सोसल मिडियाको बुद्धिमत्तापूर्ण प्रयोग

सोसल मिडियाको बुद्धिमत्तापूर्ण प्रयोग

नयाँनयाँ 'साइबर फेस्टिबल' ले नेपाली जीवनशैलीमा इन्द्रधनुषी रङ थप्दैछ । गत असार १६ गते नेपाललगायत विश्वभर 'सोसल मिडिया दिवस' मनाइएको समाचारले सञ्चारमाध्यममा स्थान पायो । बहुलवादी समाजमा यस्ता दिवसले जीवनशैलीको अनेकौं रूप र रङ समेट्छन् । जीवनशैलीमा विविधता छ र पो त बहुलवादी समाजको अस्तित्व छ ।

yam-bahadur-duraसन् १९९० पछि अस्तित्वमा आएको 'इन्टरनेट संस्कृति' ले दुनियाँलाई थुप्रै जीवनदायिनी उपहार दिएको छ, जसले मानव समृद्धिमा अतुलनीय योगदान दिइरहेको छ । 'नेटिजन' (इन्टरनेट प्रयोगकर्ता) हरूले 'सोसल मिडिया' मार्पmत 'विचार र अभिव्यक्ति स्वतन्त्रता' को भरमार उपयोग गरिरहेका छन् । इन्टरनेटले मानव समाजलाई दिएको एउटा सुन्दर उपहारको रूपमा यसलाई लिन सकिन्छ ।

'विचार र अभिव्यक्ति स्वतन्त्रता' लोकतन्त्रको आधारस्तम्भ मानिन्छ । 'नेपालको संविधान, २०७२' धारा १७(क), 'मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८' (धारा १९), 'नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अधिकारसम्बन्धी' (धारा १९) जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजहरूले 'विचार र अभिव्यक्ति स्वतन्त्रता' लाई उच्च स्थान दिएका छन् ।

आफूमाथि भएका वा हुनसक्ने हर प्रकारको ज्यादतीविरुद्ध आवाज उठाउन 'विचार र अभिव्यक्ति स्वतन्त्रता' आवश्यक हुन्छ । यसको अनुपस्थितिमा कुनै पनि अधिकार सुरक्षित हुन सक्दैन । त्यसैले यसलाई आधारभूत मानव अधिकार मानिएको हो । लोकतान्त्रिक परिपाटीमा 'विचार र अभिव्यक्ति स्वतन्त्रता' ले उच्च स्थान पाएको छ ।

बृहत्तर सामाजिक हितको लागि 'सोसल मिडिया' को बुद्धिमत्तापूर्ण प्रयोग अहिलेको मूलभूत सवाल हो । यसको सही प्रयोगले समाजलाई सपार्न सक्छ भने गलत प्रयोगले बिगार्न सक्छ । 


'सोसल मिडिया' ले 'विचार र अभिव्यक्ति स्वतन्त्रता' लाई मूर्तरूप दिने दिशामा अतुलनीय भूमिका खेलिरहेको छ । यसले मनभित्र छचल्किएका खुल्दुली र विमतिलाई खुलस्त राख्न हरेक व्यक्तिलाई अवसर दिएको छ । इन्टरनेट नहुँदा आफ्ना कुरा समाजसामु राख्ने यति सहज माध्यम जनसाधारणलाई उपलब्ध थिएन । 'सोसल मिडिया' ले मनको पोको फुकाउन जनसाधारणलाई बेमिसाल अवसर दिएको छ । यसले सर्वसाधारण नागरिकलाई अभूतपूर्व रूपमा शक्तिशाली बनाउँदै लगेको छ ।

फेसबुक, ट्वीटर, ब्लग, यु ट्युबजस्ता 'सोसल मिडिया' ले सिंगो समाजलाई सचेत तुल्याउने र बाटो देखाउने कम गरेका छन् । सामाजिक सञ्जालमा उर्लिएका जनआक्रोशलाई दृष्टिगत गरी व्यक्ति, सेवा प्रदायक तथा सरकारले आफ्ना कार्यशैली र त्रुटिहरू सच्याएका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टान्त छन् ।

