अपहरणपछि हत्या गरिएका श्रेष्ठको सम्झनामा शान्तियात्रा

अपहरणपछि हत्या गरिएका श्रेष्ठको सम्झनामा शान्तियात्रा

तुलसीपुर : मंगलबार नेवार समुदायले आफ्ना दिवंगत आफन्तको सम्झनामा गाईजात्रा मनाई रहेका बेला दाङका एक नेवार परिवारले भने आफना दिवगत सदस्यको सम्झनामा गाईजात्रा नभई शान्ति पदयात्राको र्‍याली निकालेका छन । अपराधिक समूहको अपहरण गरी गत जेठ २९ गते हत्या गरिएका दाङ तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको सम्झानामा परिवारले गाईजात्राको अवसरमा शान्ति पदयात्रा निकालेका हुन ।

नेवार समुदायमा पुर्खादेखि नै निकाल्दै आएको गाईजात्रालाई परिमार्जन गरेर श्रेष्ठ परिवारले शान्ति पदयात्रा निकालेको जनाएको छ । श्रेष्ठकी श्रीमती निर्मला श्रेष्ठले स्वर्गीय पतिको शान्तिको कामना गर्न गाईजात्रा नभई शान्ति पदयात्रा निकालिएको बताइन । शान्ति पदयात्राको अगुवाई ईश्वरीय विश्वविद्यालय राजयोग केन्द्र तुलसीपुर (ओम शान्तिका अनुयायी)ले गरेको थियो।

यस क्षेत्रका नेवार समुदाय, श्रेष्ठ परिवार र आम शान्तिका अनुयायीहरुको पदयात्रामा सहभागिता थियो । यात्रा श्रेष्ठको घरबाट ओम शान्तिमा पुगेर मृत आत्माको शान्तिको कामना गर्दै तुलसीपुर बजार परिक्रममा गरेको थियो । अन्य नेवार समुदायहरुले भने बर्षभरि परिवारमा मृत्यु भएका आफना सदस्यको सम्झानामा गाईजात्रा निकालेका छन । गाईजात्रा ननिकालेर शान्ति पदपात्रा निकाल्ने पहिलो परिवार श्रेष्ठ परिवार रहेको नेवार समाज दाङले वताएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.