खोलाले बेपत्ता बनाएका एक जना मृत फेला
जाजरकोट : जाजरकोटको बारेकोटमा ढाढखोला तर्ने क्रममा सोमवार बेपत्ता भएका एक जना मृत फेला परेका छन्। बारेकोट गाँउपालिका १ रामीडाँडाका ५१ बर्षीय धनबहादुर बुढा मंगलवार मृत अवस्थामा फेला परेका हुन्।
खोलामा पुल नभएकोले तर्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा र प्रहरीले खोजी गर्दा खोला तर्न खोजेको ठाउँ भन्दा दुई सय मिटर तल शव भेटिएको हो।
स्थानीय लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा दुई दिनको पैदल बोकेर शवको पोष्टमार्टमका लागि सदरमुकाम खलंगा ल्याउने तयारी भैरहेको स्थानीय कालीप्रसाद थापाले जानकारी दिए।