स्वाइन फ्लुको त्रासले शैक्षिक संस्था बन्द

स्वाइन फ्लुको त्रासले शैक्षिक संस्था बन्द

पोखरा: साधारण भाषामा स्वाइन फ्लु भनिने मौसमी रुधाखोकीको त्रासका कारण स्याङ्जाको वालिङमा प्लस टुसहित एक दर्जन विद्यालय बन्द भएका छन्। निजी विद्यालय सञ्चालक, नगरपालिका र जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिको बैठकले एक साताका लागि विदा दिइएको निजी विद्यालय पायोनियर एकेडेमीका प्रिन्सिपल मेघराज गैरेले बताए।

मौसमी रुघाखोकीका कारण वालिङमा एकजनाको ज्यान गइसकेको छ। निजी तथा सरकारी अस्पतालमा दिनहुँ सयौं बिरामी थपिन थालेपछि त्रास फैलिएको छ। ‘अवस्था अलि सहज नभइन्जेल भनेर आउँदो शुक्रबारसम्मलाई विदा ग¥यौं', गैरेले भने, ‘यो विदा दसैं र जाडो विदामा सट्टाभर्ना गर्नेछौं।' उनका अनुसार सामुदायिक विद्यालयमा भने अहिले नै ग्रीष्मकालीन विदा छ।

स्वाइन फ्लुकै कारण अहिलेसम्म देशभर ६ जनाको ज्यान गइसकेको छ त्यसमध्ये १ स्याङ्जाको वालिङ र ३ पोखराका छन्। बाँकी भने काठमाडौं र ललितपुरका छन्।

वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका २० बिरामीको नमुना परीक्षण गर्दा ६ जनामा स्वाइन फ्लु पुष्टि भएको थियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंले बुधबार पठाएको रिपोर्टले ६ जनामा त्यस्तो समस्या देखिएको वालिङ प्राथमिक केन्द्रका प्रवक्ता देवेन्द्र भट्टराईले जानकारी दिए।

प्राथमिक स्वास्थ्य केन्द्रमा दिनमा सयजना बिरामी आइरहेकोमा आधा रुघाखोकी र ज्वरो आएका बिरामी रहेको जानकारी भट्टराईले दिए। ‘एकजना प्रतिष्ठित व्यक्तिको मृत्यु भइसकेको खबर फैलिएपछि बिरामी थुप्रिन थालेका छन्', उनले भने, ‘निजी क्लिनिकमा झन् धेरै बिरामीको चाप छ।'

सिकिस्तजस्ता बिरामीलाई पोखरा पठाउने गरिएको र कतिपयलाई औषधि खाएर आराम गर्न भनेको उनले बताए। स्वाइन फ्लुका बिरामी बढेपछि स्वयंस्वास्थ्यकर्मीसमेत त्रसित छन्। आफूहरू सुरक्षित हुने गरी भ्याक्सिन, औषधिलगायत सामग्री उपलब्ध गराइदिन स्वास्थ्य विभागसँग अधिकारीहरूले माग गरेका छन्।

पोखराका सरकारी र निजी अस्पतालमा आएका रुघाखोकी र ज्वरोका बिरामीमा पनि स्वाइन फ्लुका लक्षण देखिएको तर परीक्षण नगरिएको हुँदा पुष्टि नभएको बरालले सुनाए। ‘परीक्षण पनि नेपालमा जम्मा ३ ठाउँमा मात्रै हुन्छ', उनले भने। सयौंको संख्यामा पोखराका अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी आइरहेको बरालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.