पहिरो पीडितलाई घर बनाउन पाँचलाख दिने घोषणा

पहिरो पीडितलाई घर बनाउन पाँचलाख दिने घोषणा

चरीकोट : रामेछापको खिम्तीमा गएको पहिरोबाट विस्थापित भएका परिवारलाई स्थायी आवास निर्माणको लागि सरकारले पाँच लाख रुपैया सहयोग गर्ने भएको छ । पहिरो पिडितको अवस्था नाजुक भएको र बस्ने ठाउँको समेत समस्या भएको जनगुनासो बढेपछि शनिबार गृहमन्त्री जर्नादन शर्मा स्थलगत निरिक्षणका लागि आउने क्रममा त्यस्तो घोषणा गरेका हुन ।
निरिक्षणपछि गृहमन्त्री शर्माले बाढी पहिरोले घर बगाएका तीन परिवार तथा बिस्थापित भएका परिवारजनलाई स्थायी आवास निर्माणका लागि आर्थिक सहयोगको घोषणा गरेका हुन । मन्त्री शर्माले पीडित परिवारलाई घडेरी खरिदका लागि दुई लाख र घर निर्माणका लागि तीन लाख गरी पाँच लाखका दरले सहयोग दिने बताए ।
निरिक्षणकै बेला मन्त्री शर्माले बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई एक लाख तथा अन्य १० बिस्थापित परिवारलाई १० हजारका दरले राहत समेत बितरण गरेका थिए । बाढीवाट घर बगेका र बिस्थापित भएका सवै परिवारलाई तत्कालीन राहत वापत २५ हजारका दरले रकम दिने मन्त्री शर्माले जानकारी दिए ।
असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बग्ने छतवनी खोलामा आएको बाढीले तीन घर पुरिदा दुई जनाको मृत्यु हुनाका साथै तीन जना बेपत्ता भएका थिए । बेपत्ता भएकाहरु अहिलेसम्म फेला पर्न सकेको छैन । बेपत्ताभएकाहरु फेला पर्न नसकेपछि स्थानीय प्रशासनले उनीहरुलाई पनि मृतकको सूचीमा राखेको छ ।
गृहमन्त्री शर्माले बाढी पहिरो प्रभावित खिम्तिको स्थलगत अवलोकन गरी असुरक्षित घर र बस्तीलाई सुरक्षित गर्न स्थानीय प्रशासनलाई निर्देशन पनि दिएका छन् ।
मन्त्री शर्माका साथमा रामेछाप क्षेत्र नम्बर २ का साँसद स्यामकुमार श्रेष्ठ, पूर्व सभासद तारानारायण श्रेष्ठ,रामेछापका प्रमुख जिल्ला अधिकारी सुर्यवहादुर खत्री सहितकाअधिकारीहरु खिम्ति पुगेका थिए ।
पहिरो निरिक्षणको लागि खिम्ती पुगेका गृहमन्त्री शर्मालाई पहिरो पिडित कृष्णा तामाङले आफुहरुको जीविकोपार्जनको लागि सहयोग गर्न अनुरोध गरेकी छन् । बाढीले आफ्नो श्रीमान र छोरीलाई बगाउनुको साथै खेती गर्दै आएको खेत समेत बगाएपछि आफुहरु सुकुम्बासी भएको उनले बताइन । आफु विरामी रहेको र घरमा कमाउने मान्छे समेत नभएकोले आफ्ना एक छोरा र दुई छोरीको अवस्था नाजुक भएको गुनासो उनले गरेकी छिन् । टाउँको र पेटको विरामी कृष्णालाई श्रीमानले उपचारको लागि राजधानी लैजाने तयारी गरेका थिए । बाढीले श्रीमानलाई बगाइदिएपछि उनको उपचार हुन सकेको छैन ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.