यसले समाजलाई लोकतन्त्रको ट्र्याकमा हिँडाउन प्रत्यक्ष वा परोक्ष रूपमा बल पुर्‍याइरहेको छ । इन्टरनेटले प्रवद्र्धन गरेको लोकतन्त्र आज 'ई-डेमोक्रेसी', 'इन्टरनेट डेमोक्रेसी' वा 'डिजिटल डेमोक्रेसी' बाट परिचित छ, जुन हाम्रो घरदैलोमा उपस्थित छ ।
सन् २०११ मा अरब भूमिको राजनीतिक परिदृश्य नै बदलिने गरी राजनीतिक विद्रोह सुरु भयो । 'अरब स्प्रिङ' नामले परिचित उक्त विद्रोह दबाउन राज्य पक्षबाट भएका ज्यादाती उजागर गर्न 'सोसल मिडिया' ले ठूलो भूमिका खेल्यो । मूलधारका सञ्चारमाध्यमले दिन नसकेका दमनका एक्सक्लुसिभ दृश्य विश्वसामु राख्ने काम 'सोसल मिडिया' ले नै गर्‍यो ।

एक्काइसौं शताब्दीमा पनि बन्द समाजको रूपमा परिचित अरेबियन मुलुकका कतिपय महिलाले छद्मनाममा ब्लग लेखेर महिलाप्रतिको सामाजिक दृष्टिकोण बदल्न पहिल्यैदेखि नै प्रयास गरेका हुन् । 'अरब स्प्रिङ' लाई निश्चित रूप दिने काममा पनि ती छद्मनामधारी महिला ब्लगर कुनै न कुनै रूपमा हिस्सेदार छन् । 'सोसल मिडिया' ले समाज परिवर्तनको दिशामा दिएको योगदानको यस्ता अनेकौं दृष्टान्त छन् ।

खासगरी लोकतन्त्रको अभ्युदय नभइसकेका र तानाशाही शासन पद्धति कायमै भएका बन्द समाजमा 'सोसल मिडिया' को प्रभाव उल्लेखनीय छ । सूचनाको निर्वाध प्रवाहले हरप्रकारको जडसूत्रवाद र तानाशाही प्रवृत्तिविरुद्ध जेहाद छेडिरहेको छ । चाहे बोक्सी प्रथाविरुद्धको कुरीति होस् वा राज्यशक्तिको आडमा गरिएका जनविरोधी क्रियाकलाप नै किन नहोस्, 'सोसल मिडिया' को खबरदारी जारी छ ।

हरेक कुराको दुइटा पाटो हुन्छ भने झैं 'सोसल मिडिया' को पनि राम्रा र नराम्रा दुवै पक्ष छन् । यद्यपि कुनै पनि मिडिया आपैंmमा राम्रो वा नराम्रो हुँदैन, प्रयोगकर्ता सद्विचार वा कुविचार केबाट निर्देशित छ भन्ने कुराले यसको नतिजा असल वा खराब के हुने भन्ने निर्धारण गर्दछ । यसलाई यहीअनुरूप बुझ्न आवश्यक हुन्छ ।

एक तथ्यांकअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८२ प्रतिशतभन्दा बढी छ । समयक्रमसँगै इन्टरनेट प्रयोगकर्ताहरूको संख्या निरन्तर बढ्दो छ । इन्टरनेटका विभिन्न एप्लिकेसनमध्ये फेसबुक, यु ट्युब, ट्वीटर जस्ता 'सोसल मिडिया' सँग सम्बन्धित एप नै बढी प्रयोगमा आएका छन् ।

नेपालमा 'सोसल मिडिया' को बढ्दो प्रयोगसँगै यसका सकारात्मक र नकारात्मक दुवै किसिमका नतिजा देखा पर्न थालेका छन् । मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामीको स्वास्थ्योपचारको लागि सहयोग जुटाउने पुण्य कामदेखि गालीगलौजका निकृष्ट व्यवहारसम्म 'सोसल मिडिया' मा प्रतिविम्बित भएका छन् । यस्ता कुराले हाम्रो सोचाइको धरातल र सामाजिक मनोविज्ञानलाई इंगित गर्छ ।

