बाढीले पुलको पिलर भासियो

बाढीले पुलको पिलर भासियो

गाईघाट : लगातारको वर्षाका कारण उदयपुरको सदरमुकाम गाईघाट आउने गाईघाट-कदमाहा सडक खण्डको त्रियुगा नगरपालिका ६ स्थित जलजले खोलाको पक्की पुल भासिएको छ ।भारी वर्षाका कारण पिलरको जगको माटो बगेपछि पुल भासिन पुगेको हो । बाढीले पिलरको माटो खोतल्दै गएपछि पूर्वपट्टिको बिम पनि चर्किन पुगेको स्थानीयको भनाई छ । ३ स्पानको उक्त पुलको पूर्वपटिको पिलरको जगको माटो बाढीले बगाएर पुल भासिदै गएपछि बगाउने खतरा बढेको हो ।

पिलर भासिएसँगै स्थानीय प्रशासनले पुलमाथिबाट सवारी साधन हिडाँउन रोक लगाएको छ । सवारी साधन रोकिएपछि सदरमुकाम आउजाउमा समस्या उत्पन्न भएको स्थानीयको भनाई छ । बर्षा नरोकिएपछि जलजले खोला वारपार गर्न नसक्दा सदरमुकाम आउन समस्या भएको स्थानीय मानबहादुर राउतले बताए ।

खहरेखोला भएपनि लगातारको बर्षाका कारण बाढी आएकाले सवारी साधन तथा स्थानीयबासी आवतजावतमा समस्या भएको उनको भनाई छ । पानी पर्नासाथ बाढी आउने गरेको उक्त खोला तर्न पानी रोकिएपछि झण्डै १ घण्टा कुर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाई छ ।

बाढीले पुललाई सपोर्ट गर्न बाँधिएको बाँधको स्पर पनि भत्किएका छन् । बाढीको मूल धार पिलरमा ठोक्किन जाँदा बाढीको पिलर भासिन पुगेको हो । उक्त पुल उदयपुर सदरमुकामलाई सिराहा, सप्तरी हुँदै देशका मुख्य भागसँग जोड्ने प्रमुख माध्यम हो ।

२० वर्षअघि जापान सरकारले उदयपुर सिमेन्ट उद्योगको स्थापना गरिदिएपछि सदरमुकाममा पहिलोपटक सडक सञ्जाल जोडिने क्रममा सो पुल निर्माण भएको थियो । १६ वर्षअघि निर्मित पुल सडक डिभिजन कार्यालय लाहान अन्तरगत निर्माण भएको हो ।

पुरानो हुँदै गएको र बाढीले निरन्तर माटो बगाउँदै गएकाले पुल भत्कने खतराबारे स्थानीयले सडक डिभिजन कर्यालय लाहानलाई जानकारी गराएका थिए । जानकारीसँगै सडक कार्यालय गाईघाटले लाहान डिभिजन सडकसँगको सहकार्यमा पुलको तत्काल मर्मत गर्ने तयारी थालेको छ ।

बर्षेनी खोलाले पिलरको माटोको भाग कटान गर्दै गएको सडक कार्यालयलाई जानकारी गराएपनि कार्यालयले त्यति वास्ता नगरेको स्थानीय कृष्ण पराजुलीले बताए । गाईघाटस्थित सडक कार्यालयका ईन्जिनियर कमलप्रसाद साहले भासिन लागेको पुलको पिलरवरिपरि जालीमा ढुंगा र बालुवाको बोरा भरेर पिल्लरको सुरक्षा गर्ने तयारी गरिएको बताए । उनले दुईतीन दिनभित्र पुल मर्मत गरिसकेर यातायात सुचारु गराउनेगरी लाहान सडक डिभिजनको प्राविधिक टोली परिचालन भइसकेको इन्जिनियर साहले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.