मोरङलाई हराएर ताप्लेजुङ सेमिफाइनलमा

मोरङलाई हराएर ताप्लेजुङ सेमिफाइनलमा

फिदिम : ताप्लेजुङमा जारी दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा क्वाटर फाइनलको पहिलो खेलबाट पथरी स्पोर्टिङ क्लब मोरङलाई हराउँदै आयोजक नव प्रयास युवा क्लब ताप्लेजुङ सेमी फाइनल प्रवेश गरेको छ।

सदरमुकामको भानुजन माविको खेल मैदानमा मंगलबार भएको खेलमा मोरङलाइ २-० गोल अन्तरले हराउँदै आयोजक ताप्लेजुङले सेमी फाइनलको स्थान पक्का गरेको हो।

पहिलो हाफमा दुवै टिमले बराबरी खेले पनि खेलको ५४ औं मिनेटमा ताप्लेजुङका रमेश लिम्बूले पेनान्टिमार्फत गोल गरे। पथरीका गोल किपर अर्जुन बस्नेतले ताप्लेजुङका दिपेश आङ्वुहाङलाई डि बक्स भित्र लडाएपछि ताप्लेजुङले पेनाल्टी पाएको थियो। खेल सुरु भएको ८१ औं मिनेटमा ताप्लेजुङका निराजन गुरुङले अर्को गोल थपेर टिमलाई सेमी फाइनलको स्थान पक्का गराएका हुन्।

आयोजक ताप्लेजुङले गोल्डकपको उद्घाटन खेलमा रेडहर्ष इलामलाई हराएर क्वाटर फाइनल प्रवेश गरेको थियो भने पथरीले सोझै क्वाटर फाइनलको पहिलो खेलमा सहभागिता जनाएर प्रतियोगिताबाटै बाहिरिएको हो।

मंगलबार भएको प्रतियोगितामा ताप्लेजुङका रमेश म्यान अफ दि म्याच घोषित भए। उनले तीन हजार नगद पुरस्कार पाए। बुधबार हुने क्वाटर पाइनलको दोस्रो खेलमा सशस्त्र प्रहरी क्लब दमक र गोर्खा स्पोर्टिङ क्लब दमक विच प्रतिस्पर्धा हुनेछ।

सशस्त्रले पहिलो चरणको दोस्रो खेलमा कर्ण सिंह स्मृति क्लब ताप्लेजुङलाई हराएर क्वाटर फाइनल खेल्ने भएको हो भने गोर्खा स्पोर्टिङले सोझै क्वाटर फाइनलको खेलमा सहभागिता जनाउँदैछ। साउन ३० गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले दुई लाख ११ हजार एक सय ११ र उपविजेताले एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.