माछा मार्न खोज्दा करेन्ट लागेर मृत्यु
दाङ : करेन्ट लगाएर माछा मार्न खोज्दा दाङमा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना निवासी २८ बर्षीय हेमन्त केसीको विद्युतको तारवाट खोलामा माछा मार्ने प्रयास गर्दा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
स्थानीय ग्वारखोलामा विद्युतको तार हुकिङ गरी माछा मार्ने क्रममा केसीलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।