वर्षभरी राजनीतिक जात्रा : आज गाईजात्रा (फोटोफिचर)

वर्षभरी राजनीतिक जात्रा : आज गाईजात्रा (फोटोफिचर)

भक्तपुर : काठमाडौं उपत्यकालगायत नेपालभाषीको सघन बसोबास रहेका ठाउँमा मंगलबार सापारु (गाईजात्रा) भव्यतासाथ मनाइएको छ। नेपालभाषी समुदायले सापारुलाई मृत्यु संस्कारसँग सम्बन्धित पर्वका रूपमा मनाउँछन्। वर्षभरि दिवंगत भएकाको सम्मान तथा सम्झनामा भदौ शुक्ल प्रतिपदाको दिन गाईको प्रतीक बनाई आ(आफ्नो नगर परिक्रमा गराइन्छ।

धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एक दिन मात्र यमलोकको ढोका खुला हुने जनविश्वास छ। यही विश्वासका साथ गाईजात्रा मनाइन्छ । यस दिन गाईको प्रतीक तहा साँ वा जिउँदो गाईलाई नै नगर परिक्रमा गराइन्छ । धार्मिक ग्रन्थ तथा किवंदन्तीअनुसार गाईजात्राको दिन गाईले टेकेको एक पाइला बराबर एक अश्वमेघ यज्ञको फल प्राप्त हुने जनविश्वास छ ।

नेपालभाषीले यस दिन गाईको प्रतीक तहा साँ बनाउनुअघि मृतकको नाममा पुरोहितले विधिपूर्वक पूजाआजा सम्पन्न गर्छन्। पुरोहितले पूजाकै क्रममा गाईको प्रतीक बनाउन लगाउँछन् र तयार भएको गाई आ(आफ्नो क्षेत्रको सम्बन्धित एवं निश्चित क्षेत्रमा परिक्रमा गराइन्छ। काठमाडौं उपत्यकामध्ये भक्तपुरमा यो गाईजात्रा नौ दिनसम्म मनाइन्छ। त्यसैले यसलाई स्थानीय नेपालभाषामा गुन्हु पुन्ही (नौदिने पूर्णिमा) समेत भनिन्छ।

हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै मंगलबार ललितपुरमा नेवार समुदाय गाईजात्रा पर्व मनाउँदै । तस्बिर : रासस

गाईको प्रतीक प्रदर्शन सँगसँगै विशेष किसिमको संगीतको तालमा लठ्ठी जुधाएर घिन्ताङघिसी नाच नाच्नु भक्तपुरको गाईजात्राको विशेष आकर्षण हो।मृतक महिला, पुरुष र बच्चाको आधारमा भक्तपुरे गाईको प्रतीक बनाउँछन्। गाईको चित्र छापिएको छापा, परालले बनाइएको एकजोडा सिङ, चवरको पंखा, छाता, विभिन्न फूल र कागजबाट बनाइएका सिंगार्ने वस्तुले सजाइदिएर केटा भए सेतो वा अन्य रंगको नयाँ कपडा र केटी भए ुहाकुपतासीु (छेउमा रातो धर्सो भएको कालो रंगको सारी) वा सारीले बेरेर गाईको प्रतीक बनाइन्छ। जसमा उमेरअनुसार डोक साँ र ताहा साँ बनाइन्छ।

यसरी डोकसाँ र ताहासाँ तयार भएपछि घरको मूलढोका अगाडि पुरोहित वा ब्राह्मणले मृतकको क्रिया गर्ने क्रियापुत्रलाई संकल्प गराई विधिबमोजिम पूजा गरेपछि त्यसलाई नगर परिक्रमा गर्न पठाइन्छ।

हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै मंगलबार ललितपुरमा नेवार समुदायले धुमधामका साथ गाईजात्रा पर्व मनाउँदै । तस्बिर : नवीन पौडेल, रासस

पाँचथरको फिदिममा गाईजात्राका अवसरमा स्थानीय पहिरनमा सजिएका बालिकाहरु । तस्बिर : जितबहादुर भण्डारी, पाँचथर, रासस

वर्षभरि मृत्यु भएका व्यक्तिका आत्माको शान्तिको कामनासहित गाईजात्राको अवसरमा मंगलबार भक्तपुरका घिन्ताङ्घिसी नाचसहित नगर परिक्रमा गर्दै । तस्बिर : नवीन पौडेल, रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.