हरेक जीवात्मामा परमात्मा
सम्पूर्ण ब्रह्माण्ड र सबै प्राणीका सृष्टिकर्ता महाप्रभुलाई परमेश्वर नामकरणबाट विश्वमानवले पुकारेको छ । त्यो परमात्माबाट वियोग भएर यी सर्वप्राणीहरू जीवात्माका स्वरूपमा प्रकट भए । यी जीवात्माहरूमा पनि पूर्ण परमात्माको गुण हुन्छ ।
जीवात्मामा जब अहंकार उत्पन्न हुन्छ, तब शरीर धारण गर्छ । सात्विक प्रबलता, राजसी प्रबल तथा तामसी प्रबलता तीन गुणयुक्त शरीर जीवले धारण गर्छ । सत्वगुण ज्ञानस्वरूप, रजोगुण ज्ञान र अज्ञान दुवैको मिश्रित रूप हो । तमोगुण अज्ञानस्वरूप छ । बुद्धिको विषमताबाट गुणहरूका पनि वैषम्य हुन्छ । यस्ता विद्वान्हरू भन्छन् ।
सात्विक : सात्विक पुरुष सबै मानवका श्रद्धानुसार उसको अन्तस्करणको अनुरूप हुन्छ । त्यो पुरुष श्रद्धामयका कारण देवताहरूको पूजन गर्छ । उसको यज्ञ, तप र दान कार्य नै जीवनको लक्ष्य हुन्छ । त्यस पुरुषले आयु, बुद्धि, बल, आरोग्य, सुख र प्रीतिलाई प्राप्त हुने आहार अर्थात् भोजन गर्छ । उसमा भयको सर्वथा अभाव, अन्तस्करणको पूर्ण निर्मलता, तत्ववज्ञानका लागि ध्यानयोगमा निरन्तर दृढ स्थिति र सात्विक दान, इन्द्रियहरूका दमन, भगवान्, देवता र गुजनका पूजा तथा अग्निहोत्र आदि उत्तम कार्यहरूका आचरण हुन्छ ।
वेद-शास्त्रहरूका पठनपाठन तथा भगवान्को नाम र गुणहरूका कीर्तन, स्वधर्मपालनका लागि कष्टसहन र शरीर तथा इन्द्रियसहित अन्तस्करणको सरलता, मन, वाणी र शरीरबाट कुनै पनि प्रकारको कष्ट अरूलाई दिँदैन । यथार्थप्रिय भाषण, क्रोधरहित, निन्दारहित, सम्पूर्ण प्राणीमा दया, कोमलता, लोक र शास्त्रविरुद्ध आचरण चेष्टा गर्दैन । तेज, क्षेमा, धैर्य, बाहिरी शुद्धि एवं कसैमा पनि शत्रुभाव राख्दैन । आफूमा पूज्यताको अभिमानको अभाव सात्विक पुरुषको लक्ष्यण हुन्छ।
रजोगुण : राजस पुरुष यक्ष र राक्षसहरूलाई पूजन गर्ने हुन्छन् । अमिलो, पिरो, लवणयुक्त, धेरै तातो, दाहकारक र दु:ख चिन्ता तथा रोगहरूलाई उत्पन्न गर्ने खालका आहार अर्थात् भोजन राजस पुरुषलाई प्रिय लाग्छ । कर्मफल प्राप्तिलाई दृष्टिमा राखेर जुन यज्ञ हुन्छ त्यो राजस यज्ञ हो । जुन तप, सत्कार, मान र पूजाका लागि तथा अन्य कुनै स्वार्थका लागि क्षणिक फल दिने तपलाई राजस भनिन्छ । जुन दान क्लेशपूर्वक तथा प्रत्युपकारको प्रयोजनबाट अथवा फलको दृष्टि राखेर दिन्छ, त्यो राजस दान हो ।
तमोगुण : तामसी पुरुष प्रेत र भूतगणहरूलाई पूजन गर्छन् । जुन शरीररूपबाट स्थित भूतसमुदायलाई पनि कृश गर्छ, ती अज्ञानीहरूलाई असुर स्वभाव भएको मान्नुपर्छ । जुन भोजन आधी पाकेको, रसरहित, दुर्गन्धयुक्त बासी र उच्छिष्ट तथा अपवित्र पनि छ, त्यो भोजन तामस पुरुषलाई प्रिय हुन्छ । शास्त्रविधिबाट हीन, अन्नदानबाट रहित, बिनामन्त्रहरूको, बिनादक्षिणाको र बिना श्रद्धाको कार्य गर्ने यज्ञलाई तामस यज्ञ भनिएको छ ।
