प्राप्त गरेका छन् भने दाहालले १ हजार ५६ मत ल्याएकी छिन्। यहाँ भने दाहालले ३ सय ६७ ले अगाडी छिन्। यो वडामा आठ सय ७० मत गणना गर्न बाँकी छ भने वडा नं. २० को मतगणना सुरु भएको छैन।

पहिलो चरणको स्थानीय तहको बैशाख ३१ गते भरतपुर महानगरपालिकामा भएको निर्वाचनको मतगणना हुने क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछि साउन २० गते शुक्रवार वडा नं. १९ मा पुन मतदान भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.