१३ महिनाको छोरा खोसेर घरबाट निकालेपछि न्याय खोज्दै मिन्जु

१३ महिनाको छोरा खोसेर घरबाट निकालेपछि न्याय खोज्दै मिन्जु

धरानः १३ महिनाको नाबालक छोराबाट अलग्याएर म्यानमारकी एक महिलालाई घरबाट निकालिएको छ । धरान १० मा बस्दै आएकी ३१ वर्षीया मिन्जु याङलाई श्रीमान्, सासु र आमाजूले कुटपिट गर्दै घरबाट निकालेका हुन्।

म्यानमारकी नागरिक उनी दुई बर्ष अगाडि धरानका एसन राईसंग विवाह बन्धनमा बाँधिएकी थिइन्। एक बर्षको छोराबाट अलग्याएर आफूलाई श्रीमान, सासु र आमाजुले कुटपिट गर्दै घर निकाला गरेको गुनासो उनको छ। मंगलबार पत्रकार सम्मेलन गरेरै उनले आफूलाई घरबाट निकालिएको सार्वजनिक गरेकी हुन्। १३ महिनाको छोराबाट अलग्याएर श्रीमान इसुन, सासु गंगा राई र आमाजु बरुणा राईले कुटपिट गर्दै घरबाट निकालेको गुनासो उनले पत्रकार सम्मेलनमा गरेकी छिन्।

घर निकाला गरेपछि आफू विचल्लीमा परेको मिन्जुले पत्रकार सम्मेलनमा बताइन्। सिंगापुरमा रोजगारी गर्दै आएकी म्यानमारकी मिन्जुसंग फेसबुकमा इसुनको माया बसेपछि २०७२ सालमा विवाह भएको थियो। फेसबुकमा इसुनसंग माया बसेपछि मिन्जुले उनलाई सिंगापुर नै बोलाएकी थिइन्। सिंगापुरबाट इसुनसंगै धरान आएर विवाह गरेकी मिन्जुले आफूलाई धोका दिएर विचल्लीमा परेको बताइन्।

विवाह गरेपछि इसुनले विवाह दर्ता समेत नगरेको र छोराको जन्म दर्ता समेत नगरेको मिन्जुको भनाइ छ। उनले आफ्नो छोरा नेपालको कानुन अनुसार आफूले पाउनु पर्ने र आफूलाई कुटपिट गरी घर निकाला गर्ने श्रीमान, सासु र आमाजूलाई कारबाही हुनुपर्ने माग गरेकी छिन्।

उनले न्याय दिलाइदिन महिलाको हकहितमा काम गर्ने संघ संस्थासंग गुहार समेत मागेकी छिन्। सिंगापुर छदा इसुनलाई आफूले ८ लाख रुपैयाँ फठाएको र अहिले विवाह गरेपछि बिचल्लीमा पारेको मिन्जुको गुनासो छ। मिन्जुले इसुनले विवाह गरेपनी विवाह दर्ता नगरेको र नेपाली नागरिता दिलाउन पहल नगरेपछि तीन–तीन महिनामा भिषा थप गरी नेपाल आउने गरेको बताएकी छिन्।

मिन्जुले आफू घर निकाला भएपछि म्यानमार दूतावासको सहयोगमा धरानमै कोठा भाडामा लिएर बस्दै आएको समेत जानकारी गराएकी छिन्। उनले आफूलाई कुटपिट गर्दै घरबाट निकाला गरेपछि इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको भए पनी प्रहरीले सहयोग नगरेको आरोप लगाएकी छिन्। उनले न्याय प्राप्तीका लागि अदालतमा मुद्दा हाल्ने तयारी गरिरहेको पनि जानकारी दिइन्।

श्रीमान् इसुनले भने मिन्जुको सम्बन्ध अन्य केटासंग रहेको थाहा पाएपछि आफूले घरबाट निकाल्नु परेको बताए। मिन्जुले छोरा लिएर सिंगापुर जाने भएपछि छोरा नदिँदा विवाद भएको राईको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.