ताप्लेजुङ्गमा मारिएका बनरक्षक शाहीकी श्रीमतीलाई चेक

ताप्लेजुङ्गमा मारिएका बनरक्षक शाहीकी श्रीमतीलाई चेक

जाजरकोट : कार्य क्षेत्रमा खटिएका बेला गत पुस १७ गते हत्या गरिएका खोक्लिङ रेञ्ज पोष्ट ताप्लेजुङ्गमा कार्यरत बनरक्षक स्वर्गीय गणेश शाहीकी श्रीमती पवित्रा शाहीलाई निजामति कर्मचारी आधिकारीक टे«ड युनियन जाजरकोटले संकलन गरेको तीन लाख ७२ हजार दुई सय ६९ रुपैया हस्तान्तरण गरिएको छ । स्थानिय विकास अधिकारी रुद्रप्रसाद पण्डितले उक्त रकमको चेक शाहीलाई एक कार्यक्रमका वीच हस्तान्तरण गरेका हुन ।


पीडित परिवारको भरणपोषणका लागि युनियनले जिल्लाभरका निजामति कर्मचारीबाट एक दिन बराबरको तलबबाट रकम संकलन गरेर पीडित परिवारलाई हस्तान्तरण गरेको निजामति कर्मचारीको आधिकारीक टे«ड युनियनका जिल्ला अध्यक्ष वीरबहादुर चन्दले बताए ।


बन विभाग अन्र्तगत देशै भरीका कर्मचारीले एक दिन बरावरको रकम संकलन गरेर पीडित परिवारलाई दिने आश्वासन दिएपनि हालसम्म पिडितले पाएका छैनन् । स्व. शाहीको नाममा बन विभागको राहत कोषमा करीव २० लाख बढी रकम संकलन भएपनि हालसम्म पिडित परिवार सम्म पुग्न सकेको छैन । सरकारले शाहीलाई शहीद घोषणा गरेर १० लाख रुपैया प्रदान गरिसकेको छ । तत्कालिन बन मन्त्री शंकर भण्डारीले पिडित परिवारको जाजरकोट छेडागाड नगरपालिका ५ बडावनमा पुगेर एक लाख रुपैया प्रदान गरेका थिए ।


शाहीको ताप्लेजुङ्ग ओराईखु स्थित जंगलमा सामुदायिक बनको लगत सर्वेक्षण गर्न गएका बेला गत पुस १७ गते हत्या भएको थियो । स्व. शाहीका श्रीमती दुई छोरा र एक छोरी छन् । पवित्रालाई सरकारले स्थानिय रेञ्जपोष्टमा कार्यालय सहयोगीमा करारमा नियुक्ति समेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.