कर्णालीमा खस समुदायको सहभागितामा गाईजात्रा सुरु

कर्णालीमा खस समुदायको सहभागितामा गाईजात्रा सुरु

जुम्लाः कर्णाली क्षेत्रको भव्य एवम् ठूलो मेलाको रुपमा प्रत्येक वर्ष मनाउँदै आएको जात्रा यसवर्ष पनि मंगलबारदेखि सुरु भएको छ। प्रत्येक वर्ष जनैपूर्णिमा को पछिल्लो दिन अर्थात प्रतिप्रदादेखि श्रीकृष्ण जन्माष्टमी सम्म हुने जात्रा मंगलबारदेखि सुरु भएको हो।

मंगलबार विभिन्‍न नेता तथा राज्यको अवस्थालाई व्यङ्ग्य गर्दै जाइजात्रा निकालेर जात्राको शुभारम्भ गरिएको छ। विषेश गरी नेवार समूदायले निकाल्ने गाईजात्रा जुम्लामा भने, नेवारका साथै खस समुदायको सहभागितामा जात्रा निकाल्ने गरिएको छ।

सबैसँग भेटघाट र रमाइलो गर्ने अवसरका रुपमा लिइने जात्रा यहाँका स्थानीयको सबैभन्दा लामो र ठूलो पर्व पनि हो। र कर्णालीमा सबैभन्दा धेरै जमात जमघट हुने समय पनि जात्रा नै हो। कर्णालीका सर्वसाधारणहरुले जात्रालाई रमाइलोका रुपमा मात्रै नहेरिकन आफ्ना आफन्तजनहरुको भेटघाटको लागि उपयुक्त संगमको रुपमा पनि हेर्ने गर्दछन्।

लगातार आठ दिनसम्म चल्ने जात्रालाई यस क्षेत्रकै ठूलो मेलाको रुपमा मनाउने गरिन्छ। गाइजात्रा निकालेर सुरु भएको जात्रा क्रमश रोपाइजात्र, मिम, बादशाह, बाघभालु, पल्टन जात्रा, घोडेजात्रा, श्रीकृष्ण जन्माष्टमी र नमवीको दिनमा लाखे काटेर जात्राको अन्त्य हुने जात्रा व्यवस्थापन समिति जुम्लाले जनाएको छ।

लामो समयदेखि छुट्टिएर टाढा भएका आफन्तजनहरुका लागि भेटघाट गर्ने महत्वपूर्ण मौकाको रुपमा यस क्षेत्रका सर्वसाधारणले जात्रालाई लिने गरेका छन्। जात्रा हेर्न र यही मौकामा आफन्तजन भेटघाटका लागि अहिले दैलेख, कालिकोट, मुगु, जाजरकोट तथा जुम्ला जिल्लाकै ग्रामिण भेगका सर्वसाधारणहरु जुम्ला बजारमा एकत्रित भएका छन्।

अन्य समयमा आफन्तजनसँग भेटघाट नहुने भएकोले मेला हेर्न र सदरमुकाममा रहेका आफन्तजनलाई भेटघाटका लागि जात्राको मौका मिलाएर जुम्ला आउने गर्दछन्।जात्राको समयमा बाहीरबाट धेरै सर्वसाधारणहरु आउने भएकोले यहाँका होटलहरुमा यतिबेला बस्ने ठाउँ पाउनको लागि निकै गाह्रो हुन्छ।

जात्रा हेर्न आउँदा धेरै वर्षसम्म भेट नभएका आफन्तजनसँग भेटघाट हुने मौका मिलेको कालिकोट थिर्पुकी मैकला शाहीले बताइन्। जात्रामा आएका सर्वसाधारणलाई सहजताको लागि जात्रा व्यवस्थापन समितिको तर्फबाट पर्याप्त मात्रामा स्वयम् सेवक परिचालन गरिएको समितिले जनाएको छ।

यता जिल्ला प्रशासन कार्यालय जुम्लाले जात्राको समयमा विभिन्न खाले अपराधिक गतिविधि हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारेको छ। जात्रा हेर्न आएका सर्वसाधारणको मालसामान चोरी, लुटपाट र झैझगडा हुनसक्ने भन्दै सादा पोसाक र पोसाक लगाएका प्रहरी परिचालन गरिएको छ।

जात्राको मौकामा धेरै यहाँका व्यवसायीहरुले धेरै व्यापारबाट धेरै आम्दानी समेत गर्दछन्। धेरै ग्राहक आउँदा सामानको मूल्य नबढाउन प्रशासनले व्यवसायीलाई यसअघि नै निर्देशन दिइसकेको छ। अपराधिक क्रियाकलाप नियन्त्रणका लागि पर्याप्त मात्रामा रातिको समयमा पनि पर्याप्त मात्रामा प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

साथै प्रशासनले जात्रामा मदिरा बिक्री वितरणमा समेत रोक लगाएको छ। जात्रालाई व्यवस्थापन गर्नका लागि विभिन्न स्थानीय क्लवहरुले स्वयम् सेवकहरु परिचालन गरेका छन्।जात्राको पहिलो दिन पाँचहजार भन्दा धेरै सर्वसाधारणले जुम्ला बजार भरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.