नदीमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

नदीमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

महेन्द्रनगर : नदीमा नुहाउने क्रममा कञ्चनपुरमा एक बालकको डुबेर मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ स्थित स्याली नदीमा डुबेर सोही ठाउँका १२ वर्षीय रामदत्त जोशीको मृत्यु भएको हो। बेपत्ता भएका जोशीको खोजी गर्ने क्रममा शव फेला परेको हो।

साँझको समयमा नदीमा पौडी खेल्न गएका उनी नदीमा पानीको बहाव बढी भएकाले डुब्न पुगेका थिए। मृतक जोशीको शव परीक्षण पछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। उता कञ्चनपुरकै दोदा नदीमा एक १४ वर्षीय बालक बेपत्ता भएका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका २ अमरैया बस्ने १४ वर्षीय बालक अबिर सार्की दुईदिन देखी नदीमा बेपत्ता रहेका छन। दुईदिन अघि मात्रै कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मटैनाकी १० वर्षीया शितल विष्ट खोलामा मृत भेटिएकी थिईन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.