'सोसल मिडिया' ले 'विचार र अभिव्यक्ति स्वतन्त्रता' को प्रवद्र्धन गरिरहेको छ । यसले लोकतन्त्रको मजबुतीकरणमा योगदान पुर्‍याइरहेकोमा शंका छैन । तर 'विचार र अभिव्यक्ति स्वतन्त्रता' बेलगाम अधिकार होइन । यसका सीमाहरू छन् । त्यसलाई आत्मसात गर्न आवश्यक छ ।

'विचार र अभिव्यक्ति स्वतन्त्रता' को अधिकार प्रयोग गर्दा अरूको इज्जत-प्रतिष्ठा र सामाजिक मर्यादामा कस्तो असर पर्छ भन्नेमा प्रयोगकर्ता पूर्ण सचेत भएन भने यसको नतिजा अकल्पनीय हुन सक्छ । बेलगाम अभिव्यक्तिले समाजलाई क्षति त हुन्छ नै, प्रयोगकर्ताकै छवि बिग्रने र ऊ कानुनी झमेलामा पर्नसक्ने अवस्था पनि आउँछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध 'सोसल मिडिया' मा जथाभावी अभिव्यक्ति दिने व्यक्ति पक्राउ परी कानुनी दायरामा आएको घटनालाई यसको नवीनतम दृष्टान्तको रूपमा लिन सकिन्छ । 'विचार र अभिव्यक्ति स्वतन्त्रता' को उपयोग गर्दा त्यसको सीमा बुभ्mनु जरुरी छ भन्ने तथ्यलाई यो घटनाले प्रस्ट्याएको छ । प्रयोगकर्ताले पर्याप्त संयम अपनाउन आवश्यक हुन्छ भन्ने पाठ पनि यसले सिकाएको हो ।

संयमित बन्ने नाउँमा आफ्ना विचार राख्नै हुँदैन भन्नेचाहिँ कदापि होइन । आफ्ना विचार वा असहमतिका बुँदा शिष्ट र मर्यादित किसिमले राख्नुपर्छ भन्ने यसको आशय हो । 'सोसल मिडिया' वा अन्य कुनै मिडियाले कसैको निजी जीवन र प्रतिष्ठामा पुर्‍याएको क्षतिको भरपाइ हुन सक्दैन । यस किसिमको वास्तविकताप्रति पनि प्रयोगकर्ता सचेत हुनैपर्छ ।

'सोसल मिडिया' को प्रचलनमा व्यापकता आएसँगै विभिन्न स्वार्थी तत्वहरूले यसलाई खेलमैदानको रूपमा प्रयोग गर्न थालेको तथ्य अर्को मननीय पक्ष हो । सर्वसाधारण प्रयोगकर्तामाथि 'सेन्टिमेन्टल ब्याकमेलिङ' गरेर आफ्ना स्वार्थप्रेरित कन्टेन्ट सेयर गर्न लगाउने कार्यमा यस्ता तत्व सक्रिय देखिएका छन् ।

यस्ता स्वार्थी तत्वले बिछ्याएको भुलभुलैयापूर्ण पासोमा सर्वसाधारण प्रयोगकर्ता सजिलै पर्छन् । प्रयोगकर्ताहरूले लहैलहैमा त्यस्ता कन्टेन्ट सेयर गरिदिँदा गलत तत्वको मनोबल बढ्छ । गलत उद्देश्यपूर्तिको लागि सञ्चालित साइटको हिट बढाउने, गुगल एड हत्याउने र कसैको मानमर्दन गर्ने अभिप्रायले यस्ता कन्टेन्ट तयार पारिएका हुन्छन् ।

