रेणुले मतान्तर छोट्याइन्, देवी २२१ मतले अगाडी

रेणुले मतान्तर छोट्याइन्, देवी २२१ मतले अगाडी

चितवन : भतरपुर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली र माओवादी–कांग्रेस गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालबीचको मतान्तर कम हुँदै गएको छ।

वडा नं. १९ को मतगणना सम्पन्न हुँदा रेणुले २२१ मतले पछाडी छिन्। देवीले ४१ हजार नौ सय ४६ ल्याएका छन् भने रेणुले ४१ हजार ७ सय २५ मत प्राप्त गरेकी छिन्।

यस्तै उपमेयरमा भने कांग्रेस उम्मेदवारले ४६ हजार ६ सय २३ मत ल्याएर अग्रस्थानमा छन् भने एमाले उम्मेदवार निकै फराकिलो मत अन्तरले पछाडी छन्।

उपमेयमार एमाले उम्मेदवारले ३८ हजार ६ सय ४ मत ल्याएका छन्। उपमेयरमा कांग्रेसको विजय निश्चित जस्तै छ। वडा नम्बर २० को मतगणना सुरु हुँदैछ।


वडा नम्बर १९ को मतगणना सकिँदा नेकपा (माओवादी केन्द्र) की प्रमुखका उम्मेदवार दाहालले एमालेका उम्मेदवार ज्ञवालीसँगको मतान्तर घटाएकी हुन् ।

१९ नम्बर वडाको मत गन्नुअघि एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालभन्दा ७८४ मतले अगाडि रहनुभएको थियो । वडा नं १९ को मतगणना सकिँदै गर्दा दाहाल र ज्ञवालीको मतान्तर २२१ मा झरेको छ ।

वडा नं. १९ मा दुई हजार ८७० मत खसेको थियो । जसमा दाहालले एक हजार ५२९ मत र ज्ञवालीले ९६६ मत प्राप्त गर्नुभएको छ । वडामा राप्रपाका प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले पाँच मत पाएका छन्।

पछिल्लो मत परिणामअनुसार ज्ञवालीले ४१ हजार ९४६ मत प्राप्त गरी अग्रता कायम राखेको छ भने उनलाई नेपाली काँग्रेसका समर्थनमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४१ हजार ७२५ मतका साथ पछयाइरहेकी छिन् ।

सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेकाअनुसार राप्रपाको प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले ६ हजार ६२८ मत प्राप्त गरेका छन्।

त्यसैगरी उप प्रमुखमा नेपाली कांग्रेस पार्वती शाहले ४५ हजार ६२३, नेकपा एमालेकी दिब्य शर्मा आचार्यको ३८ हजार ६०४ र राप्रपाकी रिना गुरुङले सात हजार ६ मत प्राप्त गरेकी छिन् ।

भरतपुर महानगरपालिका वडा नं. १९ मा वडा अध्यक्षसहित सबै पदमा नेपाली कांग्रेसले बिजयी भएका छन् ।

कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार कर्णबहादुर गुरुङले एक हजार ४७८ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश तामाङले एक हजार ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका खड्कबहादुर गुरुङ्ले ६६ मत र राप्रपाका प्रजापति सापकोटाले २७ मत प्राप्त गरेका छन्।

जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सो वडामा शुक्रबार पुनः मतदान भएको थियो ।

अब वडा नं– २० को मतगणना हुन मात्र बाँकी छ । सो वडामा तीन हजार ३०२ मत खसेको छ । महानगरको कुल मतदाता संख्या एक लाख ५० हजार २७४ छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.