ईश्वर भन्नुहुन्छ— जुन आत्मा अद्वितीय, स्वस्थ, शान्त, सूक्ष्म, सनातन, सबैको भित्र, साक्षात, चिन्मात्र र तीन गुणभन्दा पर छ, त्यही अन्तर्यामी छ ।
ईश्वर भन्नुहुन्छ— जुन आत्मा अद्वितीय, स्वस्थ, शान्त, सूक्ष्म, सनातन, सबैको भित्र, साक्षात, चिन्मात्र र तीन गुणभन्दा पर छ, त्यही (आत्मा) अन्तर्यामी छ । त्यहीँ पुरुष छ, त्यहीँ प्राण छ, त्यहीँ महेश्वर छ, त्यहीँ काल तथा अग्नि छ र त्यहीँ अव्यक्त छ । यस्तो श्रुतिका वचन छ । ईश्वर भन्नुहुन्छ— तिमी सबै परमेष्ठीको प्रभावलाई सुन, जसलाई जानेर पुरुष मुक्त हुन्छ र फेरि संसारमा गिर्दैन । जुन परभन्दा परत्तर शाश्वत निष्कल, नित्यानन्द, निर्विकल्प, ब्रह्म छ, त्यो ईश्वरको परम धाम हो ।
संसारमा रहने सबै जीवलाई पशु भनिन्छ । म ईश्वर तिनका पति हुन्, यसकारण विद्वान्हरूद्वारा उहाँलाई पशुपति भनेको हो । ईश्वरको मायारूपी पाशद्वारा आफ्नै लीलाबाट कार्य हुन्छ । मायारूपी पाशद्वारा ईश्वरको लीलाबाट यिनी पशु (जीव)हरूलाई बन्धनमा बाँधिएको छ । वेदज्ञ पुरुष पशुपतिबाट नै पशुहरूलाई मुक्त गर्ने मोचक हो भन्दछन् ।
प्रकृति, अहंकार आदि चौबीस तत्वव, माया, कर्म तथा गुण पशुपतिको पाश र पशु (जीव) हरूलाई बन्धनमा राख्ने क्लेश हुन् । मन, बुद्धि, अहंकार, पृथ्वी र जल, अग्नि, वायु, आकाश यी प्रकृति हुन् । कान, छाला, आँखा, जिब्रो, नाक, गुदा, लिंग, हात, खुट्टा, वाणी, शब्द, स्पर्श, रूप, रस, गन्ध यी तेइस तत्वव प्रकृति अर्थात् प्रकृतिबाट उत्पन्न हुन्छन् ।
चौबीस तत्वव अव्यक्त प्रधान छन् । ती गुणहरूबाट लक्षित हुने आदि, मध्य तथा अन्तबाट रहित जगत्का परम कारण छ । सत्व, रज र तम यी तीन गुण छन् । यी तीन गुणको समतावस्थालाई अव्यक्त प्रकृति भनिन्छ । बन्ध नाम दुई पशलाई धर्म र अधर्म भनेको छ । ईश्वरमा अर्पित गर्दै गरेको कर्म बन्धनबाट मुक्तिका लागि हुन्छ ।
मूल प्रकृति, प्रधान, पुरुष, महत्वव, अहंकार आदि विकारयुक्त तत्वव सबै देवादिदेव सनातनका नै रूप हुन् । यही सनातन पुरुष बन्धन हो, यही बन्धनमा राख्ने हो । यही पाश र यही पशु हो । यही सबै जान्दछ । तर, त्यसलाई जान्ने कोही छैन । त्यसलाई नै आदि पुराण पुरुष भनिन्छ ।
त्यस परम पुरुषमा न सूर्य प्रकाशित हुन्छ, न चन्द्रमा, न नक्षत्र, न अग्नि र न नै विद्युत् ! त्यसैको प्रकाशबाट सम्पूर्ण विश्व प्रकाशित हुन्छ । यो विशुद्ध अविनाशी साक्षात् परम ज्योति हो । सर्वेश्वर शिव पशुपतिको पाशुपतयोगमा निश्चय गरेका पुरुष ॐ यस प्रणवको नित्य ध्यान गर्छन् । परम आकाशको मध्यमा एकमात्र अद्वितीय परम ज्योतिलाई प्राप्त गर्छन् । त्यहाँ न भूमि छ, न जल छ, न मन छ, न अग्नि नै छ, यसैप्रकार प्राण, वायु, आकाश, बुद्धि तथा अन्य कुनै चेतन तत्वव त्यहाँ छैन । त्यो परम स्थान पशुपतिको ईश हो ।