कसैसँग बदला लिन फेसबुकमा सम्बन्धित व्यक्तिको नाउँमा नक्कली अकाउन्ट खोल्ने, त्यसमा मर्यादाहीन तस्बिर पोस्ट गर्ने, हुँदोनहुँदो स्ट्याटस लेख्ने जस्ता काम पनि भएका छन् । सम्बन्धित व्यक्तिलाई दुनियाँसामु बेइज्जत गर्नु नै यसको ध्येय हुन्छ । यस्ता घटनालाई भैmझगडा भई अदालतमा मुद्दामामिला चल्नेसम्मको अवस्था आइसकेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखालाई उधृत गर्दै छापा माध्यमहरूमा आएका समाचारअनुसार गत आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ८३० उजुरी परेकोमा चालू आर्थिक वर्षको प्रथम ६ महिनामै ५६० वटा यस्ता उजुरी परेका छन् । साइबर अपराधको क्रम बढ्दो क्रममा रहेको देखिन्छ ।

प्रयोगकर्ताको अज्ञानता अर्को खतरनाक पक्ष हो । कतिपय 'सोसल मिडिया' प्रयोगकर्ताले अज्ञानतावश दुर्घटनाका क्षत्विक्षत् लासको तस्बिर तथा भिडियो पोस्ट गरेका हुन्छन्, जुन गर्नै नहुने काम हो । हामी कसैले पनि आफ्ना परिवारजनको यस्तो दृश्यको कल्पनासम्म पनि गर्न सक्दैनौं ।

आफ्ना परिवारजनको यस्तो दृश्यको हामी कल्पना पनि गर्न सक्दैनौं भने अरूका परिवारजनलाई यस्तै हुन्छ भन्ने समानुभूतिबाट हामी निर्देशित हुन आवश्यक छ । यस्ता दृश्यले सम्बन्धित परिवारलाई दिने चोटको गहिरो जान्न आवश्यक छ । यस्ता तस्बिर तथा दृश्यले बालबालिका मनोविज्ञान बिग्रने तथ्यलाई पनि ख्याल गर्नु जरुरी छ ।

अहिले झुटा समाचार (फेक न्युज) तयार पार्ने, उत्तेजनापूर्ण स्ट्याटस लेख्ने तथा प्रोपोगन्डा भिडियो तयार पार्ने कामको कुनै कमी छैन । यस्ता कामको पछाडि गलत आशय लुकेका हुन्छन् । कतिपय प्रयोगकर्ताले कुराको गहिराइ नै नबुझी त्यसलाई सेयर गर्ने तथा कमेन्ट गर्ने गर्छन् । यसबाट गलत आशयबाट निर्देशित व्यक्तिलाई बल पुग्छ । हामीले थाहै नपाई गलत तत्वलाई काँधमा बोकिरहेका हुन्छौं । यसप्रति हाम्रो सचेतता आवश्यक छ ।

बृहत्तर सामाजिक हितको लागि 'सोसल मिडिया' को बुद्धिमत्तापूर्ण प्रयोग अहिलेको मूलभूत सवाल हो । यसको सही प्रयोगले समाजलाई सपार्न सक्छ भने गलत प्रयोगले बिगार्न पनि सक्छ । प्रत्येक 'सोसल मिडिया' प्रयोगकर्ताले रचनात्मक र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आवश्यक छ ।
हरेक प्रयोगकर्ताले कुनै सामग्री पोस्ट गर्नुअघि यसले आफू स्वयं र समाजलाई नकारात्मक असर पार्छ कि पार्दैन भनेर सोच्नैपर्छ । 'सोसल मिडिया' मा प्रयोग गरिएका सामग्री सही-सत्य छन् कि छैनन् भनेर सत्यापन परीक्षण गर्नु पनि त्यत्तिकै आवश्यक छ ।

आफूजस्तै अन्य प्रयोगकर्ताको सत्य-तथ्य जान्ने, उपयोगी जानकारी ग्रहण गर्ने र त्यस्ता सामग्रीबाट अनुप्रणीत हुने अधिकारलाई सम्मान गर्नुपर्ने हुन्छ । हरेक प्रयोगकर्ता सचेत, रचनात्मक, जिम्मेवार र नैतिकवान् बन्नुमा 'सोसल मिडिया' को औचित्य रहन्छ । 'सोसल मिडिया' को बुद्धिमत्तापूर्ण प्रयोगको जग पनि यही हो ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.