भरतपुर महानगरको मेयरमा रेणु र देवीको मत अन्तर १७०
चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १९ को चार सय २ मत गणना हुँदा कांग्रेस-माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले मत अन्तर घटाएकी छिन्।
निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणाम अनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली भन्दा रेणु दाहाल १७० मतले मात्र पछाडि छिन्। २० नम्बर वडाको चार सय मत गणना हुँदा देवी ज्ञवालीले ४२ हजार ६९ हजार मत ल्याएका छन् भने रेणु दाहालले ४१ हजार ९ सय ९९ मत ल्याएकी छिन्।
वडा नम्बर २० मा तीन हजार ३०२ मत खसेको छ। महानगरको कुल मतदाता संख्या एक लाख ५० हजार २७४ छन् । वडा नम्बर १९ को मतगणनामा देवी र रेणुको मतअन्तर २२१ थियो ।
वडा नम्बर १९ को मतगणना सकिँदा नेकपा माओवादी मेयर उम्मेदवार दाहालले एमालेका उम्मेदवार ज्ञवालीसँगको मतान्तर घटाएकी हुन् ।
१९ नम्बर वडाको मत गन्नुअघि एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालभन्दा ७८४ मतले अगाडि रहेका थिए। वडा नं १९ को मतगणना सकिँदै गर्दा दाहाल र ज्ञवालीको मतान्तर २२१ मा झरेको थियो।
वडा नं १९ मा दुई हजार ८७० मत खसेको थियो। जसमा दाहालले एक हजार ५२९ मत र ज्ञवालीले ९६६ मत प्राप्त गरे। वडामा राप्रपाका प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले पाँच मत पाएका छन्। त्यसैगरी उप प्रमुखमा नेपाली कांग्रेस पार्वती शाहले ४५ हजार ६२३, नेकपा एमालेकी दिब्य शर्मा आचार्यको ३८ हजार ६०४ र राप्रपाकी रिना गुरुङले सात हजार ६ मत प्राप्त गरेकी छिन् ।
भरतपुर महानगरपालिका वडा नं। १९ मा वडा अध्यक्षसहित सबै पदमा नेपाली कांग्रेसले बिजयी भएका छन् । कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार कर्णबहादुर गुरुङले एक हजार ४७८ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश तामाङले एक हजार ९७ मत प्राप्त गरेका छन् ।
त्यस्तै वडा अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका खड्कबहादुर गुरुङ्ले ६६ मत र राप्रपाका प्रजापति सापकोटाले २७ मत प्राप्त गरेका छन्।
जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सो वडामा शुक्रबार पुनः मतदान भएको थियो ।